उपत्यका, भरतपुरसहित चारै महानगरमा एमाले अगाडि

  • काठमाडौं ।

भरतपुरसमेत मतगणना सुरु भएका चारै महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। 

पहिलो चरणको निर्वाचनमा परेका चार महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र पोखरामा सुरुदेखि नै एमाले अग्रस्थानमा थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठवन्धनका बाबजुद भरतपुरमा पनि एमालेले अग्रता लिएको हो। 

पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले ४१ मत ल्याएकी छन्। एमालेकी देवी ज्ञवालीले ४९ मत ल्याएर उनलाई उछिनेका छन्। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई जिताउन भरतपुरमा कांग्रेस र माओवादीले गठवन्धन गरेको हो।

 कांग्रेसले आफ्ना उम्मेदवार दिनेश कोइरालाको मनोनयन फिर्ता लिन लगाएर माओवादीकी दाहाललाई सहयोग गर्ने निर्णय गरेको थियो। उनको प्रचारको निम्ति आयोजित चुनावी सभामा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले दुवैले भाषण गरेका थिए। 

यता काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले आफ्ना प्रतिद्वन्द्वीहरूलाई उछिनिरहेका छन्। शाक्यले अहिलेसम्म ४८ मत पाएका छन् भने यहाँ कांग्रेसका उम्मेदवार विवेकशील र साझा पार्टीका भन्ला पछाडि छन्। त्यस्तै, ललितपुरमा एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसी अगाडि छन्।

प्रतिकृया दिनुहोस्

Loading...