२ लाख ४२ हजारसहित १५ जना जुवाडे पक्राउ

  • भक्तपुर,२० फागुन ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–११ पलासेँ स्थित ग्रिन भ्यू रेष्टुरेष्टमा जुवा खेल्दै गरेका १५ जना जुवाडेलाई शुक्रबार महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले पक्राऊ गरेको छ ।

प्रहरीले जुवा खेलाउने रेष्टुरेष्ट सञ्चालक विनोद महतसहितलाई पक्राउ गरेको परिषरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।

जुवा खालबाट प्रहरीले १६ थान कौडासहित नगद २ लाख ४२ हजार ९० रुपैयाँ बरामद गरेको छ । पक्राऊ परेका सबैलाई म्याद थप गरी अनुसन्धान एवं कारबाही अगाडि बढाएको उनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...