काठमाडौँमा प्रहरी आतंक, कम्युनिष्ट पार्टी कार्यकर्ताका बासस्थानमा दिनदिनै छापा

  • काठमाडौँ ।
काठमाडौँमा यतिबेला कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीको आतंकले हैरान पारेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचन अगाडिदेखि नै प्रहरीले उनीहरुलाई आतंकित पार्दै आइरहेको छ। 

यो क्रम दोस्रो तहको निर्वाचन सकिसक्दा पनि उस्तै छ । कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरु खोज्दै प्रहरीले कहिले दिउसै त कहिले राती कार्ताकर्ता र समर्थकहरुको डेरामा छापा मारेर आतंकित नै पार्न थालेको एक कार्यकर्ताले इमान्दार मिडियालाई टेलिफोन गरी बताएका छन् ।

उनका अनुसार शनिबार राती ९ बजे पनि प्रहरीले यस्तै आतंक मच्चाएको छ । काठमाडौँको लाजिम्पाटस्थित सामाना सास्कृतिक परिवार बस्दै आएको घरमा दोस्रोपटक छापा मारेर तिमीहरुका नेता खोइ भन्दै सुतिरहेका कलाकारहरुलाई मानसिक यातना दिने काम गरेको उनले बताए ।

कम्युनिष्ट पार्टीका एक कार्यकर्ताले इमान्दार मिडियासँग भने-'तिमीहरुका केन्द्रीय नेता खै ? कहाँ बस्छन ? कहिले आउछन?  कहिले जान्छन ? के गर्छन ? भन्दै हाम्रा कोठा कोठा सर्च गरे । यसरी हामीलाई आतंकित पार्न प्रहरीहरु ४/५ जना सिभिल र ४/५ जना ड्रेसमा आएका थिए ।'

नागरिकले खान, बस्न र सुत्न पाउने मानव अधिकारको समेत धज्जी उडाउने गरी प्रहरीले दिनरात कुनै पार्टीका कार्यकर्ता वा समर्थक सुभ चिन्तकका कोठा कोठामा छापा मार्नुले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको छ। 

यता प्रहरीले भने विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले चुनाव बिरोधी गतिविधि गर्दै आएकोले निर्वाचनको बेला भएका कतिपय घटनामा संलग्नताको अनुसन्धान गर्न आफुले कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई निगरानीमा राखेको बताएको छ।

यस अघि पनि प्रहरीले यसरी नै मध्यरातमा लाजिम्पाट स्थित सामाना सास्कृतिक परिवारको डेरामा छापा मारेर ८ जना कलाकारहरुलाई सुतिरहेकै अबस्थामा गिरप्तार गरेको थियो ।

फाइल तस्बिर गूगलबाट

२०७४ असार २४ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...