इमान्दार मिडियाकी सम्पादक चन्द पत्रकार महासंघमा चुनाव लड्दै

  • काठमाडौँ ।
नेपाल पत्रकार महासंघ, काठमाडौँ साखामा आगामी कार्यकालका लागि इमान्दार मिडिया डटकमकी प्रधान सम्पादक दिया चन्दले कार्यकारी समितिको सदस्य (महिला)मा उमेद्वारी दिएकी छन् । महासंघको काठमाडौंको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुनेछ । 

इमान्दार मिडियासँग कुरा गर्दै पत्रकार चन्दले आम पत्रकारहरुको हक, हित र अधिकार रक्षा तथा जनपक्षीय पत्रकारिता विकासका लागि क्रियाशील पत्रकारहरु नेतृत्वमा आउनु पर्ने बताइन ।

त्यस्तै पत्रकारीता क्षेत्रभित्र महिला पत्रकारलाई नेतृत्वमा ल्याउन र महिलाले पनि राज्यको महत्वपूर्ण चौथो अंगको नेतृत्व गर्नसक्छन् भन्ने कुरा प्रष्ट पार्न समेत यो चुनावमा उम्मेदवारी दिएको उनको भनाइ छ । 

शुक्रबार शाखाको १०औ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । 

नयाँ नेतृत्वका लागि शन्तराम बिंडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । शाखामा करिब एक हजार तीन सय ५० मतदाता छन् । 


, ,

प्रतिकृया दिनुहोस्

Loading...