सात वटा छर्रासहित चार थान भरुवा बन्दुक बरामद


  • सीताराम चौधरी
चन्द्रौटा, ११ माघ ।

कपिलवस्तुको शिवपुर इलाका वन कार्यालय कपिलवस्तुले सोमबार सात ओटा छर्रासहित चार थान भरुवा बन्दुक बरामद गरेको छ ।

सहायक वन अधिकृत रघुनाथ दास नेतृत्वको गस्ती टोलीले जिल्लाको शिवराज नगरपालिका २, मैनार खोला नजिकै झाडीमा लुकाई छिपाई राखेको अवस्थाबाट बरामद गरेको हो ।

वन रक्षकको गस्ती टोलीको चाल पाई वन्यजन्तु चोरी सिकारी गर्न गएका समूह हतियार छोडेर भागेपछि बेवारिसे अवस्थाबाट हतियार बरामद गरिएको टोली प्रमुख दासले जानकारी दिए।

बरामद गरिएको हातहतियार चन्द्रौटा सेक्टर वन कार्यालयमा राखिएको बताइएको छ । 

वन गस्ती टोलीमा सहायक वन रक्षक कुलबहादुर विसी, वन रक्षक सुरेन्द्र क्षेत्री, वन हेरालु घनश्याम भुसाल, त्रिवेणी यादव, गंगाराम यादव, प्रभु दयाल भर, सलिम नाउको सहभागिता रहेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...