
काठमाडौ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल स्थगित भएको छ । हङकङमा आजको मौसम प्रतिकूल रहेकाले खेल स्थगित गरिएको हो । यो खेल भोलि खेलाईने भएको छ ।
प्रतियोगिताको शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्ने सम्भावना जिवित राख्न नेपालले हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ । गत शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोली हङकङले ८३ रनले हराएको थियो ।
आइतबार हुने दोस्रो खेलमा पनि पराजित भएको खण्डमा प्रतियोगितामा दुई खेल बाँकी छँदै नेपाल आईसीसी डिभिजन टु मा झर्नेछ । नेपालले हङकङपछि युएईसंग दुई खेल खेल्न बाँकी छ ।
विश्वकप छनोटमा ठाउँ बनाउन नेपालले युएईलाई हराएर मात्र पनि पुग्ने छैन । समूहका अन्य टोलीहरु हङकङ र केन्या आफ्ना बाँकी खेलमा पनि पराजित हुनुपर्नेछ ।

- काठमाडौं ।
स्पेनिस लिग फुटबलमा शनिबार राती रियाल मड्रिड विजयी हुँदा बार्सिलोना भने बराबरीमा रोकिएको छ । तालिकाको दोस्रो स्थानमा उक्लिने क्रममा रियाल मड्रिडले गेटाफेलाई २-१ ले हरायो । रियालका लागि क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।
पाँच खेलको प्रतिबन्धपछि हालै मात्र मैदानमा उत्रेका रोनाल्डोले क्लबका लागि निर्णायक गोल गरेका हुन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई भने शनिबार रातीको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरीमा रोकेको छ ।
एथ्लेटिकोका साउल निग्वेजले पहिलो गोल गरे पनि बार्साका लुइस सुवारेजले खेल सकिन ८ मिनेट बाँकी छँदा बराबरी गोल गरेका हुन् । ला लिगाका अन्य खेलमा एथ्लेटिक बिल्बाओले सेभियालाई १÷० ले हराउँदा रियाल सोसिडाडले आलाभेजलाई २-० ले पराजित गर्यो ।

- काठमाडौं।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । शनिबार राती लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा दुबै टोलीले बनाएका केही अवसर खेर फालेपछि खेल गोलरहीत बराबरीमा टुंगिएको हो ।
बराबरीले तालिकाको शीर्ष स्थानमा उक्लिने म्यान्चेस्टर युनाईटेडको यात्रामा धक्का लागेको छ । यसैगरी शनिबार राती नै भएको अर्को खेलमा लिगको दावेदार टोली म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई ७÷२ ले पराजित गर्दा टोटनह्याम हट्सपरले बर्नमाउथलाई १-० ले पराजित गरेको छ ।
लण्डन क्लबहरु चेल्सी र आर्सनल भने पराजित भएका छन् । चेल्सीलाई क्रिष्टल प्यालेसले २-१ ले हराउँदा आर्सनललाई वाट्फोर्डले समान २-१ कै गोलअन्तरमा हराएको छ ।
स्वान्सी सिटीले हडर्सफिल्ड टाउनलाई २-० ले हराउँदा बर्नले र वेष्ट ह्याम युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् । रातीका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ८ खेलबाट २२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायम रहेको छ ।
समान खेलबाट २० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको १७ अंक छ । १५ अंक जोडेको वाट्फोर्ड चौथो स्थानमा उक्लिँदा १३/१३ अंक जोडेका चेल्सी र आर्सनल भने क्रमशः पाँचौ र छैटौं स्थानमा झरेका छन् ।

- काठमाडौँ ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङसँग नेपाल ८३ रनले पराजित भएको छ । नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल मात्र ३४.५ ओभरमा मात्र १११ रनमा समेटियो ।
मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ जम्न सकेन । केही खेलाडीहरुले राम्रो शुरुवात गरे पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।
ओपनर सागर पुनलाई मात्र ३ रनमा गुमाएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हाल्न खोजे तर मल्ल २१ रन बनाएर अजिज खानको बलमा आउट भए ।
लगत्तै दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि पारस खड्काल आरिफ शेखसँग नेपालको स्कोरबोर्डलाई अघि बढाए । तर, १८ औँ ओभरमा पारस आउट भएपछि नेपाल ६९ रनको स्थितिमा चार विकेट गुमाएको स्थितिमा पुग्यो ।
अन्त्यतिर विनोद भण्डारीले आक्रमक खेल प्रस्तुत गर्दै १ छक्का र २ चौकाको मद्दतले १८ रन बनाए पनि जीतका लागि त्यो काफी हुन सकेन ।
यसअघि, हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो ।
नेपालले शुरुवात पनि निकै उत्कृष्ट गर्यो । ३.४ ओभरमा हङकङलाई खाता खोल्न नदिई सुसन भारीले हङकङका ओपनर अन्सुमान राथलाई पभिलियनको बाटो देखाए ।
त्यसपछि १० औँ ओभरमा बबर हायात आउट भएपछि हङकङ दबाबमा परेको थियो ।
ओपनर जेम्स जोन एटकिन्सनले एक तर्फबाट पारी सम्हाले पनि अर्को तर्फ निरन्तर रुपमा विकेट खस्दै गयो ।
मध्य क्रमलाई ध्वस्त बनाउने क्रममा सन्दीप लामिछानेले १० ओभरमा १ मेडेन राख्दै ४८ रन खर्चेर ३ विकेट लिए भने बसन्त रेग्मीले १० ओभरमा २ मेडेनसहित ३३ रन खर्चेर २ विकेट लिए ।
सुसनले ७६ रन बनाएका एटकिन्सनलाई आउट गरेपछि ४०.४ ओभरमा हङकङ ८ विकेट गुमाएर १४४ रनको स्थितिमा रहेको थियो ।
तर, अन्त्यतिर तन्विर अफजाल र इसान नवाज मिलेर हङकङको पारी सम्हाले । करन केसीको बलमा क्याच आउट हुन अघि अफजालले ३ छक्का र ३ चौकासहित आक्रमक ३८ रन बनाए । केसीले २ विकेट लिए ।
हङकङले ४९.५ ओभरमा अलाउट हुँदै १९४ रन बनायो ।विश्वकप छनौट खेलमा खेल्नका लागि ८ वटा टोली यति बेला प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।
हालसम्म १० खेल खेलेको नेपाल मात्र ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । नेपाल आफ्ना ११ खेलमध्ये ५ मा जीत तथा ६ मा हार बेहोरेको छ ।
२०७४ असोज २७ मा प्रकाशित ।

- काठमाडौं ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तर्गत अहिले नेपाल र हङकङबीच प्रतिष्पर्धा भइरहेको छ । नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।
नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका छन् । हंगकंगको ३.४ ओभरमा शुन्य रन एक विकेटको अवस्था छ ।
विश्वकप छनोटमा सहभागी हुनका लागि नेपालले हंगकंगसँग आफ्ना बाँकी सबै खेल जित्नैपर्ने हुन्छ । समान १० खेल खेलेका यी दुवै टोली अंक तालिकाको पाचौँ र छठौँ स्थानमा छन् । हंगकंगको ११ अंक छ भने नेपालको ८ अंक ।
शीर्ष चारमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउने छ ।
हेर्नुहोस् लाइभ
हेर्नुहोस् लाइभ
२०१७ असोज २७ मा प्रकाशित ।

- काठमाडौं ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई आफ्नो सदस्यबाट निलम्वन गरेको छ ।
पाकिस्तानी फुटबल संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलले मंगलबार गरेको निर्णय अनुसार फिफाले पिएफएफलाई निलम्बन गरेको हो ।
पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग लिएको छैन ।
पाकिस्तानी अदालतले नियुक्त गरेको फुटबल बडीले पिएफएफको कार्यालय र एकाउन्ट नियन्त्रण गरेको फिफा काउन्सिल ब्युरोको ठहर छ।
निलम्वनपछि पिएफएफले फिफा स्ट्याटसको १३ नम्बर बुँदा अनुसार सबै अधिकार गुमाएको छ । फिफाको २ सय ११ सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान २ सयौँ स्थानमा छ ।
सन् २०१५ को मार्चमा यमनसँग विश्वकप छनोट खेलेपछि पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । पाकिस्तानमा अहिले कुनै व्यावसायिक फुटबल लिग समेत छैन ।

- काठमाडौं ।
भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ । भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए ।
खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल हुन सकेन र नेपालले २–० ले खेल जित्यो । यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबावमा थियो ।
गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार नेपालले माल्दिभ्सलाई २–० ले हराएको थियो ।
पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो ।बुधबार नै भएको अर्को खेलमा बंगलादेशले आयोजक भुटानलाई २–० ले हरायो ।
नेपाल भारतसँग पराजित भए या बराबरी भएको अवस्थामा पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडका आधारमा च्याम्पियन बन्ने थियो तर नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी रक्षा गरेको छ ।

- काठमाडौं।
च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटी, रियल मड्रिड, सेभिल्ला र टोटनह्याम विजयी भएका छन् । गएरातिको खेलमा म्यानचेष्टर सिटीले सख्तर डोनेस्कलाई २–० ले हराएको हो । सिटीका लागि केभिन डे ब्रुइन र स्टर्लिङले गोल गरे ।
यस्तै, रियल मड्रिडले बोरुसिया डर्टमण्डलाई ३–१ ले हराएको छ । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले २ तथा ग्यारेथ बेलले एक गोल गरे ।
त्यस्तै, ह्यारी केनको ह्याट्रिक मद्धतमा टोटनह्याम हट्स्परले एपोल निकोसियालाई ३–० ले हरायो । लिभरपुल भने स्पार्ताक मस्कोसँग १–१ गोलको बराबरीमा रोकियो ।
अरु खेलमा नापोलीले फेयनुर्डलाई ३–१ र सेभिल्लाले एनके मारिबोरलाई ३–० ले हरायो भने मोनाको पोर्तोसँग ३–० ले पराजित भयो ।

- काठमाडौं ।
उपाधी जित्ने चारवटै टीमको समान सम्भावनाका विच साविक विजेता नेपालले १८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा बुधबार भारतसँग खेल्दैछ । खेल बेलुकी सवा ६ बजे भुटानको चांलिमिथान रंगशालामा शुरु हुनेछ ।
नेपाल, भारत, बंगलादेश र भुटान समान ६ अंकसहित उपाधीको दावेदार छन् । तर गोल अन्तरका आधारमा भारत पहिलो, बंगलादे दोस्रो, नेपाल तेस्रो र भुटान चौथो स्थानमा छन् ।
लगातार दोस्रोपटक उपाधी नेपाल भित्राउन नेपालले बुधबार भारतलाई त हराउनैपर्छ भने बंगलादेश र भुटानको खेलको गोल अन्तरपनि नेपालको अनुकुल आउनुपर्छ ।
भुटानसँग पहिलो खेलमा हारेपछि नेपालाई उपाधी जोगाउन भारतलाई हराउनैपर्ने र अरु देशको नजितामा भर पर्नुपर्ने अवस्था आएको हो ।
पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले माल्दिभ्सलाई २–० र बंगलादेशलाई २–१ ले हराएर उपाधी यात्रामा कायमै राखेको हो ।
पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले माल्दिभ्सलाई २–० र बंगलादेशलाई २–१ ले हराएर उपाधी यात्रामा कायमै राखेको हो ।

साबिक विजेता चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ४–० ले हराएको हो ।
चेल्सीको जितमा यहि सिजन रियल मड्रिडबाट आएका अल्भारो मोराटाले ह्याट्रिक गरे । यस्तै पेड्रोले एक गोल गरे । डिएगो कोस्टाको ठाउँ लिएका मोराटाले २, ७७ र ८२ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन् ।
मोराटाले ह्याट्रिक पूरा गर्नुअघि ३० औं मिनेटमा पेड्रोले गोल गरेका थिए ।पहिलो हाफमा एक गोल गरेका मोराटाले दोस्रो हाफमा थप दुई गोल गरेका हुन् । मोराटाले चेल्सीबाट पहिलो ह्याट्रिक गरेका हुन् । जितपछि तेस्रो स्थानको चेल्सीले ६ खेलबाट १३ अंक जोडेको छ ।
राति नै भएको खेलमा बर्नली र हडल्सफिल्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
२०७४ असोज ८ मा प्रकाशित ।

लिभरपुललाई हराउँदै लेस्टर सिटी इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई २–० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई २–० ले हराएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा लेस्टर सिटीले दोस्रो हाफमा दुई गोल गर्यो । ६५ औं मिनेटमा शिन्जी ओकाजाकीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।
७८ औं मिनेटमा सलाम स्लीमानीले गोल गरेपछि लेस्टर २–० ले विजयी भयो । राति नै भएको खेलमा बार्नस्लीलाई १–० ले हराउँदै टोटनह्याम पनि चौथो चरणमा प्रवेश गरेको छ । टोटनह्यामको जितमा ६५ औं मिनेटमा डेल अलीले गरेको गोल निर्णायक बन्यो ।
२०७४ असोज ४ मा प्रकाशित ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गतआइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा साबिक विजेता रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले हराएको हो ।
रियलको जितमा बोर्जा मायोरल र ग्यारेथ बेलले गोल गरे । यस्तै रियल सोसिडाडका केविन रोड्रिग्वेजले एउटा आत्मघाती गोल गरे ।
रियल सोसिडाडका लागि रोड्रिग्वेजले नै गोल गरे । १९ औं मिनेटमा मायोरलको गोलबाट रियल मड्रिडले अग्रता लियो ।
२८ औं मिनेटमा रोड्रिग्वेजले रियल सोसिडाडका लागि बराबरी गोल फर्काए । तर ३६ औं मिनेटमा उनैले आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । पहिलो हाफमा २–१ ले अघि रहेको रियल मड्रिडका लागि ६१ औं मिनेटमा बेलले गोल गर्दै ३–१ को जित दिलाए ।
यो खेलमा रियल मड्रिड रोनाल्डो बिना खेलेको थियो । रियल मड्रिडको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा टुंगिएको छ ।
यो खेलमा रियल मड्रिड रोनाल्डो बिना खेलेको थियो । रियल मड्रिडको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा टुंगिएको छ ।
चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ । राति नै भएको खेलमा गिरोनालाई १–० ले हराएको सेभिल्ला चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।
राति नै भएका खेलमा भिल्लारियलले एलाभेसलाई ३–० तथ लास पालमसले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएका छन् ।
२०७४ असोज २ मा प्रकाशित ।

- काठमाडौँ ।
जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुनार र प्रनित थापामगरले समान १९ रनको योगदान दिए ।
यसअघि, हङकङ मात्र ७६ रनमा अलआउट हुन पुगेको हो ।
२०७४ असोज १ मा प्रकाशित ।

नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालार्इ १० विकेटको फराकिलो अन्तरमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। फाइनलमा स्थान बनाएसँगै नेपाल यू–१९ एसिया कपमा छनोटसमेत भएको छ।
मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा बिना विकेटको क्षतिमा पार गर्न सफल भयो। नेपाली बलरसामु कमजोर देखिएको मलेसिया अन्ततः ४२ ओभरमा एक सय २१ रनमा अलआउट भयो।
नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरद्वय सन्दीप सुनार नटआउट ५१ र मोहमद आसिफ शेखले नटआउट ५० रन जोडेका थिए भने सन्दीपले ७७ बल खेलेर ८ चौका हिर्काए भने आशिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
पहिले ब्याटिङ गरेको मलेसिया ४२ ओभर खेल्दै १२१ रनमा अलआउट भएपछि नेपाल चम्किएको हो। मलेसियालाईसस्तैमा समेट्न नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिएका थिए। यस्तै पवन शर्राफले २, रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि १-१ विकेट लिए।
मलेसियाका ओपनर अजिज मुवारकलाई रोहितकुमार पौडेलले ब्यक्तिगत पाँच रनमा पेभेलियनको बाटो देखाएपछि अरु कुनै ब्याट्सम्यान पनि टिक्न सकेनन् ।
नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीलार्इ पराजित गरेको तेस्रो पटक हो। तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक भिडेका थिए। दुवै खेलमा नेपालले मलेसियलाई समान ५–५ विकेटले हराएको थियो ।
नेपालले अब उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेछ ।

एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियामा जारी प्रतियोगितामाक्लब अमानमा टस जितेर सिंगापुरले ब्याटिङ रोजेको छ।
अघिल्ला दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको नेपाल सिंगापुरलाई पराजित गर्दै समूह बिजेता बन्न चाहन्छ। समूह ए को नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।
दुई खेलमा ४ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । यता, सिंगापुर पनि दुई खेलमा अपराजित छ। सिंगापुरले थाइल्याण्डलाई ९२ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो। सिंगापुरको पनि ४ अंक छ तर, नेट रनरेटको आधारमा सिंगापुर नेपाल भन्दा पछि छ।
छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् । सेमिफाइनलमा स्थान पक्का बनाइसकेको सिंगापुर नेपाली टोलीका लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वी हो।
२०७४ भदौ २९ मा प्रकाशित ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताएका छन् ।
नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले बुधबार आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले पछिल्लो समय फुटसलप्रति युवाको आकर्षण बढ्दै गएको बताए ।
“फुटसल खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छ,”– मन्त्री केसीले भने । उनले सबैका लागि खेल, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए ।
मन्त्री केसीले नेपालको प्रजातन्त्र प्राप्ति र मुलुकको विकासको आन्दोलनमा स्व गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँको स्मृतिमा उक्त प्रतियोगिता राखेर राम्रो काम गरेको बताए । उनले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
बुधबारदेखि शुरु भएको उक्त प्रतियोगिता यही भदौ ३१ गतेसम्म चल्ने नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।
२०७४ भदौ २८ मा प्रकाशित ।

चाँगुनारायण नगरपालिका–८ सुडालमा पहिलो पटक काठमाडौँ उपत्यकाव्यापी एवं काभ्रे व्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
‘संवाहक डट कम’ले आयोजना गर्ने प्रतियोगिता यही भदौ ३१ गते हुनेछ । बीसदेखि ६० केजीमाथि तौल समूहका पुरुष तथा २० केजीदेखि ५५ केजी तौलसम्मका महिला गरी १९ खेल हुने कार्यक्रमका संयोजक सञ्जीव दुलालले जानकारी दिए ।
किक बक्सिङमा पुरुष र महिलातर्फ ४५, ५० र ५५ केजी तौल समूहमा तथा काटातर्फ एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइने छ । प्रतियोगिता डब्लु के एफको नियमनुसार खेलाइने रेफ्री संंयोजक रामशरण त्वतीले जानकारी दिए ।
२०७४ भदौ २७ मा प्रकाशित ।

- काठमाडौँ ।
एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइल्याण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो ।
नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए । सतक बनाउनबाट नौ रनले चुकेका साहले ७४ बलको सामना गर्दै पाँच छक्का र ६ चौका प्रहार गरे ।
प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरीले २२, पवन सर्राफले २२ र आसिफ शेखले २१ रन बनाए ।
नेपालको घातक बलिङका सामू थाइलैण्ड निरिह देखियो । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दिपले सात विकेट लिने क्रममा चार ओभर बलिङ गरी मात्र ६ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिए ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटान विरुद्ध खेल्नेछ । नेपालले बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छन् ।

नेपाल र थाइल्यान्डबीच भइरहेको युथ–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालका अनिलकुमार साहले अर्धसतक प्रहार गरेका छन्। २६औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पहिलो अन्तर्राष्ट्रिय अर्धसतक बनाएका हुन्।
४८ बल खेल्दै साहले ५० रन बनाएका हुन्। उनले २ छक्का र चार चौका प्रहार गरे। थाइल्यान्डले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले अहिलेसम्म दुई विकेट गुमाएर २६ ओभरमा १३१ रन बनाएको छ। नेपालका अनिलकुमार साह र कप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा छन्।
नेपालका लागि ओपनर सन्दिपले ५७ बल खेल्दै ३ चौकाको सहयोगमा ३२ रन बनाए। आसिफसँग ३४ रनको साझेदारी गरेका सुनारले अनिलकुमार साहसँग ६० रनको साझेदारी गरे।
यसअघि पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो। उनले २६ बल खेलेर २ चौकासहित २१ रन बनाएका थिए।
२०७४ भदौ २६ मा प्रकाशित ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नो विजयी यात्रा जोगाउन सकेन ।
म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग २–२ को बराबरीमा रोकियो । युनाइटेडका लागि मार्कस रासफोर्ड र रामेलु लुकाकुले गोल गरे । स्टोक सिटीका लागि दुवै गोल चोउपो मोटिङले गरे ।
४३ औं मिनेटमा मोटिङको गोलबाट स्टोक सिटीले अग्रता लियो । तर पहिलो हाफको इन्जुरी समयमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
५७ औं मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेडले अग्रता लियो तर ६३ औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । यसअिघका तीन खेल जितेको युनाइटेड यो खेलमा बराबरीमा रोकिएपछि उसको विजयी यात्रा टुंगियो ।
शनिबार रातिको खेलपछि चार खेलबाट १० अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा कायम छ भने १० अंक नै जोडेको म्यानचेस्टर सिटी दोस्रो उक्लिएको छ । सिटीले लिभरपुललाई ५–० ले हराएको हो । ९ अंकसहित चेल्सी तेस्रो स्थानमा छ ।
२०७४ भदौ २५ मा प्रकाशित ।