कालिकोटमा भिरबाट खसेको ढु‌ंगाले घर थिच्दा एकै परिवारका ३ बालबालिका पुरिए

  • कालिकोट।
कालिकोटमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । गएराति काटिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ मा पर्ने उदय सार्कीको घर पहिरोमा आएको ठूलो ढुंगाले किच्दा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

कालिकोट प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा उदय सार्कीकी १३ वर्षीया छोरी ललिता सार्की, ५ वर्षीया कल्पना सार्की र ९ वर्षीय छोरा लङ्क सार्की रहेका छन् भत्किएको घरले पुरिएको अवस्थामा उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ।

५० वर्षीय उदय सार्की र उनकी पत्नी ४५ वर्षीया बेलु सार्की घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...