चर्चित हास्य कलाकार दीपकराज गिरीले बाढी पीडितका लागि गरे सहयोगको घोषणा


काठमाडौं ।

लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण देशभर हजारौं नागरिक प्रभावित भएका छन् । उद्धार र राहत वितरण कार्यमा आफु प्रयत्नरत रहेको सरकारले जनाएको छ ।

त्यतिमात्र नभएर निजी क्षेत्र र व्यक्तिगत रुममा पनि बाढी-पीडितहरुका लागि सहयोग जुटाउन सुरु गरेका छन् । त्यसै क्रममा चर्चित हाँस्य कलाकार दीपकराज गिरीले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

उनले फेसबुकमार्फत सहयोगको घोषणा गरेका हुन् । ‘यो पीडालाई आफ्नै पीडा सम्झौँ, व्यक्तिगत रुपमा रु १ लाख सहयोगको घोषणा गर्दछु ।’ उनले लेखेका छन् ।

हेर्नुहोस् गिरीको स्टाटस








२०७४ साउन २९ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...