पत्रकार महासंघमा क्रान्तिकारी पत्रकारहरुद्वारा अनिश्चितकालीन तालाबन्दी


  • दिया चन्द । 
मनपरी ढंगले गैरपत्रकारहरु भर्ना गरिएको भन्दै क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा बुधबार (आज) दिउँसो विरोधसहित धर्ना–जुलुस गरेका पत्रकारहरुले आजै साँझ महासंघको कार्यलयमा तालाबन्दी गरेका हुन् ।


क्रान्तिकारी पत्रकार सङ्गठनको नेतृत्वमा केन्द्रीय कार्यालय संचारग्राममा पुगेको पत्रकारहरुको टोलीले महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका छन् ।

दिउँसो एक घण्टे धर्नाको क्रममा बुधबार साँझै वार्ता सुरु गर्रे भन्ने प्रतिवद्धताबाट महासंघ पछि हटेको भन्दै क्रान्तिकारी पत्रकार संगठनका आवद्ध पत्रकारहरुले तालाबन्दी गरेका हुन् ।


नयाँ सदस्यता वितरणमा इमान्दार पत्रकारलाई निषेध गरेर केही पार्टीको भर्ती केन्द्र बनाईएको, सदस्यता सुद्धिकरण गर्नु, गैरपत्रकारहरुको सदस्यतामाथि छानबिन गरी खारेज गर्नुपर्ने, दलीय सिन्डिकेटको अन्त्य गरिनु पर्ने लगायतका माग राखि तालाबन्दी गरिएको संगठनका उपाध्यक्ष दिपेन्द्र रावलले बताए ।

यो पनि पढ्नुहोस् 

,

प्रतिकृया दिनुहोस्

Loading...