क्रान्तिकारीका केन्द्रीय सदस्य मीन चलाउनेमाथि कारवाही, संगठनबाट निष्कासित


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का एक केन्द्रीय सदस्यलाई संगठनले कारवाही गरी निष्कासित गरेको छ । 

सङ्गठनमा रहेर सङ्गठनको नियम विपरीत आर्थिक तथा सास्कृतिक बिचलन जस्ता कार्यमा संग्लन रहेको भन्दै सङ्गठनले मिन बहादुर चलाउनेलाई बुधबार निष्कासित गरेको सङ्गठनले जनाएको छ। 

'संगठनलाई बदनाम गराउने उदेश्यले बिभिन्न अनैतिक गतिविधिमा संग्लन रहेकोले पटकपटक सच्चिन मौका दिदा पनि व्यवहारमा कुनै परिवर्तन नभएपछि उहाँलाई हामीले निष्कासित गरेका हौ ।' क्रान्तिकारीका एक नेताले इमान्दार मिडियासँग भने । 

सङ्गठनको नियमविपरीत नेताहरुको नाम बेचेर बिभिन्न बहानामा चन्दाधन्दा चलाउने गरेको, सास्कृतिक विचलन देखिएको र सांगठनिक काम कारवाहीभन्दा बाहिर गएर अरु विद्यार्थी सङ्गठनसँग साँठगाठ गरेको भन्दै चलाउनेलाई निष्कासित गरिएको सङ्गठनले जनाएको छ । 

चलाउने केहि समयअघि मात्र क्रान्तिकारीका केन्द्रीय सदस्य बनेका थिए ।

२०७४ असार ७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...