- काठमाडौँ ।
जगदम्बा सिमेन्टले आफ्ना च्यानल पार्टनरहरुलाई सम्मान गरेको छ । जगदम्बा सिमेन्टले असोज २८ गते विरगञ्जमा करीव २०० भन्दा बढी च्यानल पार्टनरको सहभागितामा सम्मान समारोह सम्पन्न गरेको छ ।
जगदम्बाले उपभोक्ताको सेवातथा सुविधाका लागी अनवरतरुपमा लागी आफ्ना डिलर पार्टनरहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको बताइएको छ ।
जगदम्बाका प्रमुख शंकरलाल अग्रवाल, प्रवन्ध निर्देशक बिष्णु प्रसाद न्यौपाने र कार्यकारी निर्देशक राजेश अग्रवालले च्यानल पार्टनरहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक बिष्णु प्रसाद न्यौपानेले शुभ श्री जगदम्बा सिमेन्टले हाल आफ्नो उत्पादन क्षमतालाई दोब्बर बनाउने बताए । जसले गर्दा २४ हजार बोरा प्रतिदिन उत्पादनबाट निकट भविश्यमै ५२ हजार बोरा प्रतिदिन उत्पादन हुनेछ ।
जगदम्बा सिमेन्टले विश्वको उच्च स्तरीय प्रविधि FLSmidth, Denmark भित्रयाउने दोस्रो कम्पनीका रुपमा आफूलाई स्थापित गरिसकेको जानकारी दिँदै न्यौपानेले विरगञ्ज उद्योगबाट उत्पादन हुने ओपीसी तथा पिएससी सिमेन्ट अबका दिनहरुमा अझ बढी गुणस्तर तथा उपभोक्तामैत्री हुने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रो घर मोबाइल एप मार्फत आफ्ना पार्टनर च्यानल र उपभोक्तालाई सहज र सर्वसुलभ सेवा प्रदान गर्नेमा कम्पनी कटिबद्ध रहदै भावी दिनहरुमा आफ्ना संजाल उद्योग, प्रविधी, तथा सुविधालाई अझ बढी सशक्त र प्रभावकारी बनाउदै नेपालकै अर्थतन्त्रमा ठूलो योगदान दिने धारणा राख्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको ऋखला जारी राख्ने जनाए ।
त्यस्तै अग्रवालले रुपन्देहीमा उद्धयोग स्थापना गरेर दैनिक उत्पादन क्षमता १ लाख १२ हजार बोरा पुर्याउने काम थालिएको जानकरी दिदै गुणस्तरीय उत्पादन, उचित मूल्य, सुनिश्चित उपलब्धता, नविन प्रविधि, नेस्ट जेनेरेशन सिमेन्ट प्याकेजिङ्ग तथा उपभोक्ता प्रति उत्तरदायी बन्दै आएकोले छोटो समयमा जगदम्बा नेपालको सर्वाधिक लोकप्रिय सिमेन्ट बन्न सफल भएको बताएका छन् ।
नेपालको ७५ जिल्लाका उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन तथा सेवाद्धारा लाभान्वित गर्दै आएको जगदम्बाले नेपालमापाइने सबै प्रकारको पिपिसी, पीएससी रओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दे आइरहेको छ ।

- भक्तपुर ।
तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ ।
तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पु¥याउन व्यस्त छन् ।
आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताए ।
तिहारका लागि वनमाला समुदायले एक रोपनीदेखि १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । वैशाख–जेठमा छर्ने मखमली फूल साउनदेखि फूल्न थाल्छ ।
स्थानीयवासी कर्णबहादुर वनमाला मनग्य आम्दानी हुनथालेपछि वनमाला समुदाय मखमली फूलखेतीतर्फ आकर्षित भएका बताउनुहुन्छ । तिहारमा फूल बेचेर प्रत्येक परिवारले रु एक लाखदेखि रु आठ लाखसम्म कमाउने गरेका छन् ।
अहिलेसम्ममा करिब ३० हजार फूलको माला उनीसकेको अम्बिका वनमालाले बताए । बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेको उनले बताए ।
अहिले मखमली फूलको माला रु १०० सम्ममा बिक्री हुन्छ । माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । स्थानीयवासीले जग्गा भाडामा लिएर फूलखेती गर्ने गरेका छन् ।
कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पूर्वमा काभ्रेको विभिन्न ठाउँमा समेत फूलको माला बिक्री हुन्छ ।
जिल्लामा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटमा व्यावसायिक रुपमा मखमली र सयपत्री फूलखेती गरिँदै आएको छ ।
एक रोपनी खेतको भाडा ६ हजारदेखि रु १० हजार तिर्ने किसानले एक रोपनी जग्गामा फूलबाट कम्तिमा ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

- काठमाडौं ।
माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धक (डिजिएम)मा सन्तोष कोइराला तथा अर्जुन थापा बढुवा भएका छन् ।
बैंकको संचालक समितीको बैठकले गत असोज ८ गतेदेखि लागु हुने गरी कोइराला र थापालाई सहायक महाप्रबन्धक(एजिएम) बाट डिजिएममा बढुवा गरेको हो ।
कोइरालाले सन २००० बाट बैंक अफ काठमाडौंबाट बैंकिङ करियर शुरु गरेका थिए भने सानिमा बैंक हुँदै साढे चार वर्ष अघि माछापुच्छ्रे बैंक प्रवेश गरेका थिए । कोइरालाले बैंकमा निक्षेप परिचालन, कर्जा लगानी, संचालन लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता हासिल गरेका छन् ।
त्यसैगरी, थापाले तत्कालिन ग्रिण्ड्लेज बैंकबाट सन १९९२ बाट करियर शुरु गरेका थिए भने माछापुच्छ्रे बैंकमा स्थापना काल देखि नै आबद्ध थिए । थापाको कर्जा लगानी, रिस्क म्यानेजमेन्ट लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता रहेको छ । थापाले यसै बैंकको पोखरा क्षेत्रको क्षेत्रीय प्रबन्धकको रुपमा समेत काम गरेका थिए ।
कोइरालालाई हाल बैंकको सम्पूर्ण ’बिजिनेस’ तथा थापालाई बैंकको ’संचालन’ हेर्ने जम्मेवारी पनि दिईएको छ ।
२०७४ असोज ३० गते प्रकाशित ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भएका छन् ।
आठजना खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिस्पर्धामा उपेन्द्रराज सुवेदी, रामजी पौडेल, मेनुका श्रेष्ठ, भरतराज ओझा, सरोजराज अधिकारी, भीमबहादुर नेपाली काइला, शिवप्रसाद भण्डारी र धीरजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । दुई महिला सदस्यमा जानुका अधिकारी र राधा सापकोटा निर्वाचित भएका छन् ।
संस्थागततर्फ शैलेन्द्रमोहन भट्टराई र एशोसिएटततर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमितिमा निर्वाचित अध्यक्षले तीनजना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । संघका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचनमा कूल एक हजार १५७ मत खसेको थियो ।
२०७४ असोज २९ मा प्रकाशित ।

- उपेन्द्र खनाल, तनहुँ।
चार वर्ष अघिसम्म भैंसीपालेरै परिवारको गुजारा चलाउँदै आएका तनहुँको व्यास नगरपालिका–८ बाङ्गेटारीका विद्याचन्द्र अधिकारीको दैनिक अहिले परिवर्तन भएको छ ।
२०६९ सालमा हेफर इन्टरनेसनलले बाख्राका १० वटा पाठी र एउटा ब्याडे बोको दिएपछि बाख्रापालन फार्मको स्थापना गरी अधिकारी व्यावसायीक वाख्रापालनमा लागेका हुन् । उनले बाख्रापालनबाटै राम्रो आम्दानी गरिरहेका छन् ।
तनहुँको ब्यास नगरपालिका–८ बाङ्गेटारीका विद्याचन्द्र अधिकारीको बाख्रापालन फार्ममा अहिले अस्ट्रेलियन विटल क्रस जातका वाख्राका पाठापाठी एवम् खरी जातका बाख्राका माऊ रहेका छन् ।
हेफर इन्टरनेसनलले २०६९ सालमा दिएका १० वटा पाठीलाई हुर्काएर अधिकारीले सोही वर्ष ६० हजार आम्दानी गरेको बताए । उक्त आम्दानीले व्यावसायीक वाख्रापालनमा आफूलाई झनै उर्जा मिलेको अधिकारीको भनाई छ ।
अधिकारीले वर्षैपिच्छे वाख्रा पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । ४ वर्षमा आईपुग्दा अधिकारीले वार्षिक खर्च कटाएर ३ लाख आम्दानी भएको बताए ।
अधिकारीको फार्ममा हाल वोयर विटल क्रसका १५ वटा माउ वाख्रा छन् । उनको फार्ममा साना–ठूला गरी ५७ वटा वाख्रा छन् ।
अधिकारीले बाख्रा चराउन लैजान सिठीको प्रयोग गरेका छन् । बाख्रालाई तालिम दिएर सिठीको संकेतको प्रयोगसहित चराउने लैजाने गरेको उनले बताए ।
बाख्रा पालनमा राम्रो उन्नति गरेको भन्दै अधिकारीलाई हेफर इन्टरनेसनलले पश्चिमाञ्चलमै उत्कृष्ट बाख्रापालक कृषक घोषणासहित १ लाख रुपयाँ पुरस्कार दिएको छ ।
जिल्ला पशु सेवा कार्यालय तनहुँले खोर र गोठ सुधारबाट ५० हजार र ब्याडे बोकाका लागि १० हजार गरी ६० हजार सहयोग गरेको छ ।अधिकारीले आफूले मात्र बाख्रा पालन नगरी अन्य युवालाई समेत यसतर्फ आकर्षित गर्ने गरेका छन् ।
सहुलियत दरमा पाठापाठी उपलब्ध गराउँदै बाख्रापालनमा युवाको आकर्षित गराउने उनी जिल्लाकै उत्कृष्ट किसान बन्न सफल भएका छन् ।

- मुम्बई ।
आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो-नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेका छन् । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखा सहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्नेछन् ।
यसरी पठाइएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुईवीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्नेछन् ।
सेवा शुभारम्भको अवसरमा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए ।
नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यानवीचको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै अध्यक्ष ढकालले इण्डो-नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरे ।
भारतमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका ब्यापार प्रवर्द्धन प्रमुख सन्दिप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५० लाख नागरिकहरुले पठाएको रकम भारतमा रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आईरहेको र नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आईएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे ।
आरबीएल बैंकका सूचना प्रविधि प्रमुख सुजथा मोहनले आईएमई र वाइजम्यानले भुक्तानीको पछिल्लो प्रविधि प्रयोग गरी रेमिटेन्स सेवा दिन सफल हुने भन्दै ठुलो संख्यामा भारतमा रहँदै आएका नेपाली नागरिक र नेपालमा रहेका तिनका आफन्तलाई छिटो, सरल र सुरक्षित तवरले रेमिटेन्स सेवा लिन/दिन यो सम्झौता महत्तपूर्ण हुने विश्वास व्यक्त गरे ।

नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक, कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।
बडादशैँयता ३६८ वटा ट्रक।कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक।कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताए ।
साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक।कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ ।
चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ ।
२०७४ असोज २२ मा प्रकाशित ।

- पाँचथर ।
पाँचथरको सदरमुकाम फिदिम बजारमै फ्रेस हाउस सञ्चालन गरेर एक व्यक्तिले मासिक रू एक लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् ।
फाल्गुनन्द गाउँपालिका–६ का देवराज कुरुम्बाङले दुई वर्षअघि पूर्वाञ्चल फ्रेस हाउस सञ्चालन गरी उक्त रकम कमाउन सफल भएको बताए।
उनले भने, “वैदेशिक रोजगारीमा जाँदा पनि भनेजस्तो काम नपाउँदा दुःखमात्रै पाइने भएको हुँदा स्वदेशमै व्यवसाय गरेको हुँ ।”
बजारमा व्यवस्थित मासु पसल सञ्चालन हुन नसकेको र माग बमोजिमको मासु अन्य फ्रेस हाउसले सेवाग्राहीलाई मासु उपलब्ध गराउन नसकेको हुँदा आफुले उक्त ब्यबसाय रोजेको देवराज बताउछन् ।
उनले व्यवसायभन्दा यस व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले फ्रेस हाउस सञ्चालन गरेको र यसलाई ताप्लेजुङको फुङ्लिङ बजारमा पनि बिस्तार गर्ने लक्ष्य रहेको कुरुम्बाङ बताउछन् ।
उनले गरेको व्यवस्थित फ्रेस हाउस देखेर पशुपक्षी मन्त्रालयले रु १० लाख अनुदानसमेत दिइसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

- काठमाडौं ।
संसारभर ऊर्जाका विभिन्न स्रोतहरुको खोजी भइरहेको बेला सौर्य ऊर्जा उत्पादनमा विशेष ध्यान दिने मुलुकहरुको संख्या पनि बढिरहेको छ ।
त्यसमा विश्वका विकसित भनिएका मुलुकले नै सौर्य ऊर्जालाई आफ्नो प्रमुख ऊर्जाको स्रोत बनाएका छन् । संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, इटाली, जापानले पछिल्लो समयमा सौर्य ऊर्जालाई विशेष प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाएका छन् ।
पेट्रोलियम पदार्थको विकल्पमा सौर्य ऊर्जालाई अगाडि बढाउने लक्ष्यका साथ ठूलो मात्रामा लगानी समेत गरिरहेका छन् ।
जर्मनी
सौर्य ऊर्जा उत्पादनमा विशेष ध्यान दिदै आएको जर्मनीले ३८.२ गिगावाट आवर सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । सोही परियोजनाबाट १७७ गिगावाट आवर सौर्य ऊर्जा उत्पादन गर्ने रणनीतिक लक्ष्य अगाडि सारेको छ । देशको कुल ऊर्जा खपत मध्ये ५० प्रतिशत सौर्य ऊर्जाबाट उपलब्ध गराउने लक्ष्यमा सो देश रहेको छ ।
नविकरणीय ऊर्जालाई ऊर्जाको प्रमुख स्रोत बनाउने लक्ष्य बनाइएको छ । सन् २०५० सम्म नविकरणिय ऊर्जा मार्फत कुल ऊर्जा उपलब्ध गराउने जर्मनीको योजना रहेको छ ।
चीन
संसारकै धेरै जनसंख्या भएको र अत्याधिक कार्बन उत्सर्जन गर्ने मुलुकको रुपमा रहेको चीनले सौर्य ऊर्जा उत्पादनलाई विशेष प्राथमिकतामा राखेको छ । उसले लाखौ मेगावाट बराबरको सौर्य ऊर्जा प्लान्ट सञ्चालन गरिरहेको छ भने त्यसको दशौ गुणा बढी सौर्य ऊर्जा उत्पादनको योजनालाई अगाडि बढाइरहेको छ ।
सूर्यमुखी फूलको शैलीमा घाम जता जान्छ उता नै सौर्य पाता फर्कने प्रणालीको विकास समेत चीनले गरिसकेको छ । तिब्बतको विशाल पठारमा उसले लाखौ हेक्टरमा सौर्य ऊर्जा प्रणाली जडानको योजना अगाडि सारेको छ ।
जापान
उल्लेख्य मात्रामा खाली जमिन र सूर्यको सदाबहार किरण प्राप्त नहुने भएपनि जापानले पछिल्लो समयमा सौर्य ऊर्जा प्रणालीलाई आफ्नो रणनीतिक उद्देश्यका साथ अगाडि बढाएको छ ।
सन् २०१४ को तथ्यांकलाई विश्लेषण गर्ने हो भने जापानले २३.३ गिगावाट आवर ऊर्जा सौर्य प्रणालीबाट उत्पादन गरेको छ । हालसम्म आइपुग्दा त्यसको मात्रा बढेर ३५.६ गिगावाट आवरमा पुगिसकेको छ ।
फुकुसिमा न्यूक्लियर प्लान्टमा भएको डिजास्टरपछि उसले वैकल्पिक ऊर्जा प्रणालीलाई बुम गर्ने लक्ष्य राखेको छ । सौर्य ऊर्जालगायत अन्य नविकरणिय ऊर्जाको स्रोतलाई दोब्बर बनाउने लक्ष्य जापानको रहेको छ । उसले विभिन्न् टापुलाई सोलार आइल्याण्डको रुपमा विकास गर्ने रणनीतिक योजना समेत अगाडि सारेको छ । पानी प्रतिरोध सौर्य प्रणाली जडान नै उसको हालको प्राथमिकता देखिएको छ ।
इटाली
यूरोपेली मुलुक इटालीले हाल सौर्य प्रणालीबाट करिब २२.५ गिगावाट आवर सौर्य ऊर्जा उत्पादन गरेको छ । सन् २०१४ मा १८.५ गिगावाट आवर सौर्य ऊर्जा उत्पादन गरेको उक्त देशले कुल ऊर्जाको स्रोत मध्ये हाल १२ प्रतिशत ऊर्जा सौर्य प्रणालीबाट उपलब्ध गराएको छ । कर छुट दिइएको र नविकरणीय ऊर्जाको स्रोतलाई प्रमुख प्राथमिकतामा राखिएको जनाइएको छ ।
अमेरिका
संसारभरकै ऊर्जाका स्रोत कब्जा गरेको आरोपको साना गर्ने अमेरिकाले पनि पछिल्ला दिनमा सौर्य ऊर्जाको स्रोतलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।
सन् २०१४ मा १८.३ गिगावाट आवर सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरेको अमेरिकाले आगामी २० वर्षमा सौर्य ऊर्जा उत्पादनलाई दोब्बर गर्ने लक्ष्य राखेको छ । उसले १८ विलियन डलर खर्च गर्दै सुरु गरेको परियोजनामा अर्बौ डलर खर्च गर्ने योजना अगाडि सारेको छ ।
नविकरणीय ऊर्जाको स्रोत पहिचान र उत्पादनमा उसले विशेष ध्यान दिएको छ । जुन संसारभरका लागि समेत खुसीको विषय हो ।

- काठमाडौं ।
शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार भन्दा शुक्रबार सुन प्रतितोला चार सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

- काठमाडौं।
मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुन)को वित्तीय विवरण अनुसार, एनसेलले जुन महिनाको अन्त्य (असारको मध्य)सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।
कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पूर्वाधारले ग्राहकहरूलाई सञ्चार सेवा प्रदान गर्न उनीहरूको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ ।
टावर निर्माण तथा जडानमा हुने खर्च सेवा प्रदायकहरुको प्रमुख पुँजीगत खर्च तथा लगानीका रुपमा लिइन्छ । ग्राहकलाई द्रुतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो ।
प्रथम चरणमा काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याइएको फोरजी हाल देशको विभिन्न १९ शहरमा प्रदान गर्दै आएको छ । थप सात सय टावर जडान गरेपछि एनसेलले फोर जी सेवालाई अझै बिस्तार गर्ने जनाएको छ ।
- सप्तरी ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरणको राजविराज वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी र उत्तरी भेगमा विद्युत्को खम्बाबाट तार टाँगेर चोरी गर्ने नौजनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा डाकोश्वरी नगरपालिका–९ बस्ने सुशीलकुमार मेहता, रामनारायण शर्मा, सुशीलकुमार यादव, रवि साह, वडा नं ३ बस्ने नन्द मण्डल, लीलाकान्त खड्का र सुरुङ्गा नगरपालिका–३ बस्ने दीपेन्द्र चौधरी, रामसुन्दर साह तथा रुपनी गाउँपालिका–१ बस्ने प्रिन्सकुमार इसर रहेका छन् ।
उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही हुने केन्द्रका प्रमुख साहले बताए ।
उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही हुने केन्द्रका प्रमुख साहले बताए ।

- मुस्ताङ ।
मुक्तिनाथमा दर्शन, पुजन र १०८ धारामा स्नान गरेमा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासले देशका विभिन्न भागबाट पर्यटक यहाँ आउने गरेका हुन् ।
दशैँमा बिदा मनाउन मुस्ताङ आउने आन्तरिक पर्यटकमध्ये अधिकांशको रोजाइमा मुक्तिनाथ पर्ने गरेको छ । कष्टपूर्ण यात्रा गरेर मुक्तिनाथ पुगेपछि सबै दुःख भुलेको र आनन्दको महसुस गरेको ललितपुरकी २९ वर्षीया मीनाकुमारी मानन्धरले बताए ।
पोखरा–जोमसोम हवाईमार्गका साथै बेनी–जोमसोम–कागबेनी सडकमार्गको प्रयोग गरी मुक्तिनाथ पुग्न सकिन्छ ।
म्याग्दी सदरमुकाम बेनीदेखि कागबेनीसम्म कच्ची सडकको यात्रा गर्नुपर्छ भने कागबेनीदेखि मुक्तिनाथसम्म १२ किलोमिटर सडक भने केही समयअघि मात्र कालोपत्रे गरिएको छ ।
दशमीको भोलिपल्टदेखि दैनिक दुई हजारका दरले १० हजारभन्दा बढी धार्मिक पर्यटक मुक्तिनाथ दर्शनका लागि आएको मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
एकहजार रोपनी क्षेत्रफलमा फैलिएको मुक्तिनाथमा नेपालीका साथै भारतीय पर्यटक पनि उत्तिकै संख्यामा आउने गरेका छन् ।
मुक्तिनाथको ऐतिहासिक महत्व र १०८ धारामा स्नान गर्न जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्यको रुपमा ग्रन्थमा वर्णन गरिएको पुजारी सुवेदीको भनाइ छ ।
मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेलगायत र म्याग्दीका अधिकांश होटलसमेत भरिभराउ भएका छन् ।
दसैँपछि बजार खुलेको पहिलो दिन सुनको भाउ तोलामा एक हजार रुपैँया घटेको छ ।
मंगलबार सुनको भाउ तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दसैँको बिदा सुरु हुनुअघि गत मंगलबार सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।
यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।
२०७४ असोज १७ मा प्रकाशित ।

- पोखरा ।
यती एयरलाइन्स काठमाडौंबाट पोखरा पुगेका विदेशी र आन्तरिक पर्यटकलाई पञ्चे बाजा, फूलमालासहित स्वागत गर्दा पर्यटकहरु समेत नेपालीहरुसँग रमाइ–रमाई नाचेका थिए ।
त्यस्तै गरी काठमाडौंबाट पोखरा आएका पर्यटन बसबाट पहिला आउनेलाई समेत सम्मान गरेको छ । यता रेवान पोखराले पनि लेकसाइडमा एक दिने सडक महोत्सव आयोजना गरेको छ ।
पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्मको एक किलोमिटरको बाटो बन्द गरेर रेष्टुराँहरु राखिएका छन् ।
व्यवसायीहरुले सडकमै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन दिएका छन् ।
पोखरा पर्यटन परिषद्को संयोजन पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन क्षेत्रलाई चलाएमान गराएको परिषद्का कार्यवाहक अध्यक्ष भरत पराजुलीले बताए ।

जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट रु ६२ लाख ५०० राजस्व संकलन गरेको छ ।
सो अवधिमा सवारी नियम उल्लंघन गर्ने ११ हजार ५५० सवारीसाधन कारबाहीमा परेको प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी शिवबहादुर थापाले जानकारी दिए ।
उक्त अवधिमा १९ सवारी दुर्घटना भएकामा आठ मानिसको मृत्यु भएको थियो भने १५ जना गम्भीर घाइते भएका थिए । मापसे गरी सवारी चलाउने ५९९ सवारी चालक कारबाहीमा परी तिनले रु पाँच लाख ९९ हजार तिरेको सूचना अधिकारी थापाले बताए ।
यस्तै बढी भाडा लिने ११ बस र छ ट्याक्सी, हर्न निषेध उल्लंघन गर्ने ४५ ट्रक, ३५ बस, ६४ जिप÷कार, ६५ मोटरसाइकल पनि कारबाहीमा परेका छन् । त्यस्तै मोटरसाइकललाई रुपान्तरण गरी चलाउने ६८ मोटरसाइकल चालक र ट्याक्सीमा मिटर नराखी बढी भाडा लिने १७२ ट्याक्सी पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ ।
२०७४ असोज ११ मा प्रकाशित ।

- काठमाडौँ ।
२८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्ड सर्भिस एइक् POS (Point of Sale) कार्ड मेसीन मार्फत क्यासलेस कारोबारकोे प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ ।
व्यापारिक केन्द्रहरुमा राखिएका यी मेसीनहरु ग्रामिणतहसम्म फैलाउने गृहकार्य भइरहेको र यसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिने प्रभु ग्रुपले जनाएको छ ।
हाल यो कम्पनीको बहुमत सेयर प्रभु ग्रुपले लिएको छ भने कम्पनीको महाप्रबन्धकमा प्रभु ग्रुपको तर्फबाट राजगोपाल राजभण्डारी नियुक्त भएका छन् ।
हालसम्म नेपालमा तीन हजार पाँचसय वटा एइक् POS (Point of Sale) मेसिन संचालनमा रहेको र दुई हजार वटा मेसिन ०७४ साल भित्र नै थपिने क्रममा रहेको प्रभु ग्रुपले जनाएको छ ।
वित्तीय पहुँच विस्तार गर्नका लागि यो मेसिनको प्रयोगलाई प्रभुले विभिन्न ग्रामिण तहसम्म पु¥याउन होमवर्क गरेको छ । नेपालमा रहेका पीओएस मेसिनहरुको प्रयोग प्रायः विदेशीहरुले नै गर्ने गरेका छन् । अब भने स्वदेशमै यसको प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ ।
यो मेसिन भित्रिएको लामो समय भइसक्दा पनि नेपालमा क्यासलेस ट्रान्जेक्सनको विकास तिब्र गतिमा हुन सकेको छैन । किनमेल गर्दा नगद नै बोकेर जाने नेपालीहरुलाई हातमा नगद नहुँदा बैंकमा भएको रकम सिधै क्रेडिट तथा डेबिट कार्डहरुबाट खर्च गर्ने बानीको विकास हुनेछ ।
पिओएस (एइक्) कार्ड मेसीन के हो ?
पिओएस (एइक्) मेसीन क्यासलेस कारोबामर गर्ने माध्यम हो । जसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् ।
दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ ।
एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ । साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ ।
जसको प्रयोग समुन्नत मुलुकहरुमा अत्याधिक हुने गर्दछ । यस किसिमको कारोबार बढ्दै गयो भने नेपाल राष्ट्र बैंकलाई नोट छापीरहनु पर्दैन ।
नोट छाप्दा विदेशीने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ । अल्पाइन विजनेस कार्डसँग सम्बन्धित विभिन्न सेवाहरु दिने उद्देश्यले स्थापित कम्पनी हो ।

भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ ।
नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई इन्धन मौज्दात रहेको छ ।
निगमका अनुसार विराटनगरमा २२० किलोलिटर, भद्रपुरमा ३७, काठमाडौँमा एक हजार २३९, मन्थलीमा २७, पोखरामा ५५, भैरहवा ३५, नेपालगन्ज ६८, सुर्खेत ५३, धनगढी ४० किलोटिर हवाई इन्धन मौज्दात छ ।
निगमका प्रबन्ध निर्देशक प्रेमप्रसाद आचार्यले आयातमा भएको समस्याका कारण अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई इन्धन दिन नसक्ने अवस्थामा निगम पुगेको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज भएको छलफलका क्रममा उहाँले भारतीय भन्सारमा जाँच पड्ताल गर्न लामो समय लाग्ने तथा विद्युतीय प्रणालीमा नै सबै जानकारी नआई प्रवेश नदिनेजस्ता समस्या आएका कारण इन्धन आयातमा कठिनाइ भएको बताए ।
रक्सौल भन्सार बिन्दुमा मात्रै दैनिकजसो १५ किलोमिटरभन्दा लामो जाम हुने गरेका कारण पनि आयात प्रभावित भएको छ । बर्षात्का कारण आयात केही घटेको र मौज्दातमा रहेको इन्धन वितरण गर्दागर्दै भण्डारणसमेत खाली हुन पुगेको उनको भनाइ छ ।
गत साउनको अन्तिम साता आएको बाढी, पहिरोका कारण रेलको लिकलगायतका संरचना बगाउँदा आएको समस्या समाधान भएपछि भन्सार बिन्दुमा थप जटिलता उत्पन्न भएको निगमको भनाइ छ ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई दैनिक ६ लाख लिटर हवाई इन्धन आपूर्ति गर्दै आएको छ । यस्तै आन्तरिक उडानतर्फ ६० हजार लिटर मात्रै खपत हुने गरेको छ ।
निगमले केही दिन पहिले वायु सेवा प्रदायकलाई बोलाएर उत्पन्न परिस्थितिको बारेमा समेत जानकारी गराएको थियो । तर वायु सेवा प्रदायकले चाडबाडको समयमा बढी आवतजावत हुने र विदेशबाट नेपाल आउनेको संख्या समेत उल्लेख्य भएकाले इन्धन भरेर आउने अवस्था नभएको जनाएको थियो ।
२०७४ असोज ८ मा प्रकाशित ।
२०७४ असोज ८ मा प्रकाशित ।

दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ ।
विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ ।
हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन् ।
कृषि प्रधान मुलुकमा दशैँका लागि आवश्यक खसीबोकाको विकल्पमा चीनबाट आउने भेडाच्याङ्ग्रा रहेकाले तुप्चेका सहकारीले पछिल्लो पाँच वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएका छन् । खसीबजार तथा कृषिउपज मेलामा खसीपालक किसान तथा उपभोक्ताको भीड लागेको थियो ।
खसीबोका बिक्रीको मेलासँगै किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य सामग्रीसमेत बिक्री भएको आयोजक संस्था किसान र उपभोक्तालाई लक्षित गरी गाउँमै पालेको खसी समान मूल्यमा खरिद गरेर वडादशैँलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाएको आयोजकमध्येका साविम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिए ।
सहकारी संस्थाले अन्य सामग्री बिक्रीका लागि राखिने निःशुल्क कक्ष उपलब्ध गराएको मेलामा खसी बिक्रीका लागि आउने कृषकलाई सम्मानसमेत गरेको थियो ।
मेलामा २० किलोग्रामसम्मको खसीबोकाको प्रतिकिलोग्राम रु ३८०, २० देखि २४ केजीसम्मको प्रतिकेजी रु ४००, २५ देखि ३० केजीसम्मको प्रतिकेजी रु ४३०, ३० देखि ४० केजीसम्मको प्रतिकेजी रु ४४० र ४१ केजीभन्दा माथिको खसीबोकाको प्रतिकेजी रु ४५० मूल्य निर्धारण गरी बिक्री गरिएको थियो ।
खसीबजार मेलामा फिकुरीका किसान विष्णु देवकोटाले आफूले खसीबोका मेलामा २० वटा खसी बिक्री गरेको जानकारी दिँदै मेलाका कारण आफूले खसी बिक्रीका लागि अन्यत्र बजार खोज्नु नपरेको बताए ।
२०७४ असोज ८ मा प्रकाशित ।

नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।
संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ ।
दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याउने गर्दछ ।
संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट ५०० च्याङ्ग्रा आइसकेकाले त्यसलाई बिक्री गरिने जानकारी दिँदै अरु ५०० च्याङ्ग्रा आउने क्रममा रहेको बताए ।
दाङ र हेटौँडाबाट एकहजार ५०० खसी ल्याउन लागेकोमा वर्षाका कारण केही बाटोमा रोकिएका छन् भने २०० खसी काठमाडौँमा आइसकेका छन् ।
यही असोज १० गतेसम्म थापाथलीस्थित संस्थानको गोदामबाट बिक्री वितरण गरिने प्रमुख न्यौपानेले जानकारी दिए । अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल बढेको छ ।
२०७४ असोज ५ मा प्रकाशित ।
