उडिसा, २ कात्तिक ।
भारतको उडिसास्थित एक निजी अस्पतालमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ ।
उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढी बिरामी जलेका छन् । डायलासिस विभागबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगलागी शुरु भएलगत्तै बिरामीहरुमा भागदौड मच्चिएको थियो । आगो आइसीयु विभागमा समेत पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सार्न अस्पताल कर्मचारीलाई मुस्किल भएको थियो ।
आगलागीपछि त्यहाँका बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । मृत्यु हुनेमा बिरामीका साथै अस्पतालका केही कर्मचारीसमेत रहेका छन् ।
सातवटा दमकल र १ सय २० जना अग्नि नियन्त्रकले आगलागी नियन्त्रणमा लिएका छन् ।
- एजेन्सी २३ असोज ।
यमनको राजधानी नजिक साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गर्दा एक सय ४० जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।
आक्रमणमा सयौ अन्य घाईते भएका छन् ।
हुति विद्रोहीलाई लक्षित गरी आक्रमण गरिएको भनिए पनि मारिने धेरै सर्वसाधारण भएको बताईएको छ ।
हुति विद्रोहीका गृहमन्त्रीको बुवाको अन्तिम संस्कारको समयमा आक्रमण गरिएको थियो ।
समाचार एजेन्सी एपीले आक्रमण स्थलमा रगतको नहर बगेको जस्तो देखिने भन्दै अरु धेरै मानिसको हताहती भएको हुन सक्ने अनुमान गरेको छ ।
साउदी गठबन्धन सेनाले अहिले सम्म ६ हजार भन्दा बढी मानिसको ज्यान लिईसकेको छ ।
सन् २०१४ मा हुति विद्रोहीले राजधानी सना कब्जा गरे पछि गठबन्धन सेनाले आक्रमण थालेको थियो ।
काठमाडौं, २२ असोज ।
क्यारेबियन राष्ट्र हैटीमा ‘म्याथ्यु’ आँधीका कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ । अमेरिकातर्फ गएको म्याथ्यु आँधीले हैटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति गरेको हो ।
संयुक्त राष्ट्रसंघले हैटीमा आँधीले गरेको क्षतिको यकिन विवरण आउन समय लाग्नसक्ने जनाएको छ ।
यसअघि, चार सयको मृत्यु भएको भनिएकोमा ज्यान गुमाउनेको संख्या एकैचोटी दोब्बर भएको हो ।
आँधीका कारण हैटीको दक्षिणी क्षेत्रमा बढी प्रभाव परेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको छ ।
बढी प्रभावित भएका केही सहरमा हवाई तथा जलमार्गबाटमात्र पुग्न सकिने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले जनाएको छ ।
ज्यान गुमाउनेमा दक्षिण–पश्चिमी तटीय क्षेत्रका बासिन्दा रहेको हैटी सरकारले जनाएको छ ।
क्यारेबियन राष्ट्र हैटीमा विनाश लीला मच्चाउँदै यो आँधी अमेरिकाको फ्लोरिडा प्रवेश गरेको छ । जहाँ लाखौं मानिस प्रभावित बनेका छन् ।
हैटी र क्युवापछि मैथ्यु आँधी फ्लोरिडा पुगेको हो । आँधीका कारण फ्लोरिडामा संकटकाल घोषणा गरिएको छ । (एजेन्सी)
फ्लोरिडा, २१ असोज ।
अमेरिकी राज्य फ्लोरिडामा शक्तिशाली आँधी ‘मैथ्यु’का कारण लाखौं मानिस प्रभावित बनेका छन् । हैटी र क्युवापछि मैथ्यु आँधी फ्लोरिडा पुगेको हो ।
आँधीका कारण फ्लोरिडामा आपतकाल घोषणा गरिएको छ । २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
भारी बर्षा र आँधीले त्यहाँका हजारौं घरमा क्षति पुग्नुका साथै बिजुली आपूर्ति बन्द भएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडाका जनतालाई धैर्य गर्न अपील गरेका छन् । मौसमविद्हरुले आँधीको खतरा कायमै रहेको चेतावनी दिएसँगै त्यहाँका जनतामा त्रास फैलिएको छ ।
हैटीमा तहल्का मच्चाएको आँधीबाट फ्लोरिडा राज्य पनि तहसनहस हुनसक्ने भन्दै स्थानीयवासीलाई तटीय क्षेत्र खाली गर्न अपील गरिएको छ । चेतावनीपछि तटीय क्षेत्रबाट मानिसहरु अन्यत्र पलायन भएका छन् ।
अमेरिकी मौसमविद्हरुका अनुसार आँधी प्रतिघण्टा २ सय ५ किलोमिटरको रफ्तारले आएको छ । यो आँधीले हैटीमा २ सय ६४ जनाको ज्यान लिएको थियो । (एजेन्सी)
नयाँ दिल्ली, २१ असोज ।
विश्व बैंकको तथ्यांक अनुसार भारतको कुल जनसंख्याको ३० प्रतिशत हिस्सा गरिबीको रेखामुनी रहेको छ । विश्वका प्रत्येक तीन गरिबमा एकजना भारतीय पर्ने पनि विश्वबैंकले जनाएको हो ।
यो तथ्यांकअनुसार विश्वमा करिब ७६ करोड जनसंख्या गरिबीको रेखामुनी छ । विश्वको सर्वाधिक गरिब अफ्रिकामा छन् । भारतमा २२ करोडभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी छ ।
विश्व बैंकले सन् २०३० सम्म अति गरिबी अन्त्य गर्ने लक्ष्य राखेको छ । तर वैश्विक स्तरमा देखिएको आर्थिक मन्दी विश्व बैंकको सो लक्ष्यमा बाधक बनिरहेको छ ।
भारतमा गरिबीको रेखामुनी रहँदै आएको जनसंख्यामा कमी आएको भए पनि अपेक्षा अनुसार अझै प्रगती हुन नसकेको बताइन्छ ।
भारतको नयाँ दिल्लीमा विश्व आर्थिक मञ्चको जारी बैठकमा सहभागीहरु मानिसलाई गरिबीको रेखाबाट माथि कसरी ल्याउन सकिन्छ भन्नेमा विचार विमर्श गरिरहेका छन् । (एजेन्सी)
काठमाडौं १४ असोज ।
सीमा क्षेत्रमा भएको भारतीय र पाकिस्तानी सेनाबीचको दोहोरो भिडन्तमा ८ जना भारतीय सेना मारेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको छ ।
बुधबार मध्यरातदेखि बिहीबार बिहानसम्म पाकिस्तानी भूमिमा छिरेर सैन्य कारबाही गरेका ८ जना भारतीय सैनिकलाई मारेको र एक जनालाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।

लाइन अफ कन्ट्रोलमा भारतीय फायरिङको जवाफी कारबाहीका क्रममा एक भारतीय सैनिकलाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बललाई उद्धृत गर्दै पाकिस्तानी अखबार डनले लेखेको भारतीय सञ्चार माध्यमले भनेका छन् ।
सोही क्रममा ८ जना भारतीय सेना मारेको पाकिस्तानको दाबी छ । पाकिस्तानी अखबर डनकाअनुसार जब भारतले सर्जिकल स्ट्राइक गरेर दुई पाकिस्तानी सैनिकको हत्या गर्यो, तब पाकिस्तानले जवाफी कारबाही सुरु गर्यो ।
साथै जियो न्यूजका पत्रकार हामिद मीरले दुई सेक्टरमा १४ भारतीय सेना मारेको दाबी गरेका छन् ।
डन अखबरकाअनुसार पक्राउ गरिएको भारतीय सेना चन्दू बाबुलाल चौहानलाई गोप्य स्थानमा लगिएको छ । र मारिएका आफ्ना ८ सैनिकको शव अझैसम्म भारतीय पक्षले नलगेका अखबरले जनाएका छन् ।

काठमाडौं, १० असोज।
अमेरिकाले सिरियामा रुसले गरिरहेको कारवाहीलाई बर्बरताको संज्ञा दिएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले सिरियामा भइरहेको कार्वाहीबारे रुसले गलत सूचना दिएको आरोप पनि लगाएको छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत सैमन्था पावरले सिरियामा रुसी कार्वाही आतंकवादविरुद्धको लडाई नभई आम जनताविरुद्धको बर्बरता मात्र भएको दलील पेश गरे ।
विपक्षीहरुको आश्रयस्थल एलेप्पोमा रुस र सिरियाई सेनाले स्थल र हवाई दुबै तर्फबाट आक्रमण गरेको भन्दै उनले हालैको दिनमा मात्र १५० भन्दा बढी हवाई आक्रमण गरिएको जानकारी दिए ।
रुसी राजदूतले विटाली चुरकिनले भने सिरियामा शान्ति कायम गर्नु लगभग असम्भव भएको भन्दै हतियारबन्द विद्रोहीले नै संघर्षविराम तोडेको आरोप लगाए ।
सिरियाका प्रतिनिधिले भने सरकारी सेनाले एलेप्पोमा पूरै कब्जा जमाउन लागेको जनाएका छन् ।

यसअद्धि राष्ट्रसंघका महासचिवले सिरियामा बंकर बम प्रयोग भइरहेकोमा यसलाई गलत भनेका थिए ।
सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफान डी मिस्तूराले पनि एलेप्पोमा आतंक नयाँ उचाईमा पुगेको जानकारी दिएका थिए ।
सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफान डी मिस्तूराले पनि एलेप्पोमा आतंक नयाँ उचाईमा पुगेको जानकारी दिएका थिए ।
एलेप्पोमा पछिल्लो आक्रमणमा मात्र ४५ जनाभन्दा बढी मारिइसकेका छन् । (एजेन्सी)
एजेन्सी, ९ असोज ।
फिजीमा आइतबार ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प वैज्ञानिकहरुले सो स्थानमा सुनामीको आशंका नभएको बताएका छन्।
फिजीमा आइतबार ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प वैज्ञानिकहरुले सो स्थानमा सुनामीको आशंका नभएको बताएका छन्।
उनीहरुले भूकम्पको झड्का स्थानीय समय अनुसार रातको ९ बजेर २८ मिनेट जाँदा भएको बताएका छन्।
भूकम्पको केन्द्रविन्दु फिजीको दोई द्वीपबाट एक सय किलोमिर उत्तरपूर्वी स्थानमा भएको जनाइएको छ। उक्त स्थानमा भूकम्प ५९४ किलोको गहिराईमा गएको समाचारमा उल्लेख छ।
हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण बाहिर आएको छैन।

काठमाडौं, ९ असोज।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले सिरियाको एलेप्पोमा भइरहेको सशस्त्र संघर्षप्रति अत्यन्तै दुःख व्यक्त गरेका छन् ।
बढ्दो सैनिक हस्तक्षेप र यसबाट सर्वसाधारण मारिने क्रम बढेकामा उनले दुःख व्यक्त गरेका हुन् ।
लगातार गरिएका हवाई र बम आक्रमणबारे चासो राख्दै महासचिव बानले विश्वभरको प्रतिवद्धता हुँदाहुँदै पनि मानवीय सुरक्षा गर्न विफल हुनु सबैका लागि अन्धकारयुक्त दिन हो भनेका छन् ।
सिरियन सरकारले विद्रोही नियन्त्रित एलेप्पोमा लगातार हवाई आक्रमण गर्दा त्यहाँको सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।
यही संघर्षकै कारण त्यहाँका बीस लाख मानिसले पानीसम्म पिउन नपाएको राष्ट्रसंघले जनाएको छ । पश्चिम एलेप्पो कब्जा गर्न आक्रामक रणनीति लिइएको भन्दै सिरियन सेनाले त्यहाँ लगातार आक्रमण गरिरहेको छ ।
सिरियन सरकारी फौजलाई रुसले सघाएको छ भने विपक्षीलाई अमेरिकाले सघाएको छ ।

पछिल्लो आक्रमणमा मात्र २७ जना मारिएका थिए । सरकारी सेनाको हवाई आक्रमणमा उनीहरु मारिएका हुन् । (एजेन्सी)
- नयाँ दिल्ली, ६ असोज ।
भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ । परमाणु शक्तिसम्पन्न दुबै मुलुकबीच पछिल्लो समय कश्मिर मुद्दाका बारेमा तनाव बढेको छ । भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी हमलापछि दुई मुलुकबीच तनाव बढेको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उरी हमलाको जवाफमा गरिने कारवाहीको रणनीति बनाउन ‘वार रुम’ मा उच्च सैन्य अधिकारीसँग झण्डै दुईघण्टा छलफल गरेका छन् ।
भारतीय रक्षा मन्त्रालय ‘साउथ ब्लक’स्थित वार रुममा मोदीलाई पाकिस्तानी सैन्य अखडाहरुको नक्सा देखाएर भारतीय सेनाका तर्फबाट गरिने कारवाहीको रुपरेखा चित्रित गरिएको बताइन्छ ।
मोदीले दुई दिनअघि वार रुपमा भारतीय सेनाका उच्च अधिकारीसहित, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका अधिकारीहरुको राय र रणनीतिबारे छलफल गरेको बताइएको छ ।
भारत र पाकिस्तान परम्परागत रुपमा ‘शत्रु’ रहँदै आएका छन् । दुबै मुलुकबीच यसअघि पनि युद्ध भइसकेको छ । (एजेन्सी)
- न्यूयोर्क, ६ असोज ।
पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भारतको धज्जी उडाएका छन् ।
महासंघको वार्षिक बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले भारतीय सेनाद्वारा कश्मिरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएको भन्दै अन्तर्राष्ट्रिय छानविनको माग गरे ।
उनले भारतीय सुरक्षाकर्मीद्वारा हत्या गरिएका बुरहान बानीलाई ‘युवा नेता’ को संज्ञा दिदैं स्वतन्त्रताको माग गरेका युवा नेता बुरहानको भारतीय सुरक्षाकर्मीले हत्या गरेपछि कश्मिरमा पछिल्लो हिंसा चर्किएको बताए । भारतले भने बुरहानलाई उग्रवादी नेता भन्दै आएको छ ।
भारतले कश्मिरी जनतामाथि अत्याचार गरेको पाकिस्तानी प्रधानमन्त्री शरीफको भनाइ थियो । उनले भने, ‘कश्मिर विवाद समाधान विना पाकिस्तान र भारतबीच शान्ति र सामान्य सम्बन्ध बहाल हुन सक्दैन, हाम्रो अनुमान घटनाहरुका माध्यमबाट पुष्टि भइरहेका छन्, कश्मिरी युवापुस्ता भारतको अवैध कब्जाविरुद्ध आवाज उठाइरहेका छन्, उनीहरु कब्जाबाट स्वतन्त्रताको माग गरिरहेका छन् ।’
कश्मिरमा उठिरहेको स्वतन्त्रताको माग दमन गर्ने क्रममा भारतले सो क्षेत्रमा पाँच लाखभन्दा बढी सेना परिचालन गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले पछिल्लो दुई महिनामा एक सयभन्दा बढी नागरिकको हत्या भएको, सयौं नागरिकलाई अन्धो बनाइएको र ६ हजारभन्दा बढी नागरिकलाई घाइते तुल्याइएको आरोप लगाए ।
उनले कश्मिरमा भारतले गरेको दमन र अत्याचारको प्रमाण पाकिस्तानले राष्ट्रसंघका महासचिवलाई उपलब्ध गराउने समेत जनाए ।
उनले अवैध कब्जाबाट कश्मिरी जनताले मुक्ति खोज्नु उनीहरुको हक भएको बताए । पाकिस्तान कश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने पनि उनले बताए ।
भारतले पाकिस्तानी प्रधानमन्त्रीको यस्तो भनाइको खण्डन गरेको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै लेखेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्र महासभामा हिज्बुल उग्रवादी बुरहान बानीको महिमामण्डन गरे, यसबाट पाकिस्तानको उग्रवादसँगको सम्बन्ध प्रष्ट हुन्छ ।’ (एजेन्सी)
- काठमाडौं, ६ असोज ।
इस्लामिक अतिवादी समूह आइएसले इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ ।
इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको हो ।
आक्रमणमा क्याम्पमा रहेकाहरुमा कुनै क्षति भएको छैन । सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आएका छन् ।
इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको हो । (एजेन्सी)
काठमाडौं, ४ असोज ।
ग्रिसको लेसबोस द्वीपस्थित आप्रवासी शिविरमा आगलागी भएको छ । आगलागीका कारण शिविरमा रहेका ४ हजारभन्दा बढी शरणार्थी संकटमा परेका छन् ।
उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । शरणार्थी बस्ने गरेको उक्त द्वीपमा तमाखु नष्ट गर्ने क्रममा आगो बाल्दा आगो फैलिएको ग्रीसका अधिकारीहरुले जनाएका छन् ।
घटना नियोजित हो कि भन्ने आशंकामा अनुसन्धान थालिएको छ । संयुक्त राष्ट्र संघीय एजेन्सीका अनुसार लेसबोस द्वीपमा ५ हजार ६ सय शरणार्थी रहेका छन् ।
आगलागीका कारण शिविर पूर्ण रुपमा ध्वस्त भएको छ । द्वन्द्वको चपेटामा परेका सिरिया र इराकका हजारौं शरणार्थी ग्रिसमा शरण लिने क्रममा त्यहाँको सरकारले लेसबोस द्वीपमा शिविर बनाई शरणार्थीलाई राख्ने ब्यवस्था मिलाएको थियो । (एजेन्सी)

वासिंटन,३ असोज ।
पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले कश्मिरमा भइरहेको हिंसाका बारेमा अमेरिका पुगेर टिप्पणी गरेका छन् । उनले अमेरिकामा बस्दै आएका पाकिस्तानी समुदायलाई सम्बोधन गर्दै आतंकवाद र स्वतन्त्रता संघर्षलाई अलग रुपमा राखेर हेर्नुपर्ने खाँचो औंल्याए ।
भारत प्रशासित कश्मिरमा भइरहेको हिंसालाई भारत र पाकिस्तानले अलग–अलग दृष्टिकोणबाट व्याख्या गर्दै आएको सन्दर्भमा पाकिस्तानी प्रधानमन्त्री शरीफले आफ्नो दृष्टिकोणको बचाउ गरेका हुन् ।
भारतले कश्मिरमा पाकिस्तानद्वारा प्रायोजित आतंकवादका कारण हिंसा हुने गरेको बताउँदै आएको छ भने पाकिस्तानले कश्मिरी जनताले स्वतन्त्रताका लागि गरेको संघर्षका रुपमा व्याख्या गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले भने, ‘भारत प्रशासिल कश्मिरमा मानव अधिकार उल्लंघन बन्द हुनु पर्दछ, विश्वले आतंकवाद र स्वतन्त्रताको संघर्षबीच भिन्नता राख्नै पर्दछ ।’
उनले पाकिस्तान कश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न सदैव तयार रहेको बताए । पाकिस्तानी प्रधानमन्त्री शरीफ संयुक्त राष्ट्रसंघको सभामा सहभागी हुन अमेरिका पुगेका हुन् । (एजेन्सी)

पेरिस, ३ असोज।
कुनै सडक दिनमा दुई–तीन घण्टाका लागि मात्र प्रयोग हुन्छ भन्नेमा धेरैलाई पत्यार नलाग्न सक्छ । तर फ्रान्समा एउटा सडक दिनमा दुई–तीन घण्टाभन्दा बढी समय प्रयोगमा आउँदैन ।

उक्त सडक प्रत्येक दिन अधिकांश समय समुद्रमा विलय हुन्छ भने दुई–तीन घण्टा पानीको सतह घटेको मौका छोप्दै सवारी आवतजावत गर्दछन् ।

फ्रान्सलाई नोइरिमौटियर द्वीपसँग जोड्ने उक्त सडक समुद्रमा छ । समुद्री छालले अधिकांश समय उक्त सडकलाई छोप्ने गर्दछ ।

समुद्रमा भए पनि समुद्र स्थिर रहेको मौका छोपेर दिनमा दुई–तीन घण्टा उक्त सडक हुँदै आवत जावत गर्न सकिन्छ ।

साढे चार किलोमिटर लामो यो सडकमा यात्रा गर्नु जोखिमपूर्ण नै मानिन्छ । उक्त सडकमा कयौं दुर्घटना भइसकेका छन् । समुद्री छाल उर्लिएको समयमा उक्त सडकको सतहमाथि झण्डै चार मिटरसम्म पानी भरिने गर्दछ ।

सन् १८४० देखि यो सडक प्रयोगमा आएको हो । (एजेन्सी

![]() |
| सिनेटमा राष्ट्रपतिविरुद्ध बयान दिदैं मोटोबाटो |
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि डाभाओ शहरको मेयर भएका बेला न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ ।
इडगार माटोबाटो नामका एक स्वघोषित ‘डेथ स्क्वाड’ सदस्यले उक्त आरोप लगाएका हुन् । गैरन्यायिक हत्यासम्बन्धमा संसदको माथिल्लो सदनमा बयान दिदैं उनले यस्तो अभिव्यक्ति दिएका हुन् । संसदको माथिल्लो सदन सिनेटले उक्त हत्याकाण्डको छानविन गरिरहेको छ ।
डुटेर्टेले आफू र अरुलाई २५ वर्ष लामो अवधिमा करिब हजार अपराधी वा राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न अह्राएको माटोबाटो नाम गरेका ‘डेथ स्क्वाड’ का कथित ती सदस्यको भनाइ छ ।
तर डुटेर्टेका एक प्रवक्ताले भने त्यो आरोपका खण्डन गरेका छन् । राष्ट्रपतिका प्रवक्ता मार्टिन अनडानरले डुटेर्टेको मेयर कार्यकालबारे गरिएका अनुसन्धानहरु असफल भइसकेको बताए ।
डाभोओ डेथ स्क्वायड नामक कुख्यात भिजिलान्ते समूहले सयौं मानिसको हत्या गरेको मानिएको छ । ५७ वर्षीय माटोबाटो आफूलाई त्यसको सदस्य रहेको दाबी गर्दछन् ।
उनले भने, ‘लागू औषध बेच्ने, बलात्कारीहरु, लुटेराहरुजस्ता अपराधीको हत्या गर्नु हाम्रो काम थियो, डुटेर्टेका विरोधीहरुलाई पनि निशाना बनाइएको थियो ।’ (एजेन्सी)
काठमाडौं,३० भदौ ।
अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन स्वस्थ रहेको चिकित्सकहरुले दावी गरेका छन् ।
नोभेम्बरमा हुने राष्टपति पदको निर्वाचन अभियानमै रहेका बेला एकाएक विरामी भएको खबर सार्वजनिक भएपछि चुनावी अभियानमै असर पर्ने देखिएको थियो ।
क्लिन्टनको स्वास्थ्यस्थितिबारे सर्वत्र चासो र चिन्ता हुन थालेपछि उनको निजी चिकित्सकको टोलीले अमेरिकी राष्ट्रपतिका रुपमा काम गर्न उनी स्वस्थ र फिट रहेको दावी गरेका हुन् ।
चुनावी अभियानसँगै जारी गरिएको मेडिकल अपडेटमा क्लिन्टनमा देखिएको निमोनियाको प्रभाव क्रमशः कम हुँदै गएको जनाइएको छ । (एजेन्सी)

काठमाडौं, २६ भदौ ।
तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । देशको उत्तर–पश्चिमी क्षेत्रलाई केन्द्र विन्दु बनाएर गएको ५ दशमलव ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा उनीहरुको मृत्यु भएको हो ।
भूकम्पमा परेर १ सय ९२ जनाभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण त्यहाँको भौतिक संरचनामा ठूलो क्षति भएको छ ।
भूकम्पले बुकोबा शहर बढी प्रभावित छ । ७० हजारभन्दा बढी नागरिकको बसोबास रहेको शहरका धेरै घर भत्किएका छन् ।
भूकम्पको धक्का छिमेकी मुलुक केन्या, युगान्डा, रुवान्डा र बुरुन्डीमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उद्दार र राहतको काम भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । तान्जानियामा पछिल्लो एक दशकमा आएको यो शक्तिशाली भूकम्प हो । (एजेन्सी)

नयाँदिल्ली २५ भदौ ।
ब्राजिलममा सम्पन्न रियो ओलम्पिकमा दुईजना छोरीले मात्रै पदक दिलाएको खुसीमा उनीहरुलाई पुरस्कृत गरिरहेका बेला भारतमै एक आमाले शिशु छोरीको विभत्स हत्या गरेको तथ्य बाहिर आएको छ ।
चार महिनाकी छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी धनाढ्य घरकी एक बुहारी नेहाले आफ्नो कर्तुत कबलु गरेकी हुन् । उनले चक्कुले ज्यान लिनुभन्दा सात दिनअघि आफूले छोरीलाई सिरानीले थिचेर ज्यान लिन खोजेको पनि स्वकारेकी छन् ।
सिरानीले थिचेर ज्यान लिन खोजिरहेका बेला घरमा केही आएपछि आफू त्यतिबेला छोरीको ज्यान लिन सफल नभएको बयान उनले दिएकी छन् ।
त्यो बेला नाबालक छोरीको घाँटी निलो भएपछि उनको परिवारले सातदिनसम्म अस्पतालमा राखेर उपचार गराएको थियो । ती नाबालिकालाई सात दिनको उपचारपछि २५ अगष्टमा अस्पतालले घर पठाएको थियो ।
समचार अनुसार नेहालाई छोराको चहाना धेरै थियो । तर कयौं भाकल, पूजा र हवन गर्दा पनि छोरी नै जन्मिएपछि उनी यति क्रुर बनेकी हुन् ।
नेहाले छोरी अस्पतालबाट घर आएको भोलिपल्टै उनको घाँटीमा तीन पटकसम्म थिचेकी थिइन् । छोरीमाथि हानेको चक्कुमा लागेको रगत नेहाले उनकै गलामा पुछेकी थिइन्। उनले छोरीमाथि चक्कु हान्दा घाँटी र गर्दनमा १३ वटा भन्दा धेरै चोट लागेको रिपोर्ट डाक्टरले दिएका छन् ।
घटनापछि नेहाले चक्कु र आफ्नो हात बाथरूममा धोएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेहाले छोरीको शवलाई भने एसीमा हालेर लुकाएकी थिइन् । छोरीको शव एसीमा हालेपछि उनी बेडरुममा गएर ढुक्कले सुतेकी थिइन् ।
नेहा अहिले राजस्थान पुलिसको चार दिने हिरासतमा छिन् । पुलिसले छोरीको हत्यामा प्रयोग गरेको चक्कु पनि बरामद गरिसेको छ
यो घटना राजस्थान दाल र तिलहन व्यापार मण्डलका प्रमुख बाबूलाल गोयलको घरमा भएको हो । २५ अगस्टमा नेहाकी छोरी वेपत्ता भएको उजुरी पुलिसमा आएको थियो ।
यस मामिलाको जाँच गरिरकहेको प्रहरीले तब चकित भयो घटनाको भित्री कुरो खोतल्दै जाँदा जब आमा नै हत्यारा भएको निचोडमा पुग्यो ।
पुलिसको शंकाको घेरमा त्यो घरमा काम गर्ने नोकर थिए तर पुलिसले अन्तिममा आमालाई फन्दामा पार्यो । यो घटनाको सबै सबुत आमा नेहाविरुद्ध रहेका छन् । उच्च घरानामा भएको यो हत्याको निचोडमा पुग्न पुलिसलाई १३ दिन लागेको थियो ।
पुलिसको जाँच तीनवटा विधिमा केन्द्रित थियो । पहिलो शंकास्पदसँग सोधपुछ, दोस्रो एफएसएल जाँच र तेस्रो घरमा लगाइएको सीसीटीभी फुटेज।
छोरो नजन्मिएपछि तनावमा रहेकी नेहाले जन्मेको चार महिनामै छोरीलाई चक्कुले धडाधड हानेर ज्यान लिएकी थिइन् । त्यसपछि आफूले नै हत्या गरिएकी छोरीको शव उनले एसीमा लुकाएको प्रहरी अनुसन्धाले पुष्टि गरेको छ।
नेहाको माइती दिल्लीमा रहेको छ । उनका पिता पनि ब्यापारी हुन् । नेहाको ११ वर्षअघि जयपुरका राकेशसँग बिहे भएको थियो । उनका एक आठ वर्षकी र चार महिनाकी दुई छोरी थिए ।
पुलिसको शुरुवाती जाँचमा छोरालाई जन्म दिनका लागि यो परिवारले हवन पनि गराएको थियो । तर नेहाले यो पटक छोरी जन्माइन् ।
यस्तोमा चार महिनादेखि नेहा तनावमा थिइन् । पुलिसका अनुसार नेहाले छोरो जन्माउने चक्करमा दुई छोरीको भ्रुण यसअघि नै मारिसकेकी थिइन् । यो उनको चौथो सन्तान थियो ।
आमाबाटै मारिएकी नाबालिकाका हजुरबा बाबुलाल गोयलले नेहाले घरमा राम्रो ब्यबहार गर्ने गरेको बताए । उनका अनुसार नेहा पढेलेखेकी त थिइनन् नै उनको घरमा पनि कुनै कुराको कमी थिएन ।
छोरी जन्मिएकोमा घरमा कुनै पछुतो पनि थिएन । 'नेहाले यो क्रुर कदम किन उठाइन्? यसको उत्तर उनी आफैंले दिनेछिन्', उनले भने, 'पुलिसको कारबाहीबारे मैले केही बोल्नुछैन ।'
काठमाडौं, २५ भदौ ।
बंगलादेशको एक कारखानामा शनिबार विस्फोटपछि भएको आगलागीमा कम्तिमा १० जनाको मृत्यु भएको छ । आगलागीमा परेर अरु ३० जना घाइते भएका छन् ।
चारतले भवनमा रहेको कारखानामा विस्फोटकाबेला एक सयभन्दा बढी कामदार कार्यरत् रहेको बताइएको छ । विस्फोटलगत्तै केहीले भने भागेर ज्यान जोगाएका छन् । विस्फोटको कारण पत्ता लाग्न सकेको छैन ।
आगलागीका कारण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ । केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
बंगलादेशको ढाकामा गत वर्षपनि एक प्लास्टिक कारखानामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको थियो । (एजेन्सी)