एकपछि अर्को जनविरोधी निर्णय गर्दै मेयर विद्या सुन्दर, किने १ करोड २० लाखको गाडी !

  • काठमाडौँ ।
मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका मेयर विद्या सुन्दर शाक्यले १ करोड २० लाखको गाडी किनेका छन् । मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर ’ गाडी काठमाडौंमा आइपुगेको छ । उक्त गाडी अहिले अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । प्राप्त जानकारी अनुसार नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्नेछन् । 

मेयर शाक्यलाई अहिले पनि महानगरले महंगै गाडी उपलब्ध गराएको छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरको छ । नगरपालिकामा कन्डिसनका गाडी भएपनि उनले नयाँ गाडी मात्र चढ्ने भन्दै नयाँ गाडी मगाएका हुन् । 

'पूरानो नगरपालिकाको गाडी कन्डिसनमै छ । तर मलाइ नयाँ गाडी नै चाहियो भन्दै मेयर शाक्यले जिद्दी गरेपछि नयाँ गाडी ल्याइएको थियो ।' नगरपालिकाका एक प्रतिनिधिले भने, 'विद्यासुन्दर शाक्यले जनताको पैसा उठाएको नगरपालिकाको ढुकुटी नै सिध्याउने भए ।

मोबाइल किनेर विवादमा आएका उनी पुन: विवादमा आएका छन् । उनले गाडी किनेको खबर अहिले सामाजिक संजालमा भाईरल भएको छ भने उनको विलासी स्वभावको पनि चर्चा हुन थालेको छ । उनले जनताकै पैसामा उपमेयरलाई समेत ८० लाखको गाडी किनिदिएका छन् । उनको यो निर्णयको चौतर्फी बिरोध सुरु भएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...