हामीले चिनेको सबैभन्दा ठुलो शत्रु हो सरकार !

  • कल्पना चिलवाल

अाजसम्म
हामीले चिनेको
सबैभन्दा ठुको
शत्रु हो सरकार

जसले
अाफ्नाे प्रत्येक अवतारमा
पुरानै शासनको
नयाँ जाल बुन्छ र
अधिकारको जलराशीबाट
सर्लक्क झिकेर
हामीलाई सिद्रा बनाँछ

जुन सिद्रा
राजनीतिक सङ्कटकालमा सरकार
सुप बनाएर पिउँछ र
प्रत्यागमित शक्तिले
फेरि हामीमाथि पुरानै ढर्राको शासन गर्छ

जुन शासन
कहिले काेर्रा , कहिले जेल र कहिले बन्दुक बन्छ
र हामीमाथि बर्सन्छ

याे भूमिमा
श्री ३ र श्री ५ का
काेर्रा परेकाे ज्यानले
बहुदलमा फेरि
उस्तै ताडना पाउँछ
भाेकाे पेटमा
गणतन्त्रले पनि
केही चाराे नहाल्दा
अल्पायुमा नै प्राणपखेरू
भूर्र उडेर जान्छ

सरकार
एउटा भाइलाई बर्दीमा पाल्छ र
अर्को भाइलाई बिद्रोही बनाएर
गाेली ठाेक्न लगाउँछ

सरकार
चाैरीकाे गर्दनबाट
रगत झिकेजसरि
कुरूप व्यवस्थाको भाँडोमा
मानव रगत भर्छ

जुन रगत
कहिले सहिदको ज्यानबाट झिक्छ
कहिले गरिबको करबाट लिन्छ
कहिले पसिनाको रिमिट्यान्सबाट बटुल्छ
कहिले देशको सम्पदा लुटेर थुपार्छ
र अाफ्नाे अतृप्त रक्त प्यास बुझाउँछ

यी सब
कुशासन बदल्छु भनेर
जाे जाे सिँहदरबार गए
सपाट ती अाफै बदलिएर
सनातनी सरकारजस्तै भए

याे देशमा
कहिल्यै
अमृत बन्न नसकेको
हाम्रालागि बीस हो
सरकार

अाजसम्म
हामीले चिनेको
सबैभन्दा ठुलो
शत्रु हो सरकार ।

प्रतिकृया दिनुहोस्

Loading...