टुक्रा-टुक्रा पारेको अवस्थामा घरभित्रै भेटियो श्रेष्ठको शव
काठमाडौं, २१ भदौ ।
विराटनगरमा मंगलबार विहान एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको छ ।
विराटनगर-१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ वर्षीय युवकको शरीर टुक्रा-टुक्रा पारेर प्याक गरेको अवस्थामा भेटिएको हो ।
मोरङ प्रहरीले मृतकको विषयमा आधिकारिक रुपमा बोल्न मानेको छैन ।
टाउको, खुट्टा र जीऊ अलग पारेर हत्या गरी बोरामा पोको पारेर गाडी मगाएर फाल्न खोज्दा ड्राइभरले शंका गरी प्रहरी बोलाएको स्थानीयले जानकारी दिएका छन् । चालकले प्रहरीलाई बोलाएपछि ति युवकहरु घरबाट भागेका थिए । प्रहरीले घटनाबारे सोधपुछ गर्न सोही घरमा बस्ने दश वर्षीय बालकलाई लगेर गएको छ ।
सिराहा घर बताउने चार जना युवाले छ दिन अघि मात्र त्यो घर भाडामा लिएर बसेका थिए । सिरहाका यादव थरका ४ जना विद्यार्थीहरु उक्त घरको भुइँतल्लाको फ्ल्याट भाडामा लिएर बस्न आएको बुझिएको छ ।
घरधनि श्रेष्ठ केहि दिनयता घरायसी कामले धनकुटा गएको अवस्थामा भाडामा लगाइएको कोठामा हत्या भएको धर धनिकी बहिनी भावना श्रेष्ठले जानकारी दिइन् ।
घटनास्थलमा तास र वियरको बोतल पनि फेला परेको छ । मदिराको नसामा योजनाबद्ध रुपमा हत्या गरेको हुनसक्ने प्रहरीले आशंका छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान जारी राखेको बताउँदै घटनास्थल सञ्चारकर्मीहरुलाई समेत प्रवेशमा रोक लगाएको थियो ।
यही भदौ महिनामा मोरङमा तीन जनाको हत्या भइसकेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...

