मुक्तिनाथबाट तीर्थयात्री बोकेर फर्कदै गरेको बस कागबेनीमा दुर्घटना, ३ को मृत्यु

  • जोमसोम । 
मुस्ताङको कागबेनीमा तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालकसहित ३ जनाको मृत्यु भएको छ, भने अरु १९ जना घाइते भएका छन् । 

दुर्घटनामा परी मोरङको विराटनगर ८ का गणेश सुवेदी, काठमाडौंको कीर्तिपुर नगरपालिका १२ की शर्मिला दुलाल र बस चालक बाग्लुङका खिमबहादुर बुढाको मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । 

ग १ ख ५५२९ नम्बरको बस मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किँदै गर्दा बाह्रगाउँमुक्ति क्षेत्र वडानम्बर ४ कागबेनीमा मंगलबार साँझ पाँच बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको जोमसोम अस्पतालमा उपचार भइरहेको छ । बस के कति कारणले दुर्घटना भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ ।

२०७४ असोज १७ गते प्रकाशित 

, ,

प्रतिकृया दिनुहोस्

Loading...