सगरमाथा आरोहणका लागि बाटो खुल्यो

  • सोलुखुम्बु, २५ चैत ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो । 

गत चैत ८ गतेदेखि आधार शिविरबाट क्याम्प–२ सम्म जाने बाटो निर्माणका लागि आठजना आइसफल डाक्टर खटिएका थिए । टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भ¥याङको व्यवस्थापन गरेको छ । 

खराब मौसमका बाबजुद पनि बाटो निर्माण कार्य सम्पन्न गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए । 

एसपिसिसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प–२ सम्म बाटो निर्माण गर्दै आएको छ । बाटो निर्माण गरेसँगै अब सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको राईले बताए । 

बाटो बनाउनेमा आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरी शेर्पा, याङडा शेर्पा, मिङमा तेम्बा शेर्पा, फुछेतार शेर्पा र फुकितार शेर्पा रहेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...