ख्याल गर्नुहोस् : भोट हाल्न जाँदा नो मोबाइल, नो सेल्फी



काठमाडौँ ।

जमानानै सेल्फीको छ । केहि काम गर्योकि सेल्फी खिच्ने चलन अहिले बढ्दो छ । 

तर यसपालीको चुनावमा भने सेल्फी खिच्न नपाइने भएको छ । किनकी मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ । 

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान पाउने छैनन् ।

‘मतदान अधिकृतलाई बन्देज गरिएको छैन । अरु सबैलाई बन्देज गरिएको छ । मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको हो । ‘मतदाताहरुले मतदान केन्द्र बाहिरै छाडेर, सुरक्षाकर्मीलाई दिएर वा आफन्तलाई दिएरमात्रै मतपत्र लिनुपर्छ र गोप्य मतदान गर्नुपर्छ,’ निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले बताए ।

२०७४ बैसाख २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...