माओवादीलाई नहेप्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

  • काठमाडौं, २१ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई नहेप्न र साह्रै धेरै नखेद्न चेतावनी दिएका छन्।

उनले माओवादीलाई कमजोर ठानेर कमजोर पार्ने प्रयास र षणयन्त्र कुनै दल नेता तथा राष्ट्रलाई हित नहुने दाबी पनि गरे। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

नेकपा माओवादी केन्द्र काभ्रेको ऐतिहासिक स्थान कामी डाँडामा आयोजना गरेको शहिद सप्ताहको छैठौ दिन शुक्रबार प्रधामन्त्रीले शहिद परिवारलाई सम्मान गर्दै यस्तो बताएका हुन्।

‘१० वर्षे जनयुद्वपछिको १० वर्षको अवधिमा माओवादीले भोगेको कठिन चुनौतीबाट निरास भएको छैन,’ उनले भने,‘माओवादी सिध्याउने षणयन्त्र भयो भने अर्को ठूलो जोखिम मोल्न तयार छौ। माओवादी जोखिम उठाउने जात नै हो त्यसका लागि तयार छौ।’

, , ,

प्रतिकृया दिनुहोस्

Loading...