नेपाल महिला सङ्घकाे अध्यक्षमा उमा रेग्मी विजयी
काठमाडौँ १ असोज ।
नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्षमा विजयी भएका छन् । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार)१२ः१५ मा सकिएको थियो ।
रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि अध्यक्षमा विजयी भएकी थिइन् । रेग्मी आफ्ना निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी भएकाे हाे ।
रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए । यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी भएकी छिन् । उनीका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गरेकी थियो ।
कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरेकी छिन् ।
दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए ।
कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए ।
निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।
प्रतिकृया दिनुहोस्
Loading...