एकाबिहानै यस्तो आयो बिराटनगर महानगरको ताजा अपडेट

  • बिराटनगर । 
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसै क्रममा बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस बिजयी भएको छ । 

महानगरको मेयरमा कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार इन्दिरा कार्की विजयी भएकी छन्। 

शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस विजयी भएको घोषणा गरिएको छ।

मेयरमा विजयी पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७३२१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आएका छन् ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले मत पाइन् ।

महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जनले जितिसकेका छन् । 

काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ । चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा बिजय प्राप्त गरेका छन्। 

२०७४ असार २५ गते प्रकाशित 

, ,

प्रतिकृया दिनुहोस्

Loading...