आज पनि लुम्बिनीका ६ जिल्ला ठप्प, जनजीवन कष्टकर 


  • काठमाडौं, २० मंसिर ।

सरकारले दर्ता गरेको संविधान संशोधनको विधेयकको विरोध गर्दै लुम्बिनीमा सुरु भएको अन्दोलन सोमबार पनि जारी छ ।

सोमबार पनि लुम्बिनी अञ्चलका ६ जिल्लामा गाडी चलेका छैनन् । लुम्बिनीका नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीमा गाडी चल्न सकेका छैनन् ।

यी जिल्लामा आइतबार राति गाडी चलेपनि सोमबार बिहानैदेखि गाडी नचलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरकारले गएको मंगलबार संविधान संशोधनको विधेयक संसदमा दर्ता गरेपछि सुरु भएको विरोध प्रदर्शनका कारण यि जिल्लाको जनजीवन प्रभावित भएको हो ।

विरोध प्रदर्शनका कारण उद्योग, बजार तथा कलकारखाना र सवारी साधन ६ दिनदेखि ठप्प छन् । गुल्मीका आन्दोलनकारीले बिहानैदेखि जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालमा धर्ना दिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...