गृहमन्त्री शर्माको अर्को एक्सन - चितवन पुगेर यी प्रहरीलाई दिए यस्तो कडा चेतावनी !


काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनभित्र गुटबन्दी गर्ने प्रहरीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

बुधवार चितवनको भरतपुरमा १७३ औं समूहको प्रहरी सहायक निरीक्षक (असई)को पास आउट समरोहलाई सम्वोधन गर्दै गृहमन्त्री शर्माले सिपाही वा प्रहरी महानिरीक्षक सबै राष्ट्रप्रति इमान्दार हुनुपर्ने भन्दै संगठनभित्र विभाजन र गुटबन्दी राज्यलाई स्वीकार्य नहुने बताए ।

‘गुटबन्दी गरे कारवाही हुन्छ’ उनले भने, ‘सिपाहीले पनि ईमान्दार भएर राष्ट्रलाई योगदान दिन सक्छ ।’उनले जनताको टिप्पणी नहुने प्रहरी संगठन निर्माणका लागी आफूले प्रयत्न गर्ने बताए । गृहमन्त्री शर्माले भने, ‘संघीय स्वरुप अनुरुप संगठनको पुनर्संरचना गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइनेछ ।’

प्रहरीको बर्दी राज्यको गौरव भएको उल्लेख गर्दै गृहमन्त्रीले बर्दीभित्र जनताको ठूलो आकांक्षा र मनोभावना रहेको बताए ।

बुधबार पास आउट भएका १५० जना प्रहरी सहायक निरीक्षकहरुलाई कानुनको रक्षाका लागि बर्दीको सदुपयोग गर्न आग्रह गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...