शक्तिशाली नेता कासिम अललाई फाँसी दिइयो

काठमाडौं, १९ भदौ ।

बंगलादेशमा उद्योगपति तथा एक शक्तिशाली नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । बंगलादेशको इस्लामी पार्टी जमात ए इस्लामीका नेता मीर कासिम अललाई फाँसी दिइएको हो ।

मीरलाई ४५ बर्षअघि बंगलादेश स्वतन्त्रताका लागि भएको आन्दोलन दबाउन संलग्न भएको भन्दै बंगलादेशको अदालतले दोषी ठहर गरेको थियो ।

उनकै नेतृत्वमा पाकिस्तान समर्थित सेनाले चितगाउँमा सर्वसाधारणको सामुहिक हत्या गरेको थियो । पूर्वी पाकिस्तान सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो । युद्ध अपराधमा फाँसी पाउने मीर छैठौं नेता हुन् । (एजेन्सी)

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...