
- सर्लाही।
सर्लाही आउँदा बाटोमा फुलमाला लिएर स्वागत गर्न उभिने जनताले आइतबार संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउँदा ठाउँ–ठाउँमा कालो झण्डा तथा टायर बालेर बिरोध गरेका छन् ।
संबिधान संसोधनले मात्र नपुग्ने संबिधानै पुनरलेखन गर्नुपर्छ भन्दै आन्दोलन उद्घोष गरेको र आन्दोलनको क्रममा मधेशीहरू शहिद भएको, मधेशीहरू घाईते भएको, आन्दोलनकारीहरू माथि सरकारद्वारा झुटा मुद्दा लगाईएको तर मधेश आन्दोलनको माग पुरा नहुँदै स्थानिय निकायको चुनावमा सहभागी भएको भन्दै जनताले उपेन्द्र यादवको विरोध गरेका हुन् ।
सर्लाहीको दक्षिण क्षेत्र विष्णु गाउँ पालिकाको मधुवन गोठमा चुनावी सभा गर्न यादव आउन लागेको जानकारी स्थानियवासीहरुलाई भएपछि जिल्लाको विभिन्न सडक तथा ठाउँहरुमा टायर बालेर बाटो अवरुद्ध गरेका थिए।
मधुवन गोटको खडक खण्डमा जनताले गाडी तेर्साएर, काठ, दाउरा, टायर बालेर तथा विभिन्न समानहरु राखेर बाटो अवरुद्ध गरेपछि यादव निर्धारित समय भन्दा धेरै पछि प्रहरी स्कटीङमा कार्यक्रममा पुगेको थिए।
गोडैता नगरपालिकाको सिसौटियामा यादवको गाडी पुगेपछि स्थनियहरुले बाटोमा राखेको कालो झण्डा फोरम कार्यकर्ताले हटाउन खोजेपछि स्थानिय महिलाहरुले अध्यक्ष यादव लगायत फोरम कार्यकर्ता चडेको गाडीमा लगाएको झण्डाहरु खोसेको थिए ।

प्रहरी स्कटिङमा यादव सभा स्थल पुगेपछि स्थानियहरुले कालो झण्डा लिएर सभामा प्रवेश गर्दा दोहरो झडप भएको थियो । सभा स्थलमा केही बेर दोहोरो ढुङ्गा हाना हान समेत भएको थियो ।
प्रदर्शनकारीहरूले माईक लगाएर अध्यक्ष यादवको बिरोध गर्नुका साथै यादवको कार्यक्रममा लगाएको माईकको तार काटिदिएपछि कार्यक्रम केही बेर अवरोध भएको थियो ।
झडप भएलगतै प्रहरीले बिरोध गरिरहेका प्रदर्शनकारीहरू माथि लाठी चार्ज गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका सुरक्षाकर्मीको कारण कुनै ठूलो घटना हुन पाएन ।
कार्यक्रम सकेर मलंगवा तर्फ जादै गरेको यादवलाई कौडेनामा स्थानियहरु बिरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दा आक्रोसित स्थानियहरुले फोरम कार्यकर्ता चढेको गाडीहरुमा तोडफोड समेत गरेका छन् ।
आक्रमणबाट गाडीको सिशाहरु फुटेका छन्। कौडेनामा प्रदर्शनकारीहरूले उपेन्द्र यादवको पुतला दहन गर्नुको साथै गाडीमा लगाएको फोरमको झण्डा खोसेर जलाएका छन्।
प्रहरीको लाठी चार्ज तथा झडपमा परेर करिब एक दर्जन व्यक्ति घाईते भएका छन् । उपेन्द्र यादवलाई कार्यक्रम स्थल र कार्यक्रम स्थलबाट मलंगवा सम्म लान हम्मे हम्मे परेको थियो।
२०७४ जेठ २८ गते प्रकाशित

- काठमाडौँ ।
नेकपा एमाले चितवनले बिहीबार आयोजना गरेको चितवन बन्द फिर्ता लिएको छ । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरु गर्न माग गर्दै एमालेले बिहीबार चितवन बन्दको आयोजना गरेको थियो ।
एमालेका माथिदेखि वडास्तरका नेता कार्यकर्ताले बन्दको बिरोध गरेपछि पार्टीको हाइ कमाण्डकै निर्देशनमा बिहीबारको चितवन बन्द फिर्ता भएको स्रोतको दाबी छ ।
एमाले नेतृ रामकुमारी झाँक्रीले समेत फेसबुकमा स्टाटस लेखेर बन्दको बिरोध गरेकी थिईन् भने एमाले सचिब शंकर पोख्रेलले उक्त बन्द फिर्ता भएको पुष्टी गरेका छन् । पोखरेलले फेसबुकमा स्टाटस लेख्दै बन्द फिर्ता भएको जानकारी दिएका हुन्।
यस्तै बन्द फिर्ता भएपछि नागरीक समाज, उद्योगबाणिज्य महासंघ लगायतले चितवन बन्द फिर्ता लिनु एमालेको सह्रानीय कदम भएको बताएका छन् । मतगणना सुरु गर्न निर्बाचन आयोगले अधिकृतलाई निर्देशन दिईसकेको छ ।

२०७४ जेठ १७ गते प्रकाशित
