एमाले कार्यकर्ताद्वारा कुलमानलाई ज्यान मार्ने धम्की


काठमाँडौ- एमालेका एक जना केन्द्रीय स्तरका नेताले नेपाल। विध्युत प्राधिकरणका निर्देशक कुलमान घिसिंगलाई ज्यान मार्ने धम्की दिएका छन ।

माओवादीलाई फाईदा पुग्ने गरि काम गरेको भन्दै प्रदेश न १ घर भई हाल युवासंघ तथा पार्टीमा सक्रिय ति नेताले एनसेलको नम्बरबाट मेसेज र फ़ोनमार्फ़त धम्की दिएको कुलमान निकट श्रोतले बताएको छ ।

एमालेलाई भोट दिए कुलमान हटेर फेरी लोडसेडिङ हुने चर्चा सामाजिक संजालमा व्यापक भएपछि यो प्रचार कुलमानले नै लगाउन खोजेको भनेर एमाले नेताले सरकार त बन्न देउ अनि था पाऊलास भनेर धमक़्याएका थिए । 

आफ़नो लिमिटमा बस होईन भने तेरै बत्ती नरहला, होश गरेस भनेर धमकयाएपछि कुलमानले यसबारेमा निकटका माँछेसँग कुरा गरेका थिए । 

पछि उक्त नम्बर मा सम्पर्क गर्न खोज्दा भने नम्बर अस्तित्वमा नरहेको जवाब आएको थियो । कुलमानलाई यस्तो धम्की पहिलोपटक आएको भने होईन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...