उलेन्स स्कुलको यस्तो चर्तिकला, सर्वसाधारणका छोराछोरीलाई 'नो इन्ट्री'

  • काठमाडौँ ।
जिन्दगीको सबैभन्दा महत्वपूर्ण पाटो हो सिक्षा । सिक्षा आर्जन गर्न पाउने अधिकार आम नागरिकको हो । त्यसैले सबैले समान सिक्षा पाउनुपर्ने माग बढिरहेको छ । पछिल्लोसमय नेपालमा निजी तथा सरकारी सिक्षाबिचको विभेदलाई लिएर विद्यार्थीहरु थुप्रै आन्दोलनहरु पनि गर्दै आएको कुरा सबैलाई थाहा छ । 

हुनेखाने, धनीमानीका छोरा छोरीहरु महँगोभन्दा महँगो स्कुल कलेजहरुमा अध्ययन गरिरहदा निम्न बर्ग र गरिब जनताका छोराछोरीहरु सरकारी विद्यालयबाटै सिक्षा आर्जन गर्नपनि धौ धौको अवस्था छ । उसो त सामान्य परिवारका अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई उत्कृष्ट स्कुल कलेजमा पढाउने सपना  नदेखेका भने हुदैनन ।

पाटन निवासी ट्याक्सी चालक धनबहादुर बिष्ट (नाम परिवर्तन) ले इमान्दार मिडियासँग नमिठो दुखेसो पोखे । ९ पास गरेर १० कक्षामा भर्ना भएकै दिन छोराले भनेको थियो - 'ए प्लस ल्याएभने मलाई पनि त्यो उलेन्स स्कुलमा पढाउनुपर्छ ।' छोराको त्यो इछ्या देखेर बिष्ट खुसी । हुन्छ तिमि पहिलो डिभिजनमा पास भयौ भने तिमीले भनेकै स्कुलमा पढाउछु, उनले छोरालाई आश्वासन दिए ।

हुदाँहुदैँ बिष्टका १६ बर्षिय छोरा सुदिपले एसएससी रिजल्टमा ए प्लस नै ल्याए र उल्लेन्समा प्लस २ भर्नाका लागि कुरा गरीदिन बाबालाइ आग्रह गरे । 

'प्लस २ उलेन्समा पढ्न पाए म डाक्टर बन्छु, अनि तपाईले ट्याक्सी चलाउनु पर्दैन भन्थ्यो भर्नाका लागि बुझ्न जादाँ गेटबाटै फर्काइदिए ।' बिष्टले इमान्दार मिडियासँग भने - 'छोरालाई ट्याक्सी चलाएरै भएपनि उसैले भनेको कलेजमा पढाइउन मन थियो तर मन मात्र भएर कहाँ पुग्दो रैछ र ?' बिष्ट त एउटा उदाहरण मात्र हुन् । उनिजस्तै लाखौं बिद्यार्थीहरुको उलेन्सजस्ता स्कुलमा पढ्ने सपना चकनाचुर भएको जानकारहरु बताउछन ।

खुमलटारमा रहेको उलेन्स स्कुलमा धनाढ्य र सम्पन्न परिवारका छोराछोरीले मात्रै पढ्न पाउने गरेको उनको गुनासो छ । 'हामीजस्ताले त पैसा तिरे पनि छोराछोरीलाई त्यहाँ पढाउन सकिदै ।' अर्का एक स्थानीयले इमान्दार मिडियासँग भने - 'खोइ त्यो स्कुलभित्र त्यस्तो के छ कुन्नी, विशेष व्यक्ति बाहेक सर्वसाधारणलाई नो इन्ट्री नै छ ।'

उलेन्स स्कुलमा प्रधानमन्त्री पत्नी आरजु राणाको ७५ प्रतिशत लगानी रहेको स्रोतले बताएको छ । बिभिन्न राजनीतिक दलका उच्चस्तरीय नेता, मन्त्रालयका सचिव, सह-सचिव र ठुला व्यापारीहरुका बालबच्चा मात्र उक्त स्कुलमा पढ्दै आएका छन् ।

२०७४ साउन ३२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...