युथ पार्लियामेन्ट नेपालको युवा उत्प्रेरणा अवार्ड संजयलाई

  • काठमाडौं ।
नेपालमा नै पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको युथ पार्लियामेन्ट सम्मेलनमा सगरमाथा ,मनास्लु सहित बिश्वका ११ हिमालहरुको सफल क्रितिमानी आरोहण गर्न सफल संजय पण्डितलाई दिइएकाे छ ।

सोमबार राष्ट्रिय सभा गृहमा भएको कार्यकममा युवा उत्प्रेरणा अवार्ड २०१७ बाट पण्डितलाई सम्मान गरिएको हाे।  नेपालका पूर्व राष्ट्रपति डा.रामबरण यादब ,पररास्ट्र मन्त्रि डा .प्रकाश शरण महत युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याल ,यूरोपेली महासंघ का राजदुत ,पाकिस्तानी राजदुत ,मालधिब्सका राजदुत ,बंगलादेश एबम श्रीलंकन राजदुतहरुले संयुक्त रुपमा ताम्रपत्र एबम फूल माला सहित पण्डितलाई सम्मान गरेका थिए । 

हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउदै लाखौ युबाहरुको लागि सफलताको लागि प्रेणा श्रोत बन्न अहम भूमिका खेलेको हुनाले उनलाई उक्त अवार्ड द्वारा सम्मान गरिएको अायाेजकले जनाएकाे छ । 
पण्डितले अस्ट्रेलिया र अफ्रिकाको सर्बोच्च शिखर उल्टो पैदल हिडेर सफलता पुर्बक आरोहण गर्दै नेपालको पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने कृतिमान कायम गरिसकेका छन ।

प्रतिकृया दिनुहोस्

Loading...