मनमाेहन मेडिकल कलेजबारे एमाले अडानले लम्बियो डा. केसीको अनसन

  • काठमाडौं। 
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली मुस्ताङ गएका कारण डा. गाेविन्द केसीकाे अनसन ताेडाउने प्रयास अवरुद्द भएकाे छ। 

डा. केसीले उठाएका अरु सबै मागमा कांग्रेस र माअाेवादी केन्द्र सकारात्मक भए पनि एमाले अध्यक्ष अाेली मुस्ताङ गएकाे र मनमाेहन मेडिकल कलेज सरकारी स्वामित्वमा ल्याउन एमाले तयार नभएका कारण अनसन ताेडाउने सरकारी प्रयास अवरुद्द भएकाे हाे। 

आइतबार अनसन ताेडाउने विषयमा गृहकार्य गर्न बसेकाे सत्तारुढ दल, स्वास्थ्य सचिव, शिक्षा सचिव र सकारी बार्ता टाेलीकाे बैठकमा माअाेवादी अध्यक्ष प्रचण्डले डा. केसीका सम्पूर्ण माग जायज र गम्भीर प्रकृतिका भएकाले यथाशिघ्र माग पूरा गरेर जीवन रक्षा गर्न प्रधानमन्त्री र सरकारकाे ध्यानाकर्षण गराएका थिए। 

सरकार गाेविन्द केसीले उठाएकाे काठमाडौंमा दस वर्ष मेडिकल कलेज नखाेल्ने, एलअाेअाई दिएका र पूर्वाधार बनेका मेडिकल कलेज पनि सञ्चालन नगर्न सकारात्मक भएपनि एमालेले सञ्चालन गरेकाे मनमाेहन मेडिकल कलेजका विषयमा कुरा अड्किएकाे हाे। 

केसीले मनमाेहन मेडिकल कलेज नेपाल मेडिकल कलेजलाई बेच्नुपर्ने माग राखेकाेमा त्यसमा देउवा र प्रचण्ड सहमत छन्। तर, एमालेले त्यसलाई मान्न तयार नहुँदा अनसन लम्बिएकाे छ। 

बैठकमा प्रचण्डले सबै कुरा छाेडेर केसीकाे जीवन रक्षा गर्नुपर्ने र त्यसमा सबै पार्टीहरु सहमत हुनुपर्ने बताएका थिए। अाेली मुस्ताङ भएकाे र मनमाेहन मेडिकल कलेजमा एमाले नेताहरुले अडान लिएका कारण डा. केसीकाे अनसन ताेडाउने प्रयास असफल भएकाे हाे।

२०७४ साउन २९ गते प्रकाशित 

, ,

प्रतिकृया दिनुहोस्

Loading...