गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीले एक्कासी गरेको कारवाही क्रममा ४०० जना पक्राउ

  • एजेन्सी ।
मलेसियाका सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा चार सय भन्दा बढी मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् । मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले त्यस विरुद्ध अभियान चलाएको हो । 

राजधानी क्वालालम्पुरमा भएको अभियानको क्रममा पक्राउ परेका मानिसमा धेरैजसो बंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सुरक्षाकर्मीले नम्कली पासपोर्ट बनाउने मेसिन, आप्रवासन सम्बन्धी फर्जी कागजातसहितका सामान पनि बरामद गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा यहि अगस्ट १९ देखि दक्षिण पूर्वी एसियन गेम्स हुँदैछ । यसले गर्दा शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार गरिएको अभियानको क्रममा पक्राउ परेकालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

२०७४ साउन २४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...