नेपाली कांग्रेसभित्र बबण्डर, यस्ता कारण देखाउँदै उपसभापतिले दिए राजीनामा

  • अछाम ।
नेपाली कांग्रेस अछाममा जिल्ला समन्वय समितिको उम्मेदवार चयनका बिषयमा सहमति जुट्न नसक्दा चरम विवाद उत्पन्न भएको छ ।

दुई दिन सम्म बसेको संयन्त्रको बैठकले उम्मेदवार छनौटमा सहमति हुन नसकेपछि सबै उम्मेदवारको नाम केन्द्र पठाईएको कांग्रेस अछामले जानकारी दिएको छ । समन्वय समितिको संयोजकमा ३ सहित सदस्य पदका आकांक्षी गरी २२ को नाम सोमबार नै पार्टीले केन्द्र पठाएको छ ।

यसैबीच असार १४ गतेको स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेको नामसमेत केन्द्रमा पठाईएको भन्दै कांंग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाले पदबाट राजीनामा दिएका छन् । 

मंगलसेन नगरपालिकाको मेयर पदका उम्मेदवार ढुंगानाले मेयर पदका अर्का आकांक्षी टोपबहादुर रावलले आफूलाई पराजित गर्न लागेको प्रमाणसहित पार्टीमा लिखित प्रतिवेदन बुझाए पनि पार्टीले रावलको नाम पनि समन्वय समितिको संयोजकका लागि केन्द्र पठाएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

अन्तरघातीलाई कारबाही गर्नुको सट्टा उल्टै पार्टीले समन्वय समितिको संयोजकका लागि नाम सिफारिस गरेर केन्द्र पठाएको भन्दै उपसभापति ढुंगानाले असन्तुष्टि व्यक्त गरेका छन्।

,

प्रतिकृया दिनुहोस्

Loading...