खुट्टाको पांग्रा फुट्नेगरि कांग्रेसका मेयर आकांक्षी मध्यरातमा कुटिए

  • बैतडी, ९ बैसाख ।

स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी इश्वरदत्त भट्टमाथि बिहीबार राति सांघातिक कुटपिट भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

गोठलापानीमा रहेको स्टार गेस्ट हाउसमा सुतिरहेका बेला राति ११ बजेतिर भट्टमाथि कुटपिट भएको कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।

कुटपिटबाट उनको शरीरकान चोट लागेको छ । देब्रे खुट्टाको पांग्रा फुटेर टुक्रा -टुक्रा भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलगायतका मानिसले आक्रमण गरेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ

, ,

प्रतिकृया दिनुहोस्

Loading...