पाथिभरा जाँदै गरेको ट्याक्सी दुर्घटना, २ को मृत्यु, २ गम्भीर

  • ताप्लेजुङ ।
ट्याक्सी दुर्घटनामा परी ताप्लेजुङमा २ जनाको मृत्यु भएको छ । पाथिभरा दर्शनका लागी हिडेका यात्रु बोकेको मे १ ज १३०८ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

 मृत्यु हुनेमा मोरङ उर्लाबारीकी २५ वर्षीय अनिता थापा घिमिरे र उर्लाबारी ४ कै २८ वर्षीय होमु घिमि रहेका छन्।

दुर्घटनामा परी अन्य २ जना गम्भीर छाइते भएका छन् । घाइते हुनेमा उर्लाबारी ४ कै २६ वर्षीय दिलिप घिमिरे र इलामका २३ वर्षीय चालक अमित श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको जानकारीअनुसार उर्लाबारी ८ का २३ वर्षीय अनिलजंग थापा सामान्य घाइते भएका छन् ।घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

भालुगौडे भन्ने स्थानमा यात्रु ओराल्न पछाडी सार्ने क्रममा चिप्लिएर सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको उक्त ट्याक्सीमा ६ जना सवार थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...