यस्तो नम्बरबाट मिसकल आयो ? ख्याल गर्नुस् तपाईंको ब्यालेन्स चट होला !
- काठमाडौं, २५ चैत ।
केही दिन यता टिउनिसियाको नम्बर देखाउने +२१६-९८०९०४२७ जस्ता नम्बरबाट नेपाली मोबाइल प्रयोगकर्तालाई मिसकल आइरहेको छ । कलब्याक गर्दा कतिपयको मोबाइलमा रहेको ब्यालेन्स रकम पनि सकिएको छ ।
‘मलाई पनि आएको थियो म त साथीहरूले होला भनेर कलब्याक गरेको तीस सेकेन्डमा ६१ रूपैयाँ चट भयो-‘ बेसीशहरका किशोरकुमार बस्नेतले भने ।
यो ठगीधन्दा भएको बताइएको छ । टेलिकम प्रदायक संस्थाहरुले सावधानी अपनाउन ग्राहकहरुलार्इ आग्रह गरेका छन्। नेपाल टेलिकमले यस विषयमा अध्ययन भइरहेको बताएको छ ।
यसैगरी, एनसेनले पनि सूचना जारी गरेर कल ब्याक गर्ने सम्बन्धमा सावधानी अपनाउन आग्रह गरेको छ ।
‘अन्तर्राष्ट्रिय नम्बरहरुबाट मिसकल गरी ग्राहकहरुलाई कल ब्याक गर्न उत्प्रेरित गर्ने खालको गतिविधि पाइएको र फ्रड मिसकलमा कल ब्याक गर्दा उच्च शुल्क लाग्ने भएकाले यस्ता नम्बरबाट मिसकल आएमा परिचित नम्बर हो कि होइन यकिन गरी कल ब्याक गर्ने, नगर्ने निर्णय लिन आग्रह गदछौं’- एनसेलले जारी गरेको सूचनामा उल्लेख छ।
प्रतिकृया दिनुहोस्
Loading...