माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वैद्य माओवादीको कब्जामा

  • काठमाडौं ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एव मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सुदर्शन बराललाई वैद्य माओवादीका कार्यकर्ताहरुले ललितपुरस्थित कुपोण्डल कार्यालयमा थुनेका छन् ।

ललितपुरको कुपोण्डलमा रहेको भाडा अफिसको विषयलाई लिएर प्रचण्ड माओवादी र वैद्य माओवादीबीच भएको लामो विवादका बीच आज प्रचण्ड माओवादीको मगर मोर्चाको बैठक बसिरहँदा वैद्य माओवादीका कार्यकर्ताहरुले ढोका बन्द गरेर थुनिदिएका छन् ।

प्रचण्ड माओवादीका पोलिटब्युरो सदस्य बरालले आफु कुपोण्डल कार्यालयमा थुनिएको स्वीकार गरेका छन् ।

यता वैद्य माओवादीका केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा सागरले ताला लगाएर थुनेकोबारे घुमाउरो ढंगले अस्वीकार गरेका छन् तर उनले त्यो कार्यालय आफुहरुको भएको दाबी गरेका छन् ।

रामबहादुर थापा बादललगायतका नेताहरूले वैद्य नेतृत्वको पार्टी छोडेर प्रचण्ड नेतृत्वको माओवादीमा आएपछि त्यो घरमा रहेको कार्यालय कसले सञ्चालन गर्ने भनेर विवाद भइरहेको छ। केही महिना अगाडि नेता मोहन वैद्यले प्रधानमन्त्री निवासमै पुगेर प्रचण्डलाई उक्त घर छोडिदिन आग्रह गरेका थिए।

तर प्रचण्ड माओवादीले अहिले पनि कुपोण्डल कार्यालयमा पुगेर आफ्नो भन्दै दाबी गर्न थालेपछि यस्तो विवाद निम्तिएको हो ।

जनपाटीबाट

, , ,

प्रतिकृया दिनुहोस्

Loading...