चन्दा अशुली र अपहरण धन्दामा लागेको भन्दै नेकपाले नेता मल्ललाई निष्काशन गर्यो

  • काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टीले आफ्ना पार्टीका युवा नेता राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय अध्यक्ष झक बहादुर मल्ल 'सुदिप'लाई पार्टीबाट निष्काशन गरेको छ । 

पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै मल्ललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका छन् । बिज्ञप्ति मार्फत सुदिपमाथि लामो समयदेखि राजनैतिक, बैचारिक, सांगठानिक र आर्थिक अराजकताका साथै अनुशासन हीनता रहेको आरोप लगाइएको छ। 
सुदीपले व्यक्तिगत आर्थिक लाभका निम्ति पार्टीको शक्ति दुरुपयोग गर्दै मानिसलाइ अपहरण गरी नियन्त्रणमा लिने र रकम अशुली गर्ने जस्ता गम्भीर अपराधिक काममा संलग्नता देखिएपछि कारबाही गरी निष्काशन गरिएको बताइएको छ । 

पार्टीले एक तह घटुवा गरी कारबाही गरेपछि सुदीपले पार्टीमा राजीनामा बुझाएको र त्यसबारे केन्द्रीय कार्यालयमा छलफल चलिरहेको बेला फेसबुक स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेपछि साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको विज्ञप्ति मार्फत बताइएको छ ।

जनयुद्धको समय देशमा संकटकाल रहेकै बेला सुर्खेत जेलब्रेकका कमाण्डर तथा जनयुद्धकालमा जनमुक्ति सेनाका ब्रिगेड कमिश्नार समेत रहेका मल्ल प्रचण्ड नेतृत्वको माओवादी फुटेपछि बैद्य माओवादीको काठमाडौँ जिल्ला इन्चार्ज रहेका थिए ।

त्यस्तै विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीमा केन्द्रीय सदस्य थिए भने भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले उनलाई एक तह घटुवा गरेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...