
- काठमाडौं १६ बैशाख ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच ओली निवास बालकोटमा भएको भेटवार्ता निरासा जनक रहेको छ ।
काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल गायत नेताहरुको सहभागीता रहेको बैठकमा संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल भएको बालकोट स्रोतले जानकारी दिएको छ ।
संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गर्न कांग्रेस नेताहरुले एमालेसँग आग्रह गर्दै आइरहेका बेला एमालेलाई मनाउन ओली निवास पुगेका नेताहरुले खासै उत्साहजनक छलफल गर्न सकेनन् ।
संबिधान संसोधनलगायतका विषयमा लचिलो बनिदिन काँग्रेस नेतृत्वले एमाले अध्यक्ष ओलीसँग आग्रह गरेको भएपनि बार्ता खासै उपलब्धिमुलक नभएको काँग्रेस निकट श्रोतको भनाइ छ ।
संसदमा आइतबार हुने पक्ष विपक्षको मतदानमा प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताइरहेका बेला नेपाली काँग्रेसले एमालेलाई विपक्षमा मतदान नर्गन र निकास निकाल्ने बाटोमा आइदिन भन्दै गरेको आग्रहका विषयमा भने नेताहरुले अहिलेसम्म केही बोलेका छैनन् ।

- काठमाडौं ।
नेपाल सरकारका स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापाले काठमाण्डौंको एक सभालाई सम्बोधन गर्दै एमाले र केपी ओली प्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
आफ्नो भाषणमा अधिंकाश समय एमाले प्रति आक्रोशित गगन थापाले राप्रपा लाई लक्षित गर्दै मन्दिरमा भएका मुर्तिहरु बेच्नेले धर्म खतरामा परेको भन्ने गरेको बताए।
प्रचण्ड सरकारले हाल संसदमा दर्ता गरेको प्रदेशहरुको सिमांकनको नक्शा केपी ओली आफैँले कोरेको भन्दै त्यहि सिमांकन संसोधन संसदमा पेश गर्दा नेपाली कांग्रेस रास्ट्रघाती हुने र एमाले चाहि रास्ट्रबादि हुने भन्दै,ओलीप्रति आक्रोश ब्यक्त गरे।
उनले सिके राउतलाई मधेशका युवाले तह लगाउँने भन्दै सिके राउतको कारण नभई एमालेको कारण रास्ट्रियता धरापमा परेको आरोप लगाए।
गगनले अगाडि भने-‘भारत र चिनलाई गाली गर्न नहुँने भन्दै ,अध्याँरो कोठामा गएर छोराछोरीका निम्ती छात्रवृद्धि माग्ने अनि मन्चमा आएर नेपालको रास्ट्रियता खतरामा छ भन्दै भारतलाई गालि गर्ने एमाले प्रबृति बुझ्न आबश्यक रहेको बताए।
हेर्नुहोस् भिडियो

- काठमाडौं ।
‘हेर्दैै जानुस्, तपाईले सहयोग नगरे पनि दुई तिहाईले यो प्रस्ताव पारित गरेर देखाउँछु,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । बैठकमा स्थानीय तहको संख्या थप्ने विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच चर्काचर्की परेको थियो ।
ओलीले तराईका केही जिल्लामा स्थानीय तह बढाउने निर्णय कुनै हालतमा स्वीकार्य नहुने भन्दै चुनाव नगराउने गम्भिर खेल अनुरुप यस्तो प्रयास भएको बताएपछि प्रधानमन्त्रीले यो निर्णयबाट आफू ब्याक नहुने र निर्वाचनमा सबैलाई सहभागी गराएरै छाड्ने उद्घोष गरेका थिए ।
सरकारले निर्वाचनमा मधेसवादी दललाई सहभागी गराउन तराईका केही जिल्लामा स्थानीय तहको संख्या थप्ने निर्णय गरेपछि एमाले विरोधमा उत्रिएको हो । र, संसद बैठकमा अवरोध गरिरहेका छ । यसै बिषयमा सहमति खोज्न संसद भवनमा बैठक बसेको थियो । तर, बैठकमा प्रचण्ड र ओलीबीच चर्काचर्की नै पर्यो ।

बर्दिवास, ८ वैशाख ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा संयुक्त, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा नौ दलको संयुक्त प्यानल हुने लिखित प्रतिबद्धता जनाएका हुन् ।
‘स्थानीय तहको निर्वाचन भएमा हाम्रो संयुक्त प्यानल हुनेछ’, नौ दलीय गठबन्धनले प्रसारित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । मधेस केन्द्रित दलले चुनाव बिथोल्ने रणनीति अख्तियार गरिरहेकै बेला बर्दिवासमा भने मधेस केन्द्रित दलसहितको चुनावी मोर्चा बन्नुलाई राजनीतिक क्षेत्रमा राम्रो कामको सुरुवात भएको प्रतिक्रिया आएको छ ।
पछिल्लो पटक निर्वाचन केन्द्रित नौ दलको गठबन्धन बनेपछि बर्दिवासमा यससम्बन्धी चासो निकै बढेको छ । नौ दलबीच बनेको गठबन्धनमा भर्खरै पार्टी एकीकरण गरेका छ मधेस केन्द्रित दलमध्ये चार दलका स्थानीय नेताको सहभागिताले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सहयोग पुग्ने नेपाली काँग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालको धारणा छ ।
त्यसैगरी नेकपा (एमाले)का बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुङ्गाना र नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज राजु खड्काले पनि निर्वाचन केन्द्रित नौ दलीय गठबन्धनले विकास कार्यमा दलबीच सहकार्यका लागि सहज वातावरण बनाउने प्रतिक्रिया दिए ।
।

- काठमाडौं, ८ बैशाख ।
वरियतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ। यो खबर आजको नागरिक दैनिकमा अर्जुन सुवीदीले लेखेका छन्।
मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयता निहुँमा मन्त्रिपरिषद बैठक वहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधान एवं संघीय मामला तथा स्थानीय विकास मन्त्री बनाएर सरकारमा भित्र्याएपछि वरीयता विवाद उत्पन्न भएको हो ।
यो विवादका कारण मुलुक नै बन्धक भएको छ । वरीयता विवादले गर्दा चैत ३ देखि २८ सम्म मन्त्रिपरिषद बैठक अवरुद्ध भयो भने त्यसयताका बैठक पनि निधिले निरन्तर रुपमा वहिष्कार गर्दै आएका छन् ।
राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल दुई मन्त्रीबीच वरीयता विवादले प्रधानमन्त्रीय पद्धतिकै धज्जी उडेको बताउँछन्। वरियता विवादले भाँडभैलो हुनुको कारण प्रधानमन्त्री पुष्पकमल दाहालको निरीहता भएको उनले बताए ।

- इमान्दार मिडिया संवाददाता ।
माओवादी केन्द्रको चुनावी अभियान र झापामा वाइसीएलको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
'६४ को चुनावमा जित्दा हौसिएको माओवादी ०७० को चुनावमा हारेपछि मुर्छा पर्यो ।' उनले भने – ‘६ महिना त होस् आउनै लाग्यो, त्यसबेला जनताले हामीलाई नाकको डाँडीमै हाने ।'
मन्त्री कार्कीले काँग्रेस र एमालेलाई यसरी समेत गर्नुसम्म व्यंग्य गरे । ‘प्रचण्ड झापा आउँदा सूर्य देखिएन, अबको चुनावमा पनि सूर्यलाई अलप गराइदिनुस्, सूर्य अलप भएपछि रुख त देखिँदै देखिँदैन ।’- उनले भने
यसैगरी, कार्यक्रममा माओवादीका नेता वर्षमान पुनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारका कारण देशको आर्थिक बृद्धिदर बढेको दाबी गरे ।
माओवादी नेता गोपाल किरातीले एमालेले चुनाब असोजमा सार्न प्रस्ताब गरेको दाबी गरे । बाहिर बाहिर चुनाब नसार्न दबाब दिने र भित्र भित्र चुनाब सार्न एमालेले प्रयास गरिरहेको उनको जिकिर छ ।
उपेन्द्र यादवलाई ‘गौर काण्डका नाइके’को संज्ञा दिँदै उनले यादब चुनाब बिथोल्न लागिपरेको बताए ।
२०७४ बैशाख ७ गते प्रकाशित ।
सिन्धुपाल्चोक ।
नेपाल कम्युनिष्ट पार्टीले सिन्धुपाल्चोकको ३ नगरपालिका र ९ गाउँपालिका सहित १२ स्थानिय तहमा एकैसाथ तालबन्दी गरेको छ । स्थानीय तहको निर्वाचन खारेजको मागसहित बुधबार राति ताला लगाएको हो ।
चुनाव खारेजी अभियानको क्रममा पार्टीले तालाबन्दी गरेको नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संसदीय व्यवस्थलाई पुनःस्थापना गर्न स्थानीय चुनाव गर्न लागेकाले निर्वाचन खारेज गर्ने मागसहित तालाबन्दी गरेको जिल्ला इन्चार्ज हिमाल र सेक्रेटरी किरणले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा चुनाव खारेज अभियानलाई तीब्र पारेको छ । चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको कार्यालयमा लगाईएको ताला प्रहरीले तोडेको छ ।

- काठमाडौँ, ७ वैशाख ।
प्रधानमन्त्री र गृहमन्त्रीले निर्वाचनका बारेमा कुनै आशङ्का नगर्न र निर्वाचन नभए मुलुक ठूलो दुर्घटना बताइरहेको भन्दै नेपालले निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइसकेको बताएका छन् ।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पिपिएलए) ले आयोजना गरेको स्थानीय तहको संरचना र निर्वाचन सम्बन्धमा छलफल कार्यक्रममा बोल्दै नेपालले निर्वाचन हुनेमा आफु आशावादी भएको बताएका हुन् ।
बैठकमा मधेसी मोर्चा निर्वाचनमा सहभागिता जनाउँछन् भने बजेटपछि पनि निर्वाचन गर्न सकिने कुरा चलेको बताउँदै उहाँले भन्नुभयो, “वैशाख ३१ गते नै निर्वाचन हुन्छ । प्रदेश १ र २ मा पछि गरौँला भन्ने कुरा बेग्लै हो ।”
उनले नेत्रविक्रम चन्दको कम्युनिष्ट पार्टी र मधेसी मोर्चाबाट निर्वाचनमा धम्की आउनसक्ने भन्दै त्यस चुनौतीलाई सामना गर्न सुरक्षाकर्मी तयार रहेको धारणा राखेका छन् ।

- काठमाडौं, ७ वैशाख ।
मधेसी मोर्चामा आवद्ध पाँच राजनीतिक दलहरूबीच एकीकरण हुँदै छन् ।
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबीच एकीकरण हुन लागेको हो ।
मोर्चामा आबद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले भने एकताका लागि चासो देखाएनन् ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले मोर्चामा आबद्ध पाँच राजनीतिक दलहरूबीच आजै एकीकरणको तयारी भइरहेको बताए । ‘प्राविधिक तयारी गरिरहेका छौँ’, उनले भने, ‘केही कुरामा अझै सम्वाद आवश्यक रहेकाले कुरा मिलाएर आजै एकता हुन्छ ।’
स्रोतका अनुसार आजै दिउँसो एक बजे कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा एकीकरणको घोषणा हुनेछ ।
पार्टी एकीकरणपछि पाँच मधेसी दलहरू मिलेर ‘राष्ट्रिय जनता पार्टी’ हुनेछ । एकीकृत नयाँ पार्टीको नाममा ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिन्ह र झन्डा ‘छाता’ रहनेछ ।
महाधिवेशन नहुँदासम्म पार्टी अध्यक्ष मण्डलबाट सञ्चालन हुनेछ । छ वटा पार्टीका अध्यक्षहरूको एउटा अध्यक्षमण्डल रहनेछ ।

- काठमाडौं, ७ वैशाख ।
सरकारले बैशाख ३१ गते घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा नेपाली सेनाको परिचालन गरिने पोल खुलेको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने बारे पोल खोलेका छन्।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुनले भने, ‘स्थानीय तहको निर्वाचनमा नेपाली सेना तेस्रो घेरामा रहेर सुरक्षा दिने बताएका हुन् ।
पहिलो घेरामा नेपाल प्रहरी हुन्छ । दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छ । चुनावमा सेनाको अवश्यक्ता छ ।’ उनले सेनालाई निर्वाचनमा सिधै प्रयोगको नहुने बताए पनि घुमाउरो भाषामा सेना परिचालन भएरै छाड्ने बताए ।
स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालनलाई लिएर मधेस केन्द्रित दलहरूले विरोध गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल निकट नेता पुनले सेना परिचालनको विषयलाई उठाएका हुन् ।

- नगरकोट, २ वैशाख ।
भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली काँग्रेसका नेताले उम्मेदवारी दर्ता गराएका छन्।
साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पर्छ । उपप्रमुखमा भने छ जनाले पार्टीमा नाम दर्ता गराए ।
संविधानसभा सदस्यका उम्मेदवार कृष्णलाल भँडेल, महासमिति सदस्य तथा पूर्व जिल्ला सचिव जगन्नाथ कार्की र क्षेत्र नं १ का सभापति जीवन खत्री, जिल्ला सदस्य किरण न्यौपाने, क्षेत्रीय सचिव उद्धव खड्का, महाधिवेशन प्रतिनिधि राजाराम खड्का र सुरेश श्रेष्ठ, क्षेत्रीय सदस्य टङ्कबहादुर कार्की, क्षेत्रीय प्रतिनिधि मनोजकुमार थापा, चाँगुनारायण नगरपालिकाका संयोजक यादव अधिकारी तथा सहसंयोजक शिवहरि केसी र अन्यमा पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम र सम्पूर्ण रोक्का पनि आकाङ्क्षी देखिएका हुन् ।
उपप्रमुखका आकाङ्क्षीमा महासमिति सदस्य सुभद्रा काफ्ले, महाधिवेशन सदस्य रुपादेवी थापा, नेपाल महिला सङ्घ जिल्ला सभापति सरु बानियाँ, क्षेत्रीय प्रतिनिधि सङ्गीता फुयाँल, पूर्व जिल्ला सदस्य सावित्री लामिछाने र राधा कार्की रहेका छन् ।
भक्तपुर काँग्रेसले यही वैशाख ७ गतेभित्र आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनकोलागि सम्पूर्ण उम्मेदवारको टुङ्गो लाग्ने जनाएको छ ।
नौ वटा वडा रहेको चाँगुनारायण नगरपालिकामा काँग्रेसका तर्फबाट वडा अध्यक्षका लागि आकाङ्क्षी उम्मेदवार तीनदेखि नौ जनासम्म रहेको क्षेत्र नं १ का सभापति खत्रीले बताए । भक्तपुरमा महिलाले प्रमुख र पुरुषले उपप्रमुखमा उम्मेदवारी दर्ता गरे ।

- काठमाडौं, १ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्षबाट मादक पदार्थ अर्थात् रक्सी परित्याग गरेको घोषणा गरेका छन् ।
नेपालीहरुको नयाँ वर्ष २०७४ को अवसरमा स्वाथ्य मन्त्रालयले शुक्रबार राजधानीमा अयोजना गरेको पदयात्रामा प्रचण्डले अबदेखि रक्सी नखाने सार्वजनिक प्रतिबद्धता जनाएका हुन् । उनले आफू स्वस्थ मार्गमा हिंड्ने प्रतिबद्धता समेत गरे।
अभियानमा ‘म रक्सी, चरोट र सुर्तीजन्य पदार्थ खान्न’, म नियमित व्यायाम गर्छु, म स्वस्थ्य र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु’, जस्ता नारा थिए । ‘म यी सबै नाराअनुसार चल्छु’, प्रधानमन्त्रीले भने, ‘स्वास्थ्यप्रति सचेत भएर व्यवहार गर्छु ।’ दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले झण्डा फहराएर अभियानको शुभारम्भ समेत गरेका थिए ।

- काठमाडौँ, ३१ चैत ।
नयाँ शक्ति पार्टी नेपालका संयोज डा बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय संयुक्त सङ्घर्ष समितिले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ (६ र ७) अबिलम्ब खारेज गरी सबै दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गरेको छ ।
समितिको यही २९ गते बसेको बैठकको निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै दललाई आफ्नो पहिचान (चुनाव चिह्न) का साथ जनतामा जाने अधिकारबाट वञ्चित गरिनु अलोकतान्त्रिक र विभेदकारी नीति भन्दै त्यसविरुद्ध निरन्तर सङ्घर्ष जारी राख्ने निर्णय गरेको छ ।
संयोजक डा भट्टराईले आफ्नो नीति र पहिचानसहित जनतामा जाने अधिकारलाई वञ्चित गरी सरकारले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाएको आरोपसमेत लगाए ।
फरक प्रसङ्गमा संयोजक डा भट्टराईले देशलाई नयाँ दिशामा लैजान हिमाल, पहाड र तराईबीचको एकतालाई मजबुत बनाउन राष्ट्रिय एकताको एजेण्डा लिएर केही दलसँग एकताको प्रयास भइरहेको उल्लेख गरे ।
- काठमाडौँ, ३० चैत ।
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी वैशाख ४ गते भारत भ्रमणमा जाने निश्चित भएको छ ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणमा जान लागेकी हुन्।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ ।
राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनेछिन भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्नुहुने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कीने कार्यक्रम रहेको छ ।

- दाङ, २८ चैत ।
नेपाली कांग्रेसले चुनावी सभाअन्तर्गत दाङको तुलसीपुरमा आमसभा गर्दै छ । सभाका लागि गाउँगाउँबाट उल्लेख्य कार्यकर्ता ल्याइने दाङ कांग्रेसका सचिव कमल किशोर घिमिरेले जानकारी दिए ।
सभालाई सम्बोधन गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरू तुलसीपुर पुगेका छन् ।
कांग्रेसले कैलालीको अत्तरियामा आइतबार पहिलो चुनावी सभाको आयोजना गरेको थियो । चुनावी आमसभामा हज्जारौँ कार्यकर्ता सहभागी भएका कांग्रेसका नेताहरूले दाबी गरेका छन् ।
कांग्रेसले सातै वटा प्रदेशहरूमा चुनावी सभा गर्दै छ । सभाका लागि सबै स्थानमा केन्द्रीय नेताहरू परिचालन गरिएका छन् ।

- दिया चन्द ।
काठमाडौ २७ चैत।
नेपाल कम्युनिष्ट पार्टीले सुरु एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी अभियानलाइ तिब्रता दिएको छ ।
काठमाडौँ उपत्यकासहित देशका सबै जिल्लाहरुमा एकै साथ सुरु भएको अभियान निरन्तर चली रहेको कम्युनिष्ट पार्टीले जनाएको छ ।
यता काठमाडौँ उपत्यकाबाट सुरु भएको अभियान काठमाडौँको शंखरापुर जहरसिंह पौवा पुगेको छ ।
जहरसिंह पौवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य मकर गुरुङले संसदीय दलहरुका बीच आ आफ्नो स्वार्थका लागि उनीहरु आफ्नै पार्टी-पार्टी भित्र अन्तरबिरोध रहेको भन्दै आफ्नो स्वार्थका लागि आफै लड्नेहरुले जनताको भलो नगर्ने बताएका छन् ।
त्यस्तै गुरुङ्गले अबैध कामहरुलाई बैधानिकता प्रदान यो चुनावले भ्रस्टाचार,लुटपाट,अत्याचार, महङ्गीलाई अँ बढाउने समेत ठोकुवा गरेका छन् ।
उनले अझ भूकम्प पीडितको नाममा बिदेशबाट आएको करोडौं रकम पचाउन यो चुनावको खेल खेलिएको समेत सरकारलाई आरोप लगाए ।
जनताको हित बिपरित हुन गइरहेको स्थानीय चुनावलाई जनताले खारेजी गर्नुपर्ने गुरुङ्गको भनाइ रहेको छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बक्ता अखिल नेपाल शिक्षक संगठन उपत्यका संयोजक राजकुमार केसिले सदाल संसदीय व्यवस्थाले नेपाली जनताको हक र अधिकार स्थापित गर्न नसक्ने बताएका छन् ।
'अबको स्थानीय निर्वाचनले दलालहरुलाई आमन्त्रण गर्ने र गलत कामलाई बैधानिकता दिने हो। अहिलेको चुनाव भनेको बैदेशिक शक्तिको आडमा हुन् लागेको हो ।' उनले भने ।
उनले संसदीय व्यवस्था लुटेर खाने व्यवस्था भएकोले यसको खारेजी अनिवार्य भएको बताएका छन् । अभियानमा सामना सास्कृतिक परिवारले नृत्य र गीत प्रस्तुत गर्दै स्थानीय निर्वाचन बहिस्कारको आब्हान गरेको छ ।




- काठमाडौं, २६ चैत ।
आज चैत २६ गते । २०४६ साल फागुन ७ गतेदेखि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई जनआन्दोलनको गन्तव्य मानेर आरम्भ गरिएको आन्दोलन सफलतामा पुगेको दिन हो ।
आजको दिनलाई प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनले सफलता पाएको दिनको रुपमा सम्झिने गरिन्छ ।
सत्ताइस वर्षअघि २०१७ साल पुस १ गते अपहरण भएको नेपाली जनताको नागरिक हक पुनःस्थापनाका निम्ति भएको आन्दोलनले सफलता पाएको थियो ।
सर्वोच्च नेता गणेशमान सिंहको पहलमा ३० वर्षको पञ्चायती व्यवस्था अन्त्य गर्न नेपाली काँग्रेसले वामपन्थीसँग मिलेर जनआन्दोलन गर्ने निष्कर्ष निकाली सातवटा वामपन्थी पार्टी मिलेर संयुक्त वाममोर्चा बनेको थियो ।
सर्वोच्च नेता सिंहको मार्गचित्र र नेतृत्व अनुरूप नै २०४६ साल फागुन ७ गतेदेखि सर्वोच्च कमान्डर गणेशमान सिंहले नेतृत्व गरेको जनआन्दोलनले अन्ततः आजैको दिन सफलता प्राप्त गरेको थियो ।
यो दिनलाई जनआन्दोलन भाग १ का नामले पनि चिनिन्छ । यसै दिनको सम्झनामा देशभर विविध कार्यक्रम पनि गर्ने गरिन्छ ।

झण्डै दुइ दशकपछि हुन लागेकाे स्थानीय तहकाे चुनावका लागि देशभर केहि सरगर्मी बढिरहँदा सुदुरपश्चिमकाे कञ्चनपुरमा पनि यसकाे प्रभाव देखिएकाे छ ।
अाउदाे बैसाख ३१ गते हुने भनिएकाे निर्वाचनकाे तयारीमा काँग्रेस, एमाले, माअाेवादी केन्द्र, राप्रपा, जनमाेर्चा लगाएतका संददवादी दलहरू हाेमिएका छन् । ७ नगर र २ वटा गाउँ पालिकामा गरि अहिले कञ्चनपुरमा दर्जनबढि अाकांक्षीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसैबीच बेदकाेट नगर पालिकाकाे मेयरमा नेकपा एमालेका नेता अशाेक चन्दले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट भोजराज बोहरा, मावोमादी केन्द्रबाट हेमराज पाण्डेय र राप्रपाबाट जयन केशी चन्दकाे प्रतिस्पर्धी छन् ।
कक्षा ६ मा पढ्दा पढ्दै २०४६ सालको जन आन्दोलनबाट नेकपा एमालेकाे राजनीतिमा सहभागी भएका नेता चन्दले २०५६ सालसम्म बिद्यार्थी राजनीतिमै सक्रिय भुमिका खेलेर काम गरे ।
त्यसपछि युवा संघ नेपाल को गाउँ, क्षेत्रकाे अध्यक्ष हुँदै जिल्ला सदस्य जिल्ला बनेका चन्द २ पट्क कञ्चनपुरका सचीव २ पटक अध्यक्षकाे जिम्मेवारी समेत सम्हाले । त्यसपछि जिल्लाकाे युवासंघकाे प्रमुख हुँदै केन्द्रिय सदस्यकाे जिम्मेवारी सम्हालेका चन्दले महाकाली अञ्चल इन्चार्ज भएर समेत काम गरे।
२०६९ फाल्गुन देखि युवासंघकाे केन्द्रिय सचीवकाे भुमिका निर्वाह गरेका चन्दले प्रशिक्षण बिभाग प्रमुख रहेर समेत काम गरिसकेका छन् ।
मेयर बनेर बेदकोटमा काम गर्ने अवसर जुटे त्यस क्षेत्रको पर्यटकीय, आर्थिक विकास आफ्नो मुख्य योजना रहेको बताएका छन् ।
हरेक सेवा सुबिधाबाट पछाडि पारिएको बेदकोट नगरपालिका कंचनपुरपुरको पहाडसँग जाेडिएका क्षेत्र हाे । विशेषतया यहाँ पर्यटकहरू ताल, मन्दिर लगाएत अन्य क्षेत्रकाे अवलाेकनका लागि पुग्ने गर्दछन ।
२०७३ चैत्र २६ मा प्रकाशित ।
हरेक सेवा सुबिधाबाट पछाडि पारिएको बेदकोट नगरपालिका कंचनपुरपुरको पहाडसँग जाेडिएका क्षेत्र हाे । विशेषतया यहाँ पर्यटकहरू ताल, मन्दिर लगाएत अन्य क्षेत्रकाे अवलाेकनका लागि पुग्ने गर्दछन ।
२०७३ चैत्र २६ मा प्रकाशित ।

- काठमाडौं, २६ चैत्र ।
रुकुम, धादिङ माओवादी केन्द्रमा गाभिएका छन् भने धनकुटा जिल्ला पार्टी नेकपासँग । त्यसैगरी अछाम जिल्लामा बिउँमात्र राखेर सबै नेताहरु माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । केही दिनअघि मात्र कर्णाली इन्चार्जसहित ठूलो नेता–कार्यकर्ताको संख्या माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
दोस्रो संविधान सभाको चुनाव बहिस्कार गरेको क्रान्तिकारी माओवादीले स्थानीय चुनावलाई ‘क्रान्तिकारी उपयोग’ भन्दै भाग लिने निर्णय गरिसकेको छ । तर, पनि नेता–कार्यकर्ता आफू खुशी पूरै कमिटी नै गाभिरहेका छन् ।
सप्तरी, सिराहा, इमाल, भोजपुर, सर्लाहीलगायत एक दर्जन जिल्ला कमिटीले नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने गरी छलफल भइरहेको बताइएछ । दुबै पार्टीका स्थानीय नेताहरुले छलफललाई अगाडि बढाएका छन् । त्यसैगरी कैलाली, दार्चला, डोटी, बाजुरालगायतका जिल्लामा माओवादी केन्द्रसँग एकताको तयारी भइरहेको एक नेताले जानकारी दिए ।
यो क्रान्तिकारी माओवादीमा देखिएको सांगठानिक अराजकता हो । यो केन्द्र पार्टीको नियन्त्रणभन्दा बाहिर गइसकेको छ ।
कारण एउटै मात्र
अर्को पार्टीमा प्रवेश गर्ने नेताहरुका अनुसार नेतृत्वमा देखिएको ढुलमुलका कारण आफूहरु पार्टी परित्याग गरेको बताउँछन् । ‘न चुनाव जित्ने कार्यक्रम, न विद्रोहको कार्यक्रम, कि चुनाव जित्नेमा जान्छौँ कि बहिस्कारको पक्षमा’ एक नेताले अनलाइन डबलीसँग भने ।
चुनावमा सहभगी हुने निर्णय गर्नुअघि कार्यकर्तालाई दोस्रो संविधानसभा चुनाव बहिस्कारको औचित्य पुष्टि गर्न नसक्नु र ढिलो निर्णय गर्नुले पनि स्थानीय पार्टी आफू खुशी निर्णय गर्न थालेका हुन् । यो पनि स्पष्ट कार्यक्रम दिन नसकेकै परिणाम हो ।
क्रान्तिकारी माओवादीभित्र बुझाईका आधारमा तीन समूह छन् । पहिलो, एक्लै चुनाव लडेर जित्न सकिने आधार नभएकाले माओवादी केन्द्रमै गएर चुनावमा सहभागी हुने ।
दोस्रो, पार्टीले विद्रोहका कार्यक्रमलाई अगाडि बढाउन नसकेकाले चुनाव खारेजीको निर्णय गरेको नेकपासँगै बहिस्कारमा सहभागी हुने ।
तेस्रो, माओवादी केन्द्र र नेकपाले लिएका लाइनले जनवादी क्रान्तिले पूर्णता नपाउने भन्दै क्रान्तिकारी माओवादीलाई सुदृढ गर्नुपर्ने, थोरै भएपनि विचार र सिद्धान्तको रक्षा गर्नुपर्ने । यो पनि पार्टीको स्पष्ट कार्यक्रम नभएकै कारण नेता-कार्यकर्ताको बुझाईमा अन्तर अाएको हो ।
तेस्रो बुझाईमा केन्द्रीय नेतृत्व एकमत छ । सत्य पनि कहिले कही अल्पमतमा पर्ने भएपनि पुष्टि भएरै छाड्ने उनीहरुको दाबी छ । जीवन बनाउने भन्दापनि सिद्धान्तको रक्षाको लागि आफूहरु लागेको केन्द्रीय नेतृत्वको भनाई छ ।
क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलका अनुसार मिडियाले जानेको मात्र समाचार बनाएको र आउनेको कुरा लुकाएकोले यस्तो देखिएको बताउँछन् । कँडेलले पार्टी निकट एक अनलाइनलाई अन्तरवार्ता दिँदै अवसरवादीहरुले पार्टी छोडेको बताए । अरुलाई बोकेर क्रान्तिकारी माओवादीभित्र बस्नु भन्दा जानु नै ठिक भएको कँडेलको तर्क छ ।

- काठमाडौँ ।
यतिसम्मकी आफूलाई क्रस गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिलसँग क्रुद्ध बनेका कांग्रेस देउवाले निधिको धम्कीबाट नडराउन प्रधानमन्त्री दाहाललाई गोप्य सन्देश समेत पठाइ सेकेकाे काँग्रेस उच्च स्राेतले जनायाे ।
देउवाले निधि बाहिरिएपछि अर्का नेता गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सहित पठाउने र श्रेष्ठले प्रहरी नियमावली संशोधन गरी आइजीपीमा पुन जयबहादुर चन्दलाई नियुक्त गर्ने आफ्नो रोडम्याप पूरा गर्ने दाहाललाई सुनाएका छन् ।
गृहमन्त्री निधि प्रधानमन्त्री दाहालसँग त वरियता विवादले यसै रिसाउने नै भए त्यसमाथि आफूलाई कमल थापा भन्दा तल्लो वरियतामा राख्ने विषयमा दाहाल देउवाबीच भएको समझदारीले झन् चिढिन पुगे ।
निधिले आफू निकटहरुसँग भन्ने गरेको भनाई उद्धृत गर्दे स्रोतले भन्यो– ‘मैले नै केपी ओलीको सरकारबाट प्रचण्डलाई बाहिर ल्याएर यो गठबन्धन बनाएको हुँ । गठबन्धनको सहमति अनुसार अव शेरबहादुरजी प्रधानमन्त्री हुने पालो थियो । मैले नै भारतसँग देउवाको पक्षमा लविङ गरेर यहाँसम्म पुर्याएँ । तर, म माथि ठूलो धोका भो । अव हेर्छु, शेरबहादुरजी कसरी प्रधानमन्त्री हुनुहुन्छ ।’
निधिको धम्कीले भने कांग्रेस सभापति देउवा आत्तिएका छैनन् । किनभने देउवाको एकसुत्रीय एजेण्डा छ–आइजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने र त्यसैको बलमा मात्र स्थानीय तहको चुनावमा हैसियत देखाउन सकिन्छ । त्यसका लागि देउवाले प्रहरी नियमावली परिवर्तन गर्न बारम्बार दवाव दिए । तर, निधिले सर्बाेच्च अदालतको परमादेशलाई अवज्ञा गरेर जान नसकिने वताए ।
देउवाले निधिलाई मात्र होइन गृह सचिवलाई पनि बारम्बार फोन गरेर प्रहरी नियमावली संशोधन गर्न तुरुन्त ड्राफ्ट तयार गर्न भने । पार्टी सभापतिले सिधै गृह सचिवलाई प्रहरी नियमावली संशोधन गर्न आदेश दिन थालेपछि निधि देउवासँग झन् चिढिए । देउवाको दवाव आए पनि गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनका लागि कुनै तयारी गरेको छैन ।
पार्टी सभापतिको आदेश आए पनि सम्बन्धित मन्त्रीको निर्देशन नभएसम्म गृह सचिवले त्यस्तो नियमावली ल्याउन सहज हुँदैन । देउवाले लगातार आफ्नो मन्त्रालयको काममा हस्तक्षेप गरी विवाद खडा गरिदिएको र सर्बाेच्चको परमादेश विपरित हुनेगरी आइजीपी नियुक्तिमा दवाव दिएको तर, आफ्नो वरियता विवादमा भने प्रधानमन्त्रीसँग मिलेर कमल थापालाई अगाडि राख्न सहमति दिएकाले निधि राजीनामाको धम्की दिन वाध्य भएका हुन् ।
तर, देउवा निधिले राजीनामा नै देउन् भन्ने पक्षमा छन् । त्यसैले उनले गोपालमान श्रेष्ठलाई नयाँ गृहमन्त्रीको रुपमा पठाउने आश्वासन प्रधानमन्त्री दाहाललाई दिएका छन् । गोपालमानलाई भने देउवाले गृहमन्त्री भएपछि पहिलो काम नै प्रहरी नियमावली संशोधन गरी जयबहादुर चन्दलाई नियुक्त गर्नु पर्ने निर्देशन दिएका छन् ।
चन्दको नियुक्ति बदर गरी योग्य ब्यक्तिलाई नियुक्त गर्न सर्वाेच्च अदालतले परमादेश दिएकै दिन देउवाले प्रधानमन्त्री दाहाललाई वालुवाटारमै गएर भेटेका थिए । जुन भेटमा प्रहरी नियमावली संशोधन गरी फेरि चन्दलाई नै नियुक्त गर्ने सहमति भएको थियो ।
