शेरबहादुरको सरकारमा जान कमल थापाले मरिहत्ते गरेपछि...

  • काठमाडौं ।

दोस्रो चरण निर्वाचनअघि नै पाँचजना मन्त्री बनाउने तयारी देउवाको छ । कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र लोकतान्त्रिक फोरमबाट एकजनालाई सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् बनाउने मनस्थितिमा देउवा रहेका छन् ।

औपचारिक पत्र कुरेर बसेको राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने बहुमतीय सरकारमा सहभागी हुन तयार छ ।

राप्रपा महामन्त्री सुनील थापाले सरकारमा सहभागिता जनाउन देउवाको तर्फबाट औपचारिक पत्र आए छलफल गर्ने बताए । तर पार्टीबाट कमल थापाले नै सरकारमा जान आन्तरिक तयारी थालेको स्रोत बताउछ । प्रचण्ड सरकारका उपप्रधानमन्त्री बनेका कमल थापा फेरी देउवा सरकारका उपप्रम बन्ने दाउ ताकेर बसेका उनि निकट स्रोतले बतायो ।

२०७४ जेठ १९ मा प्रकाशित 

,

प्रतिकृया दिनुहोस्

Loading...