खेल मैदानमै खेलाडीहरुबीच हानाहान भएपछि दर्शकले के गरे ?(हेर्नुहोस् भिडियोसहित)

  • काठमाडौं ।
ब्राजिलियन फुटबलका सुपरस्टार ओस्कारका कारण चाइनिज सुपर लिग फुटबलमा दुई टिमबिच भिडन्त भएको छ । साङघाई एसआइपिजी र गोन्जाउ आर एण्ड एफ क्लबबिचको खेलमा दुवै टिमका खेलाडी बल छाडेर एकआपसमा भिडेका हुन् । 

आइतबार याउनसेन स्टेडियममा भइरहेको खेलमा इंग्लिस क्लब चेल्सीका पूर्व मिडफिल्डर समेत रहेका साङघाई एसआइपिजीका ओस्कारले विपक्षी खेलाडीलाई बलले दुई पटकसम्म सेक्काएका थिए । खेलको पहिलो हाफ सकिनै लाग्दा दुवै टिमका खेलाडी एकआपसमा धकेलाधकेल गर्न थाले । 

ओस्कारले बलले सेक्काउने बित्तिकै गोन्जाउका चेन जिजाहोले धकेलेर मैदानमा लडाइदिएका थिए । त्यसलगत्तै मैदानमा भएका खेलाडीसँगै बेन्चमा रहेका खेलाडीसमेत थपिएर फुटबल मैदान निकैबेर रणमैदान बन्यो । झडपका कारण सात मिनेटसम्म खेल रोकियो । दुवै टिमका एक एक खेलाडीलाई रातो काड दिएर रेफ्रिले झगडा शान्त पारेका थिए । खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलाडीहरुले मैदानमा हानाहान गरेको देखेपछि दर्शक भने रनभुल्लमा परेका थिए । उनीहरुले आ-आफ्नो टिमको हौसला बढाउन चर्को हुटिंङ गरेको भिडीयोमा प्रष्ट सुन्न सकिन्छ ।

हेर्नुहोस् भिडियो 

प्रतिकृया दिनुहोस्

Loading...