हाम्रो एकता प्रचण्डसंग हैन विप्लवसंग हुन्छ : मोहन बैद्य (भिडियोसहित)

  • राज कुमार घिमिरे, पोखरा ।
माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको चर्चाले देशको राजनीति तताईरहेका बेला अर्को बाम एकताको चर्चा सुरु भएको छ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसंग एकता गर्ने उद्घोष गरेका छन् ।

क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै आइतबार पोखरामा वैद्यले यस्तो उद्घोष गरेका हुन् ।
उनले दश वर्षे जनयुद्धको उपलब्धिको रक्षा र नेपालको जनवादी आन्दोलनलाई अगाडी बढाउन क्रान्तिकारी शक्तिहरुबीच एकता जरुरी भएको बताएका थिए ।

त्यस्तै बैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको एकीकरणलाई नवसंसोधनवादीहरुको गठजोडको संज्ञा दिएका छन् । उनले प्रचण्ड दक्षिणपन्थी अवसरवादको उल्टो दिशातिर लागेको भन्दै माओवादी केन्द्र एमालेमा बिलय भएर विघठित हुने दिशातिर लागेको बताएका छन् ।

सम्मेलन उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीलगायतले आफ्नो मन्तब्य राखेका थिए ।

असोज २५ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनमा देश, विदेशबाट करीब ४ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनले आगामी कार्यकालको लागी राजनीतिक कार्यदिशा र नयाँ संगठनको निर्माण गर्ने छ ।

भिडियो श्रोत : जनसञ्चार

, ,

प्रतिकृया दिनुहोस्

Loading...