मलेसियामा अबैध कामदारलाई वैध बन्न थप १ वर्षको समय

  • काठमाडौं, ११ माघ ।

मलेसियन सरकारले गैरकानुनी विदेशी कामदारलाई वैधानिकता दिने गरी चलाएको पुनःदर्ता कार्यक्रम थप १ वर्ष लम्ब्याएको छ । मलेसियामा चलिरहेको ‘रिहाइरिङ प्रोग्राम’ को म्याद १ वर्ष थपिएको हो ।

पुनर्दर्ता कार्यक्रमको जिम्मा पाएको ‘माइइजी सर्भिसेज बर्हाड’ ले कामदार दर्ता र व्यवस्थापनका लागि यो वर्षको अन्त्यसम्मका लागि अनुमति पाएको जानकारी गराएको द स्टार अनलाइनले खबर लेखेको छ ।

मलेसियाको गृह मन्त्रालयले कम्पनीलाई पत्र लेखेर यस्तो जानकारी गराएको छ । गतवर्षको फेब्रुअरी देखि यो कार्यक्रम सुरु भएको थियो ।


कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका नेपालीसहित लाखौं विदेशी कामदारले वैधानिक बन्ने अवसर पाउनेछन् ।
अवैध रुपमा बसेको ६ महिना भएका कामदारले मात्रै कार्यक्रममा आवेदन दिन सक्नेछन् । यो सुविधा लिन कुनैपनि आपराधिक गतिविधिमा नलागेको वा आपराधिक पृष्ठभूमी नभएको हुनुपर्नेछ ।

वैध हुने चाहने कामदारको राहदानीको म्याद ननाघेको हुनुपर्ने, सोसल भिजिटमा रहेको र ओभरस्टे भएकाको पनि भिसा सकिएको ६ महिना हुनुपर्ने सर्त कायर्क्रममा राखिएका छन् ।

यस्तै कुनैपनि स्वास्थ्य समस्या नभएको र स्वास्थ्य परिक्षण गर्ने संस्थाबाट योग्य ठहरिएको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ । यस्तै संयुक्त राष्ट्र संघमार्फत शरणार्थी परिचयपत्र लिएकाले पनि यो सुविधा पाउने छैनन् ।

सरकारबाट निलम्बनमा परेका रोजगारदाताहरुले कार्यक्रममार्फत कामदारको पूर्न दर्ता गर्न सक्ने छैनन् । गैरकानुनी तबरले मलेसिया छिरेका कामदारले यो सुविधा पाउने छैनन् ।

अनलाइन प्रक्रियाबाट रोजगारदाताले प्रमाणीकरण गर्दा कुनै पनि जरिवाना लाग्नेछैन । तर, सरकारले तोकेअनुसारको लेभी भने बुझाउनुपर्नेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...