नेकपाको विज्ञप्ति आएपछि मल्लले भने- 'आरोप प्रमाणित गरेर देखाउ'

  • काठमाडौँ । 
बिहीबार फेसबुकमा स्टाटस लेख्दै नेपाल कम्युनिष्ट पार्टीका सम्पूर्ण जिम्वेवारीबाट अलग भएको घोषणा गरेका झक बहादुर मल्ल 'सुदिप'ले नेकापाले निकालेको विज्ञप्तिमा लगाइएका आरोपहरुको खण्डन गरेका छन्। 

पार्टीको केन्द्रीय समिति सदस्य र राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय अध्यक्ष समेत रहेका मल्लले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेपछि प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर मल्लमाथि गम्भीर प्रकृतिका आरोप लगाउंदै पार्टीबाट निष्काशन गरिएको जनाएका थिए । 

मल्ले फेसबुकमा बिहिबार नै पुनः अर्को स्टाटस पोस्ट गर्दै पार्टीले आफूमाथि विभिन्न आरोप लगाउंदै निकालेको विज्ञप्ति सरासर झुठ, निराधार र पुर्वाग्रहपुर्ण रहेको बताएका छन् ।

मल्लले आफ्नो २५ वर्षे राजनितिक जीवनमा कहिलै कुनै पनि कुनै पनि प्रकारको अराजकता देखा नपरेको र आफुले पार्टिमा निरन्तर रुपमा उठाएका विषयलाई विषयान्तर गर्न उक्त विषय उठाइएको बताएका छन् ।

कुनै पनि पार्टिमा जिम्मा लिनु र छोड्नु व्यक्तिको नैसर्गिक अधिकार भएको बताउन्दै उनले निकृष्ट प्रकारले राजनैतिक चरीत्र हत्या गर्ने उदेश्यसहित लगाइएका अपहरण र चन्दा अशुलिको आरोप प्रति आपत्ति जनाउंदै प्रमाणित गर्न चुनौती दिएका छन् ।

यस्तो छ सुदिपको स्टाटस

पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक विज्ञप्ति जारी गर्दै मल्ललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका थिए । बिज्ञप्ति मार्फत सुदिपमाथि लामो समयदेखि राजनैतिक, बैचारिक, सांगठानिक र आर्थिक अराजकताका साथै अनुशासन हीनता रहेको आरोप लगाइएको छ। 
सुदीपले व्यक्तिगत आर्थिक लाभका निम्ति पार्टीको शक्ति दुरुपयोग गर्दै मानिसलाइ अपहरण गरी नियन्त्रणमा लिने र रकम अशुली गर्ने जस्ता गम्भीर अपराधिक काममा संलग्नता देखिएपछि कारबाही गरी निष्काशन गरिएको बताइएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...