प्रधानमन्त्री प्रचण्डले आज बोआओ सम्मेलनलाई सम्बोधन गर्दै

  • काठमाडौं, १२ चैत ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै छन्

बोआओ मञ्चको उद्घाटन समारोहमा सहभागी हुन उनि हीबार चीनको हेनान प्रान्तको बोआओ शहर गएका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गरेपछि प्रधानमन्त्री शनिबार नै बोआओ शहरबाट बेइजिङ जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेइजिङमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा कुराकानी गर्नेछन् । आइतबार नै उनले चिनियाँ व्यापारीसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्रीले शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले चीनले अघि सारेको वान बेल्ट, वान रोड अवधारणामा नेपालले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...