हुम्लालाई मान सरोबरको प्रवेशद्वार बनाउँछु : पर्यटनमन्त्री शाही
धनन्जय बुढा, काठमाडौँ १९ भदौ।
पर्यटनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै हुम्लालाई पवित्र तिर्थस्थल कैलास मान सरोबरको मुख्य प्रवेशद्वारा बनाउने बताएका छन् ।
शनिबार काठमाडौँमा हुम्ला समाजले अयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा मन्त्री शाहीले २०४६ पछि हुम्लाले कुनैपनि क्याविनेट मन्त्री नपाएको भन्दै हुम्ली जनताको त्यो सपना पूरा भएको बताए ।
शाहीले विदेशी खादामाथि प्रतिबन्ध लगाउने निर्णय अर्को निर्णय नहुँदासम्म कार्यन्वयन नगर्ने भन्दै बरु सस्तो मुल्यमा नेपालमै खादा उत्पादन गर्नुपर्ने बताए ।
शाहीले हुम्लाका जनताले सामुहिक रुपमा राजधानिको वौद्धमा नाम्खा ख्युङ्गजोङ गुम्बा स्थापना गर्नका निमित्त गरेको प्रयत्नमा सकारात्मक भएको भन्दै यसकालागि मन्त्रालयबाट रकम निकासा गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिकृया दिनुहोस्
Loading...

