शुक्रबार पनि घट्यो सुनचाँदीको मूल्य

  • काठमाडौँ ।
साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सयले घटेर ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...