
गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’ बजारमा आएको छ। मधु शश्रुको शब्द रहेको यो गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा मञ्जुकी छोरी स्नेहा पौडेललाई फिचरिङ गरिएको छ ।
‘हाइस्कूल’ नामक वेभ सिरिजिमा स्नेहाले काम गरिसकेकी छिन् । यो गीतको भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् । बी गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको यो गीतमा एक यूवती दामी भएको बर्णन गरिएको छ ।

- पोखरा ।
केही समय अगाडी पोखराको बाग्लुङ्ग बसपार्क अघोषित रेड लाईट यरियाको रुपमा परिचित थियो । पोखराको बाग्लुङ्ग बसपार्क भन्ने बित्तिकै यौन अखडाको रुपमा चिनिन्थ्यो । पोखरामा आउने अधिकाँश पुरुष पनि उक्त ठाँऊमा पुग्दथे ।
बिशेषगरी लाहुरे, बिदेशबाट आएकाहरु, लाहुरे हुन आएका युवा जमात बाग्लुङ्ग बसपार्क पुगेर यौन प्यास मेटाउने गर्दथे । धेरै समय प्रहरी प्रशासनको निगरानी बढेतापनि सफल भएका थिएनन् ।
त्यही बेला प्रहरी प्रशासनको कमाण्डरको रुपमा आए बसन्तकुमार लामा । उनैले बाग्लुङ्ग बसपार्कको त्यो यौन अखडालाई ताडिदिए । त्यसपछी तितरबितर भएका यौनकर्मी ठाँऊ – ठाँऊमा भेटिन थालेका छन । पोखरामा देखिएका केही ठाँऊका यौनकर्मीको चर्तिकला हेरौ भिडीयोमा:

- काठमाडौं ।
नायिका नम्रता श्रेष्ठले बेलायतका मोडल पवन शर्मासँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ।
एउटी प्रेमीकाले आफूलाई माया गर्ने मान्छेबाट खोजिएको मायाको आशा ‘यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस्, मैले जस्तै माया पाउने हरेकलाई चाह होस्’ भन्दै दुई प्रेमी मनलाई नजिक बनाएको कुरालाई भिडियोमा देखाइएको छ।
चर्चित गीतकार नृपेश उप्रेतीको प्रेमिल शब्दले भरिएको ‘यस्तो माया’ बोलको गीतमा देखिएको माहोलको यतिबेला संगीतीक बजारमा चर्चा सुरु भएको छ।
संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा युवा पुस्तामा रुचाइएका फिरोज बस्नेत र दुर्गा खरेलको आवाज रहेको छ। भिडियोलाई रंगपत्रकार सुब्रत आचार्यले निर्देशन गरेका हुन्।

- काठमाडौँ ।
यति बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई १६ करोडको गाडी किन्ने सरकारी निर्णयको निकै चर्चा छ । यो निर्णयले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा समेत निक्कै तहल्का मच्चाएकाे छ ।
रमाईलो कुरा के भने यो अरुले त विरोध गरे गरे नेकपा एमालेका केहि नेता र कयौं कार्यकर्ताले समेत यो निर्णयको चर्को विरोध र आलोचना गरेको पनि पाइयो ।
राष्ट्रपति भण्डारी १६ करोडको गाडी चढ्ने बिषयलाई कतिपयले उनका स्विर्गीय पति मदन भण्डारीसँग पनि जोडेका छन । ६ सयको साइकल चढ्ने एमालेका चर्चित नेता भण्डारीकी श्रीमती विद्यादेवी १६ करोडको गाडी चढ्ने ? भन्दै कतिपयले प्रश्न गरेका छन् भने कोहि कसैले व्यंग्य हानेका छन् ।
तर यहि बिषयलाई लिएर एउटा रमाईलो गीत बनेको छ । स्याङ्जा बिरुवा ३ खाङराङका एडिसन दर्लामी मगरले आफ्नै शब्द रचना र स्वरमा गएको 'सुन सुन ए राष्ट्रपति' बोलको गीत भाइरल बनेको छ । गायक दर्लामीले उक्त गीतमा नेपाली नेता तथा राष्ट्र प्रमुखहरुलाई मोजमस्ती भएको र जनताले चाहिँ सधैं सास्ती खेप्नु परेको कुरा प्रष्ट पारेका छन् ।
हेर्नुहोस् भिडियो
भिडियो अदिश दर्लामी मगरको फेसबुकबाट

- काठमाडौँ।
नेपाली लोक तथा दोहोरी गीत सङ्गितको क्षेत्रमा प्रेम भाव समेटिएको कारुणिक तथा मार्मिक लोक दोहोरी गीत "रुन्छु धर्केर" बिन्ध्यवासिनी म्युजिक प्रा:लि मार्फत बजारमा आएको छ ।
धेरै प्रेमी जोडीहरुको यथार्थ भाव समेटिएको यो गीत छोटो समयामा नै आम दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भएको सर्जक शाहस भट्टले इमान्दार मिडियालाई बताएका छन् ।
यस भन्दा अगाडि धेरै गीतहरुमा आफ्नो प्रस्तुती र शब्द कोरी सकेका राजु बर्देवाको यो गीत निकै चल्ने अनुमान गरिएको छ ।
राम्जी खाड र पुर्णकला बि सिको आवाज रहेको यो गीतमा कमल सर्गम र राजु बर्देवाको शब्द रहेको छ । यस्तै दर्जन भन्दा बढी गीतमा आफ्नो संगीत दीएर बजार लिइसकेका सर्जक तथा सञ्चारकर्मी साहाश भट्टले यो गीतको संगीत भरेका छन् ।
अनिस नेपाली र मोडल आसा खड्काले अभिनय गरेको यस गीतको म्युजिक भिडियोमा भट्ट्लाइ पनि देख्न सकिन्छ। भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायाङ्कन राजेस घिमिरे र सम्पादन दिपक विस्टले गरेका छन् ।
हेर्नुहोस् भिडियो
धेरै प्रेमी जोडीहरुको यथार्थ भाव समेटिएको यो गीत छोटो समयामा नै आम दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भएको सर्जक शाहस भट्टले इमान्दार मिडियालाई बताएका छन् ।
यस भन्दा अगाडि धेरै गीतहरुमा आफ्नो प्रस्तुती र शब्द कोरी सकेका राजु बर्देवाको यो गीत निकै चल्ने अनुमान गरिएको छ ।
राम्जी खाड र पुर्णकला बि सिको आवाज रहेको यो गीतमा कमल सर्गम र राजु बर्देवाको शब्द रहेको छ । यस्तै दर्जन भन्दा बढी गीतमा आफ्नो संगीत दीएर बजार लिइसकेका सर्जक तथा सञ्चारकर्मी साहाश भट्टले यो गीतको संगीत भरेका छन् ।
अनिस नेपाली र मोडल आसा खड्काले अभिनय गरेको यस गीतको म्युजिक भिडियोमा भट्ट्लाइ पनि देख्न सकिन्छ। भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायाङ्कन राजेस घिमिरे र सम्पादन दिपक विस्टले गरेका छन् ।
हेर्नुहोस् भिडियो

- काठमाडौँ ।
२०७३ माघ १ गते आत्महत्या गरी मृत्यु भएका -यापर यमबुद्धको नयाँ गीत 'पागलपन' सार्बजनिक भएको छ । उनको भौतिक शरीर यो संसारमा नरहे पनि एकपछि अर्को उनका नयाँ गीत सार्वजनिक भइरहेका छन्।
जेठ १६ यामबुद्ध जन्मेको दिन पारी मङ्गगलबार उनले गाएको “पागलपन” बोलको गीत सार्वजनिक भएको हो।
पागलपन गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन्। उनी नाताले यमबुद्धका बहिनी ज्वाइँ पनि हुन्। यमबुद्धकी बहिनी अश्मी अधिकारी र रेशबीच २०७१ सालमा इन्गेजमेन्ट भएको थियो।
यो गीतको म्युजिक भिडियोमा रेशका साथै चर्चित नायिका प्रियंका कार्की र अशिमा अर्यालले समेत अभिनय गरेका छन्। यो भिडियोको पोष्ट प्रोडक्सन तथा निर्देशन दिनेश जंग रानाले गरेका हुन्।
गीतको म्युजिक भने शैलेश श्रेष्ठले दिएका छन् । राजेन्द्र समनद्वारा अमेरिकामा छायांकन गरिएको 'पागलपन' बोलको गीतलाई सङ्गस नेपालले यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको छ।
नेपाली गीत सङ्गीत क्षेत्रमा बिल्कुलै फरक विधालाई स्थापित गराई यमबुद्धले युवा पुस्ता माझ हिपहप र र्याप गीत सङ्गीतलाई चिनाएका थिए।
नेपालमा र्याप ब्याटललाई स्थापित गराउने प्रमुख श्रेय उनलाई नै जाने गर्दछ। सन् २००९ मा उनले गाएको साथी बोलको गीतले नै उनलाई युवाहरु माझ पहिलो पटक चिनाएको हो।
हेर्नुहोस् गीतको भिडियो

- भरतपुर ।
भरतपुर महानगरपालिकाको प्रमुख पदको नतिजा आउन केही समय लाग्ने भएपनि उपप्रमुखको भने जित निश्चित भइसकेको छ ।
प्रमुख पदमा नेकपा एमालेका देबी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी रेणु दाहालबीच तिब्र प्रतिष्पर्धा छ । तर उपप्रमुख पदमा भने एमालेकी दिब्या आचार्यलाई पराजित गर्दै काँग्रेसकी पार्वती शाहले आफ्नो जित पक्का गरेकी छिन् ।
गणना गर्न बाँकी मत भन्दा बढी मतको अग्रता बनाएपछि उनको जित सुनिश्चित भएको हो । जिति निश्चित भएपछि बिजय उत्सव मनाउँदै कार्यकर्ता र समर्थकमाझ यसरी नाचिन् पार्वती ।


गीतमा भगवानसँग उनलाई मात्रै मायाँ गर्ने मुटु दिएर मलाइ उनैलाई मैले नपाउने भाग्य लेखौ किन जस्ता गुनासो गरिएको भाब समेटिएकोले गीतको सब्द सिर्जनामा निकै सृजनशीलता अपनाइएको अनुमान गर्न सकिन्छ ।
एकनारायण भण्डारीको उत्कृष्ट शब्द र संगीतमा रहेको उक्त गीतमा चर्चित मोडल महेन्द्र गौतम र रन्जिता गुरुङले निकै नै राम्रो अभिनय गरेका छन् । एकानारणका अघिल्ला एल्बम जस्तै यो गीतले पनि बजार लिने आशा निर्माण टीमले गरेको छ ।
सीतारा म्यूजिक प्रा लिको प्रस्तुती रहेको यस गीतमा बाबुराजा केशीको निर्देशन , मदुर बस्नेतले छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ । म्यूजिक भिडियो बजारमा आएपछि सर्जक एकानारण हर्षले दङ्ग परेका छन् ।

- काठमाडौँ १५ बैशाख ।
लोक गायक सर्बिन बोगटीको नयाँ लोक गीत तिम्रो रातो गाला बजारमा आएको छ । माओवादी पूर्व लडाकु समेत रहेका बोगटीले जनवादी कला क्षेत्रबाट फड्को मार्दै ब्यबसायिक संगीत क्षेत्रमा हात हालेका छन् ।
- जन्म दिने जन्म भुमि आमा छोडी आए
- अभाबको जिन्दगी फेर्न म परदेशी भए
स्वर्णिम शाहीको सब्द रचनामा रहेको देउडा ठाडो भाकाबाट ब्यबसायिक गायनमा प्रवेश गरेका बोगटीले हालसम्म २ दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
माओवादी आन्दोलनले जन्माएको एक जनवादी गायक लडाकु फौज हुदैं पुन; कलाकारिता क्षेत्रमा आएपछि पछिल्लो पटक युवा पुस्ताहरु माझ फरक प्रकारको गायकको पहिचान बनाउन सफल भएका छन् ।
देउडा, लोक, पुर्बेली र आधुनिक गीतमा समेत स्वर दिइसकेका गायक बोगटीले हालै बजारमा ल्याएको लोक गीतमा युवा पुस्तामा देखिने मायाँ प्रेमलाई दर्शाउन खोजिएको छ ।
नेपाली लोक संगीतमा छाडापन भित्रियो भनेर आलोचना भइरहेको बेला यस प्रकारको मौलिख गीत संगीतले नेपाली कला संगीत क्षेत्रको संरक्षण गर्न मदत गर्ने गायक बोगटीको भनाइ छ ।
समयले पर्खिन्न कहिलै नै जे गर्नु छ गर अहिले नै तिर्मो रातो गाला धेरै फुर फुर नगर बैश त्यसै जाला भन्ने भाव व्यक्त भएको गीतले बजार लिने आशा बोगटीले गरेका छन् ।
पूर्णकला बिसी र सर्बिन बोगटीको स्वरमा रहेको यो गीतमा सब्द संगीत सुरत बिस्टको रहेको छ । बीबी अनुरागिले एरेन्ज गरेको गीतको भिडियोमा मोडल पार्वती राइ र संकर बिसीले अभिनय गरेका छन् । आर एन सी म्यूजिक प्रालि.द्वारा मिर्मित यो गीत म्यूजिक नेपालले बजारमा ल्याएको छ ।

- काठमाडौं ।
देशमा निर्बाचन नजिकिदै जादा विभिन्न पार्टी का चुनाबी गित हरु सार्बजनिक हुन थालेका छन् यसै क्रममा गाउ गाउ मा एमाले सहरमा एमाले अहिले को चुनाब मा देशै भरि एमाले भन्दै नया एमालेको चुनाबी गित बजारमा आयको हो ।
पर्बत जिल्ला अहिले को चुनाब पछि एमालेको लालकिल्ला हुने गित ले भनेको छ ,
पर्बत जिल्ला हुदै छ लालकिल्ला
नेकपा एमाले आयो बरिलै ,एमाले पुग्दा जनताको घर मा गाउ गाउ मा खुसि नि छायो बरिलै ,उक्त गित मा चर्चित गायक कृष्ण अखेली को लय सब्द छ भने कृष्ण अखेली ,राजेन्द्र सापकोटा ,लक्ष्मी नेपालि को अवाज रहेको छ ।
हेर्नुहाेस भिडियाे

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइटमा हास्य कलाकार जोडी धुर्मुसले आफुले झापाबाट १७ सय र एउटा च्यादर मात्र बोकेर आएको पोल खोलेका छन् ।
एउटा च्यादर बोकेर काठमाडौँ आएका धुर्मुसले हुनेखानेको छोरी संग बिहे कसरी गर्नु भो भन्ने भुषण दाहालको प्रश्नमा धुर्मुस र सुन्तलीले हाँसो रोक्न सकेनन र यसरी खोले त्यो बेलाको पोल हेर्नुहोस भिडियो

तत्कालिन माओवादीले २४ घण्टासम्म भारतको सिमाना कब्जा गरेको समाचार भारतीय सञ्चार माध्यमले जोडतोडका साथ उठाएका थिए ।
उक्त भिडियो अहिले नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच भाइरल बनेको छ । भिडियो भने केहि बर्ष पुरानो हो ।
भारतीय ज्यादतीको बिरुद्ध माओवादीको अगुवाइमा भारतीय सिमाना कब्जा गरी नेपालीहरुले आफ्नो राष्ट्रिय झण्डा गाढेका थिए ।
नेपालीहरुले झण्डा गाढ्नुका साथै ग्रेटर नेपाल जिन्दाबाद भारतीय बिस्तारबाड मुर्दावाद जस्ता नाराबाजी समेत गरेका थिए ।
उक्त नाराबाजी र सिमाना कब्जाको समाचार तत्कालिन बेला भारतीय मिडियाहरुले महत्वका साथ प्रकाशन प्रशारण गरेका थिए ।
हेरौ भारतीय मिडियामा प्रशारित समाचारको भिडियो

गायक नबिन कटुवालको दोस्रो सांगेतिक एल्वम ‘साथ’को पोखरामा एक कार्यक्रमका बिच बिमोचन गरीएको छ । कटुवालको एल्वमलाई गायक बिनोद बानिया, संगितकर्मीहरु नबराज बराल, श्रीमान थुलुङ र मेनकाजी गुरुङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।
सो अवसरमा एल्वममा समावेश ‘मलाई खुशी’ बोलको एक गितको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । कटुवालको एल्वममा चार गित समावेश छन । सबै गितमा प्रकाश नेपालीले संगित दिएका छन ।
सार्वजनिक गरीएको म्युजिक भिडियोलाई अपिल त्रिपाठीले निर्देशन तथा सम्पादन गरेका हुन । सरोज अधिकारीको छायङ्कन तथा सुवास अम्गाईले रंग संयोजन गरेको भिडियोमा मिलन थापा, अनु शाह र अनिल अधिकारीको अभिनय रहेको छ ।

लोक गायक पूर्ण परियारको नयाँ लोक गीत ताला चावी झैँ बजारमा आएको छ । लोक गीतको भिडियोमा हट मोडल तथा गायिका ज्योति मगरले अभिनय गरेकी छन्।
गायक पूर्ण परियार र देवी घर्ति मगरको आवाज, एकनारायण भण्डारीको लय र शब्द रहेको 'ताला चावी झैँ' गीतको कमल सौरागले एरेन्ज गरेका छन्।
हालै सार्बजनिक गरिएको गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको हो।

कल्भर्ट निर्माण देखि सुरु भएको आनन्द बजारको विवादले उग्र रुप लियो । एसएसबीका प्रहरी निरीक्षक टि.के हंकले चलाएको पेस्तोलको गोलिबाट स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ ।
हतियार सहित नेपाली बजारमा घुसेका एसएसबी र भारतीय स्थानीय संग नेपाली स्थानीयको ४ घण्टा लामो झडप भयो । भारतीय एसएसबीले नेपाली माथी १२ राउन्ड फायर गरेको थियो ।
भारतीय पक्षबाट फायर हुँदा सम्म नेपाली प्रसाशन मौन बसेको भन्दै नेपाली ससस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीलाई आक्रोशित स्थानीयले आक्रमण गरि घाइते बनाएका छन ।
आनन्द बजार नजिक कल्भर्ट निर्माण सुरु गरेपछि अवरोध पुर्याएको भारतले १५,२० दिन अघि नै सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुंवर सग भएको वार्ता उल्लंघन गर्दै पटकपटक सम्झौता विपरीत अवरोध गरिरहे पछि आज भारतीय एसएसबी सहित भारतीय स्थानीयहरुले स्याम गुरुङको घर भत्काएका छन भने कैयौं मोटरसाइकल, भौतिक संरचना, भत्काएका छन ।
हेर्नुहाेस् भिडियाे ।
हेर्नुहाेस् भिडियाे ।
२०७३ फागुन २६ मा प्रकाशित ।

सप्तरीको राजविराजमा सोमबार भएको गोली काण्डको भिडियो सार्बजनिक भएको छ । ४ जनाको ज्यान जाने गरी भएको उक्त गोलीकाण्डको भिडियो बाहिएपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एमालेको मेची-महाकाली अभियानका क्रममा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागी ४ जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका छन् ।
हेर्नुहोस गोली काण्डको भिडियो



