चासोक तङ्नामको तयारी अन्तिम चरणमा

  • आलोक माबोहाङ् लिम्बू
  • ताप्लेजुङ, २० मंसीर ।
ताप्लेजुङको फुङलिङ बजारमा किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ शाखा र कंचनजंगा फुङ्लिङ क्लबको संयुक्त आयोजनामा लिम्बू समुदायको पर्व चासोक तङनाम कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा हुने चासोक तङनामे मंसीर २२ देखि २८ गतेसम्म मनाइने पर्वमा लिम्बू धान नाच (याःलाङ), च्याब्रुङ नाच (केलाङ), हाक्पारे, पङ्लुङ, धनुषकाँण हान्ने विविध खेलको आयोजना गरिने छ ।

चासोक तङनामको अबसरमा लिम्बू पहिरनको प्रदर्शनी र लिम्बू कलाकारहरूको सांगीतिक प्रस्तुति रहने, सिरिजंगा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगिता पनि हुने किरात याक्थुङ चुम्लुङ अध्यक्ष भद्र बोखिमले बताए ।

सिरिजंगा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगिता पुरुष तर्फको विजेताले एक लाख ११ हजार १११ र उपविजेताले ५५ हजार पाँच सय ५५ रूपैयाँ पाउनेछन् । त्यस्तै महिलातर्फको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार पुरस्कार पाउने छन् । 

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...