पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु


आश तमु, पोखरा ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । सोमबार दिउँसो प्याराग्लाइडिङ उदाउने क्रममा फेवातालमा खसेका २७ बर्षिय पाइलट प्रभात सुवेदीको  डुबेर मृत्यु भएको हो । 

पोखरा लेखनाथ ३३ का स्थानीय सोलो पाइलट सुवेदी ब्लूस्काई प्याराग्लाइडिङबाट डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका थिए । उनको रेस्क्यु प्याराग्लाइडिङ सिक्ने क्रममा तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

तालमा डुवेका सुवेदीलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल पुर्याउदा उनलाई डाक्टरले मृत घोषणा गरेको हो । उनको शव अहिले पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।

२०७४ असार ५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...