बर्दियाबाट गरियो भारततर्फ लैजाँदै गरिएका २४ चेलीको उद्धार

  • बर्दिया । 
बर्दियाबाट तेस्रो मुलुक लैजान लागेका २४ जना चेलीहरुको उद्धार गरिएको छ। भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जनाको उद्धार गरी घर फर्काइएको छ ।

वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो ।

विगत छ महिनाको अवधिमा बर्दियाका ती संवेदनशील नाकाबाट २४ जना युवतीको उद्धार गरी घर फर्काइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जानकारी दिए ।

चेलीबेटी भारत पुर्याउन दलालले बर्दियाकै मानिस प्रयोग गर्ने गरेका छन्, उनले भने-विश्वासै गर्न नसक्ने मानिसले औषधि उपचार, किनमेललगायत विभिन्न बहानामा चेलीबेटी भारत पु¥याउने गरेको देखिएको छ ।

मानव ओसारपसार तथा चेलीबेटी बेचबिखन विरुद्ध जिल्लामा काम गर्दै आएका सानाहातहरु नामक संस्थाकाअनुसार बर्दियाका जमुनी, कर्णालीपुर, गुलरिया, गणेशपुरलगायत धनौरा सीमा नाका चेलीबेटीका लागि अति संवेदनशील क्षेत्रको रुपमा रहेका छन् ।

२०७४ साउन १० गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...