विश्वकप फुटबल छनोट : ईटाली र स्पेन विजयी

काठमाडौं, २१ भदौ ।

विश्वकप फुटबल छनोट चरणअन्तर्गत सोमबार राति भएका खेलमा ईटाली र स्पेन विजयी भएका छन् । समुह जी को खेलमा ईटालीले इजरेललाई ३–१ ले हरायो ।

खेलमा ईटालीलाई विजयी गराउन ग्रेजियानो पेला, एन्टोनियो कान्द्रेभा र सिरो ईमोबाईलले एक–एक गोल गरे । यही समुहको अर्को छनोट खेलमा स्पेनले लिचेस्टेनलाई ८-० ले हरायो ।

खेलमा स्पेनलाई विजयी गराउन डिएगो कोष्टा, डेभिड सिल्भा र अल्भारो मोराटाले दुई/दुई गोल गर्दा सर्जी रोबेर्टो र भिटोलोले एक–एक गोल थपे । 

जितसँगै स्पेनले विश्वकप छनोटको समुह जी मा सुरुवाती अग्रता लिएको छ । विश्वकप फुटबल छनोटअन्तर्गत समुह डी को खेलमा वेल्सले माल्दोभालाई ४–० ले हराउँदा अष्ट्रियाले जर्जियालाई २-१ ले हरायो ।

यसैगरी सर्विया र आयरल्याण्डले २-२ गोलको बराबरी खेलेका छन् । विश्वकप छनोटअन्तर्गत युरोपेली समुह आई का सबै तीन खेल बराबरीमा सकिएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...